पौडेलले नचाए मन्त्रीलाई रुवाए दर्शकलाई
राजन गाउँले
मरिण (सिन्धुली) १६, पुष । ‘कला, सस्कृति, धार्मीक, ऐतिहासीक र हाइड्रोपावर वन जंगलको संरक्षण गरौं, आन्तरिक पर्यटन उद्योग व्यापार तथा कृषिमा आधारीत माछा र तामाको प्रबद्र्धन गरौं’ भन्ने मुल नाराका साथ सिन्धुलीको कपीलाकोट ३ धमीलेमा सुरु भएको सिन्धुली मरिण महोत्सवमा चर्चित गायक नविन पौडेलले पौडेलले मन्त्रीलाई हसाए भने दर्शकलाई रुवाएका छन् ।
गायको पौडेलले ‘यस्तै हुन्छ भन्ने भा नाउने थिइन मायाँ’ बोलको रोयला गीत गाउँदा महोत्वस उद्घाटनका लागि मरिण पुगेका कृषी विकास मन्त्री हरिबोल गजुरेलसमेत छमछम नाचेका थिए भने सोही क्रममा रोजगारका शिलशिलामा खाँडी मुलुक पुगेका नेपाली युवा र युवतीको दुःखद प्रसंगलाई समेटेर तयार पारिएको मार्मीक गितले सबै दर्शकलाई रुवाएको थियो ।
भुकम्पले घरबार गुमाएका स्थानीय समुदायको अग्रसरमा भएको महोत्सवमा गायक पौडेलले मार्मीक गित गाइरहाँदा विदेशमा रहेका आफन्त र विदेशमा रहँदा भएका दुःखद निधनले आफन्तलाई जती पिडिता हुन्थ्यो त्यो सबैमा झस्कना परेको पाइन्थ्यो ।
गायक पौडेलले विदेशी मरुभुमिमा रगत र पसिना बगाउँनु भन्दा स्वदेशमै रहेर आफ्ना कला, संस्कृती र कृषी जस्ता स्थानीय उत्पादनलाई संरक्षण र आधुनिकीकरण गर्ने हो भने स्वदेशमै रोजगारीको प्रसस्त सम्भावना भएको चर्चा गर्दै यस्ता महोत्सवले महत्वपूर्ण अवसर सिर्जना गर्ने बताएका थिए ।
उता अर्का चर्चीत गायक माधव थापाले ‘सिन्धुलीको जुनारको रस, मायाँ भए काखैमा आउ बस..’बोलको गितबाट दर्शकमाझ जिल्लाको महाभारत क्षेत्रको मुख्य नगदे बालीको रुपमा रहेको जुनारको चर्चा गरेका छन् ।
सिन्धुली जिल्लासंगै अन्तराष्ट्रिय बजारसम्म जुनारको महत्व बुझाउन सके हजारौं कृषकहरुको आयआर्जनको राम्रो सम्भावना बन्ने थापाले गितमार्फतनै प्रचार गरेका छन् ।
महोत्सवमा भुकम्पका कारण घरबार गुमाएर टेण्ट र टहरामा बस्ने पिडितहरुलाई थोरै भएपनि मन भुलाउने बाटो बनाइदिएको छ ।
सात दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु रोज मोक्तान, बद्रि पंगेनी, राम्जी खाड, शिव हमाल, राधिका हमाल, मिना लामा, माधव थापा, डिजराज पौडेल, चर्चित हास्य कलाकार दिनेश काफ्ले, यादव देवकोटा लगायत कलाकारको विशेष प्रस्तुती रहने जनाइएको छ ।
0 comments
Write Down Your Responses