Powered by Blogger.
कनपा–८ खुल्ला दिशामुक्त घोषणा

सिन्धुली, ६ पौष । कमलामाई नगरपालीका वडा नं.८ लाई आईतबार एक समारोह वीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरीएको छ । सन २०१६ सम्म सवै मिलिजुली, खुल्ला दिशामुक्त जिल्ला बनाऔं सिन्धुली भन्ने मुल नाराका साथ सञ्चालित अभियान अन्र्तगत खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा गरीएको हो । 
कमलामाई नगरपालीकाका कार्यकारी अधिकृत जगत प्रसाद भुषालको अध्यक्षता तथा क्षेत्र नं.२ का सांसद मोहन प्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पनन् सभामा नेपाली काग्रेसका जिल्ला सचिब उपेन्द्र कुमार पोखरेल, नेकपा(एमाले)का नेता खड्ग खत्री, एकीकृत माओवादीका ज्वाला प्रसाद न्यौपाने, नेकपा(क्रान्तिकारी माओवादी)का हरी बस्नेत लगायत नेताहरुको उपस्थिती रहेको थियो । 
सभामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुलीका प्रमुख मोहन कुमार शाक्य, जिल्ला विकास समिति सिन्धुलीका सुर्वण घिसिङ्ग, शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगायत राजनैतिक पार्टीका स्थानीय नेताहरुले धारणा व्यक्त गरेका थिए । 
९६९ जनसख्या र १६० घरधुरी रहेको उक्त वडामा व्यक्तिगत १३२, विद्यालय चर्पि ५ र सयुक्त चर्पि १२ सहित १४९ वटा चर्पि निर्माण गरीएको छ । खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागी वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्यव समितिलाई प्लान इन्टरनेशनल नेपाल र ग्रामीण महिला चेतनाकेन्द्रले सहयोग तथा सहजीकरण गरेका थिए । 
साथै आइतबार नै जनताको संविधान जनताकै माझँमा भन्ने मुल नाराका साथ सञ्चालित राष्ट्रव्यापी अभियान अन्र्तगत वडा नं.८ का स्थानीयहरुलाई नयाँ संविधानको अन्तरबस्तुको बारेमा श्रव्यदृष्य सामाग्री सहित जानकारी गराइएको थियो । 
कार्यक्रममा सांसद मोहन प्रसाद बराल, काग्रेस नेता उपेन्द्र पोखरेल, एमाले नेता खड्ग खत्री, एकीकृत माओवादीका ज्वाला न्यौपाने लगायतका नेताहरुले नयाँ संविधानको विशेषता र अन्तरबस्तुहरुको बारेमा व्याख्या गरेका थिए । 


,

0 comments

Write Down Your Responses