Powered by Blogger.
विद्यालयलाई आपत्तकालीन शिक्षण सामाग्री

सिन्धुली, १२ पौष । युनिसेफ र रेसलेष्ट डेभलपमेन्टको सहयोगमा सामुहिक सरोकार समाज सिन्धुलीले आपत्तकालित शिक्षा सहयोग कार्यक्रम अन्र्तगत आइतबार कमलामाई नगरपालिका स्थित गौमती उच्च मावि श्रोतकेन्द्रका ३१ विद्यालयहरुलाई आपत्तकालीन शिक्षण सामाग्री प्रदान गरेको छ । 
सामुहित सरोकार समाज सिन्धुलीले युनिसेफको आपत्तकालिन शिक्षा सहयोग कार्यक्रम अन्र्तगत जिल्लाको लाम्पान्टार श्रोतकेन्द्रका ३३, बाहुनतिल्पुङ्ग श्रोतकेन्द्रका ४३ र वेलघारी श्रोतकेन्द्रका ३३ विद्यालयलाई आपत्तकालीन शिक्षण सामाग्री प्रदान गरेको छ । भुकम्पबाट प्रभावित विद्यालय तथा विद्यार्थीहरुलाई सहयोग पुयाउने उदेश्यले सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष नबराज पहाडीले जानकारी दिए । 
उक्त सामाग्री मार्फत चार ओटा श्रोतकेन्द्रका १ सयँ ४० विद्यालयका १९ हजार ४२५ विद्यार्थी लाभान्वीत भएको जनाइएको छ । युनिसेफ र रेसलेष्ट डेभलपमेन्टले जिल्लाका विभिन्न् सामाजिक संस्था मार्फत जिल्लाका सवै श्रोतकेन्द्रका विद्यालयहरुलाई आपत्तकालित शिक्षण सामाग्री प्रदान गरेको छ । विद्यार्थी संख्याको आधारमा विद्यालयहरुलाई स्कुल किट्स, स्कुल इन बक्स र रित्रियशनल किट्स प्रदान गरीएको छ ।
सहकार्य नेपाल सिन्धुली, एकीकृत ग्रामीण विकास कार्यक्रम सिन्धुली र सामुहिक सरोकार समाज सिन्धुलीले श्रोतकेन्द्र सम्म पु¥याएर समाग्री वितरणको लागी सहजीकरण गरेका थिए ।


,

0 comments

Write Down Your Responses