Powered by Blogger.
न्याय खोज्दै भुकम्प पीडितहरु

पिडित भन्छन, ‘ क्षतिको विवरण संकलनमै लापरवाही भयो ।’

सदरमुकाम अाइपुगेका पिडीतहरू । 
ठुलोकान्छो सार्की
सिन्धुली, १३ पौष । गत वैशाख १२, १३ र २९ गते गएको बिनासकारी भुकम्पका कारण पिडित बनेका डाडीगुरासे गाविसका चार दर्जन पिडितहरु न्याय खोज्दै सदरमुकाम सिन्धुलीमाढी आईपुगेका छन । सोमबार सिन्धुलीमाढ आईपुगेका पिडितहरुले प्रमुख जिल्ला अधिकारी समक्ष आफ्नो समस्या दर्शाउँदै ज्ञापन पत्र बुझाएर न्याय दिलाई दिन माग गरेका छन । 
प्राविधिकले क्षतिको तथ्याङक संकलनमै लापरवाहि गरेका कारण पिडित भएर पनि आफुहरुले राहत पाउन नसकेको उनीहरुको गुनासो छ । प्रमुख जिल्ला अधिकारी समक्ष उनीहरुले ३ बुँदे माग पेश गरेका छन । उनीहरुको मागपत्रमा बास्तविक भुकम्प पिडीतहरुले राहत पाउनु पर्ने, तथ्याङक संकलनमा कमजोरी गर्ने माथि कार्वाही गरीनु पर्ने, नक्कली भुकम्प पीडितहरुले लिएको राहत रकम फिर्ता हुनुपर्ने लगायतका विषय उल्लेख गरेका छन । 
न्याय माग्न अाएकी पिडीत महिलाहरू अाफ्नाे बच्चा सहित । 
न्याय खोज्न जिल्ला प्रशासन कार्यालय आईपुगेका मध्ये डाडीगुरासे–१ का चन्द्र बहादुर लामाले भने, ‘गाविसका बास्तविक पिडितहरुले राहत पाएको अवस्था छैन, न्यायका लागी अनेकौ ठाउँमा धाउँदा पनि अहिले सम्म हामीले न्याय पाउन सकेनौं ।’ अघिल्लो पटक भुकम्प पीडितको परीचय पत्र र १५ हजार रुपैयाँ वितरण गर्दा पनि बास्तविक पिडितहरुले नपाएको तर गैर पिडितहरुले पाएको उनले बताए । आफुहरुले सम्बन्धीत निकायमा छानविनका लागी माग गरेको भएपनि छानविन नै नगरी पुन १० हजार रुपैयाँ वितरण गर्न लागीएको कारण आफुहरु संर्घषमा उत्रिन बाध्य भएको उनको भनाई थियो । 
‘अघिल्लो पटक गाविसमा गएको राहत रकम फिर्ता भयो तर पूर्ण रुपमा घर क्षति भएका हामी पिडितहरुले पाएनौं ।’ लामाले भने । गैर पिडितहरुले पनि राहत लिएका कारण राहत लिने र दिने दुवै निकायलाई कार्वाही गर्नुपर्ने उनले बताए । 
त्यस्तै अर्का पिडित डाडीगुरासे–१ का दिल प्रसाद सिग्देलले आफुहरुले कतैबाट पनि न्याय नपाएको गुनासो गरे । उनले भने, ‘हामीले पटक–पटक गाविस सचिब र स्थानीय राजनैतिक दलका नेताहरुलाई समेत भन्यौ, तर अहिले सम्म कसैले न्याय दिएन ।’ सिग्देलले थपे,‘ घर नभत्केकाहरुले पैसा लिए, हामी घर भत्केकाहरु चाँही हेरेको हेयै भयौं ।’ क्षतिको विवरण संकलन गर्दा नै कमजोरी भएका कारण आफुहरु अन्यायमा परेको उनले बताए । 
पिडितहरू । 
डाडीगुरासेका पीडितहरुले न्यायका लागी भुकम्प पिडित संघर्ष समितिनै गठन गरेर न्यायका लागी संघर्षमा उत्रिएका छन । बास्तविक भुकम्प पिडितले न्याय नपाए सम्म आफुहरु संघर्ष गरीरहने डाडीगुरासे–७ की इन्दिरा सारु मगरले बताइन । उनले भनिन, ‘हामी बास्तविक पिडित हो वा होइन सम्बन्धीत निकायले हेरीदिनु पर्यो, घर भत्केकाहरु चाँही राहत नपाउने ?’ सम्बन्धीत निकायले गम्भीर कमजोरी गरेको उनले आरोप लगाइन । 
१ हजार १८८ घरधुरी रहेको डाडीगुरासे गाविसमा भुकम्पका कारण ६२२ घरधुरी पुर्ण रुपमा क्षति भएको र उनीहरुलाई १५ हजारका दरले वितरण समेत गरिसकिएको गाविस कार्यालयले जनाएको छ । सोमबार रकम लिएर गाविस पुगेका सचिबलाई रकम वितरण गर्न पिडितहरुले दिएका छैनन् । 
जिल्ला दैवी प्रकोप उद्धार समितिले अघिल्लो पटक २२ हजार ६३४ घरधुरीलाई १५ हजारका दरले रकम वितरण गरेको र दोश्रो किस्ता न्यानो कपडाका लागी आएको १० हजार पनि तिनै परीवारलाई बाडिने जनाएको छ । गाउँगाउँमा धमाधम रकम वितरणका कार्य भईरहेको छ । 


,

0 comments

Write Down Your Responses