Powered by Blogger.
ब्यवसायीक बन्दै नागरीक सचेतना केन्द्रका सदस्यहरु

सिन्धुली, १२ पौष । कमलामाई नगरपालिकाको वडा नं.८ भौगोलीक हिसाबले विकट छ । नगरपालिका घोषणा भएको विस वर्ष पुगे पनि त्यहाँका स्थानीयहरुले नगरवासीको हैसीयतले पाउनु पर्ने सेवा सुविधा पाएका छैनन् । उनीहरुको वडामा सडक, विजुली र खानेपानीको सुविधा छैन । बाङ्गो भौगोलीक बनावट र सोझा मानिसहरुको बसोबास भएका कारण उक्त वडा वत्ति मुनिको अधेरो जस्तै बनेको छ । 

कष्टकर दैनीकीको बीचबाट पनि वडा नं.८ को लालीगुरास नागरीक सचेतनाकेन्द्रमा आबद्ध महिला सदस्यहरुले व्यवसायीक रुपमा बाख्रा पाल्न सुरु गरेका छन । कष्टपूर्ण रुपमा चलीरहेको जीवनमा आफ्नै पौरखले केहि परिवर्तन ल्याउने प्रयत्न गरीरहेका छन । 
नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रमको प्राविधिक सहयोगमा गरीवी न्यूनीकरणमा टेवा पुरयाउने उदेश्यले सञ्चालन गरीएको साना पुर्वाधार विकास आयोजना मार्फत खोर सुधारको लागी अनुदान सहयोग पाएपछि नागरीक सचेतनाकेन्द्रमा आबद्ध १९ परीवारले व्यवसायीक बाख्रापालन सुरु गरेका हुन । 
आधुनीक खोरको निर्माण गरेर व्यवसायीक रुपमा बाख्रा पाल्न सुरु गरेकी लालीगुरास नागरीक सचेतना केन्द्रकी अध्यक्ष शान्तीमायाँ वाईवाले भनिन, ‘आत्मनिर्भर बन्न् व्यवसायीक रुपमा बाख्रा पाल्न सुरु गरेका छौं, यस्ले सवै सदस्यहरुको जीवनमा आर्थिक परीवर्तन ल्याउने छ ।’ आधुनिक खोर बनाएर व्यवसायीक बाख्रापालन सुरु गरेकी उनी आत्मनिर्भर बन्ने विश्वासका साथ खुसी पनि थिइन । 
आधुनिक खोरमा बाख्रा पाल्न सुरु गरेकी अर्की सदस्य डिल्लीमायाँ स्याङ्गतानले पनि आफ्नो खोरमा झण्डै ३ दर्जन बाख्रा पालेकी छिन । उनी भन्छीन, ‘बाख्रालाई आधुनिक खोरमा राख्दा रोग पनि कम लाग्ने, पाल्न पनि सजिलो हुने रहेछ ।’ व्यवसायीक बाख्रा पाल्न प्रोत्साहित गरेकोमा नगरपालिका कार्यालयसँग उनी निक्कै खुसी थिइन । तर पशु सेवा कार्यालयले प्राविधिक सहयोग नपुरयाएकोमा भने उनको गुनासो थियो । 
नागरीक सचेतना केन्द्रकी अध्यक्ष शान्तीमायाँ वाइवा । 
नागरीक सचेतनाकेन्द्रमा आबद्ध प्रत्येक परिवारले १५ हजारका दरले अनुदान प्राप्त गरेका छन र सुधारीएको खोर निर्माण गरेका छन । सवै परीवारले १ दर्जन भन्दा माथी संख्यामा बाख्रा पाल्न सुरु गरेका छन । यस्ले उनीहरुको जीवनमा आर्थिक परीवर्तन ल्याएर आत्मनिर्भर बनाएको छ । 
कमलामाई नगरपालिका कार्यालयको ३ लाख १५ हजार र नागरीक सचेतनाकेन्द्रको १९ हजार गरी कुल ३ लाख ३४ हजार लगानीमा गत आर्थिक वर्ष सञ्चालित खोर सुधार आयोजनाको सहजीकरण ग्रामीण आर्थिक सशक्तिकरण समाज, सिन्धुलीले गरीरहेको छ ।  



,

0 comments

Write Down Your Responses