Powered by Blogger.
जुनार क्षेत्रको विकासका लागी जुनार अभियान


ठुलोकान्छो सार्की
सिन्धुली, १६ पौष । सिन्धुली र रामेछाप क्षेत्रका जुनार कृषकहरुलाई प्रोत्साहन गर्दै जुनार क्षेत्रको विकास गर्न कृषि मन्त्रालयले जुनार अभियान कार्यक्रम अगाडि सारेको छ । 
सिन्धुलीको जुनार विश्वमा नै पहिचान बन्दै गएकाले जुनार क्षेत्रको विकास र प्रबद्र्धन गर्न कार्यक्रम अगाडि सारिएको कृषि मन्त्री हरिबोल गजुरलले बताएका छन । मङ्गलबार रतनचुराको खनियाखर्कमा आयोजित बृहत कृषि प्रदर्शनी मेलामा बोल्दै गजुरेलले सिन्धुली र रामेछापका केहि भागलाई समेटेर बृहत जुनार क्षेत्र घोषणा गर्ने तयारी भईरहेको बताए । सरकारले अन्तराष्ट्रिय सहयोगी निकायहरुसँग पनि सहकार्य गरेर जुनार क्षेत्रको विकास र प्रबद्र्धनका लागी बृहत कार्यक्रम ल्याउने गजुरेलको भनाई थियो । 
जुनार क्षेत्रको विकासका लागी कृषि मन्त्रालयले तयार पारेको जुनार अभियान कार्यक्रको अवधारणा कृषि विकास मन्त्रालयका विशेषज्ञ तिलक चौलागाईले सार्वजनिक गरेका हुन । 
जुनार अभियान अन्र्तगत गुणस्तरीय तथा रोगमुक्त जुनारका विरुवा उत्पादन गर्न आधुनिक प्रविधी अबलम्बन गर्ने नर्सरी धनीहरुलाई स्क्रिन हाउस निर्माण लगायत पुर्वधार विकासमा ५० प्रतिशत अनुदान, एक क्षेत्रमा एक पटकमा तीन सयँ भन्दा बढी जुनारका विरुवा लगाउने कृषक समुह, सहकारी तथा कृषक उद्यमीहरुलाई ५० प्रतिशत अनुदानमा गुणस्तरिय जुनारका विरुवा उपलब्ध गराउने, एकै स्थानमा छ सयँ भन्दा बढी जुनारका विरुवा उत्पादन गर्ने कृषक समुह, सहकारी तथा कृषक उद्यमीहरुलाई सिचाइको लागी वर्षे पानी संकलनको व्यवस्थाका गर्न प्रति पाँचसयँ जुनार बराबर एकमुष्ट ५० हजारका दरले अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको छ । 
त्यस्तै एकै स्थानमा १८ सयँ भन्दा बढी जुनारका विरुवा लगाउने कृषक समुह, सहकारी तथा कृषक उद्यमीहरुलाई जुनार विरुवा हुर्काउनका लागी २ वर्ष सम्म प्रतिवर्ष प्रति विरुवा ५० रुपैयाँका दरले सहयोग उपलब्ध गराउने, जुनारको रोग किरा व्यवस्थापनका लागी प्रविधी तथा औषधी उपचारको प्याकेज सहुलियतमा प्रदान गर्ने, उत्पादीत जुनारलाई बजारीकरण गर्नका लागी ५० प्रतिशत अनुदानमा क्यारेट लगायतका सामाग्रीहरु उपलब्ध गराउने र जुनार कृषकलाई पायक पर्ने स्थानमा संकलन केन्द्र निर्माण गर्ने जुनार अभियान कार्यक्रममा उल्लेख गरीएको छ । 
कार्यक्रममा जुनार प्रशोधनका लागी प्रशोधन कारखाना र जुनार भण्डारण केन्द्र स्थापनामा कृषक समुह, सहकारी तथा कृषि उद्यमीहरुलाई सहुलियत प्रदान गर्ने, जुनार उत्पादक कृषकहरुलाई तत्कालीन आम्दानी सुनिश्चित गर्न घुसुवा तरकारी वाली लगाउने प्रविधी र सामाग्रीहरु उपलब्ध गराउने र जुनारको बजारीकरणका लागी काठमाडौमा पुर्वाधार विकासमा सहुलीयत प्रदान गर्ने अबधारणा अघि सारेको छ । कृषि मन्त्रालयले अगाडि सारेको जुनार अभियान कार्यक्रमले जुनार कृषकहरुलाई उत्साह थपिदिएको छ भने जुनार क्षेत्रको विकासका लागी अभियान महत्वपूर्ण हुने निश्चित छ । 
सिन्धुलीमा हाल १४ सयँ हेक्टर जमिनमा जुनार खेती भईरहेको छ । ११ हजार ६५७ किसान जुनार खेतीमा आबद्ध रहेका छन भने जिल्लामा ३९ वटा जुनार कृषक सहकारी रहेको छ । विशेषत सिन्धुलीको रतनचुरा, तिनकन्या, वाशेश्वर, भुवनेश्वरी, वितिजोर लगायतका गाविसमा जुनार खेती हुँदै आएको छ । 
जिल्ला कृषि विकास कार्यालय सिन्धुली र पहाडी फलफुल नर्सरी रतनचुरा–५ को लगानीमा सिन्धुलीमा पहाडी फलफुल नर्सरी स्क्रिन हाउस निर्माण गरीएको छ । जुनार तथा सुन्तलको विरुवा उत्पादनका लागी निर्माण गरिएको उक्त स्क्रिन हाउस कृषि विकास कार्यालयको ७ लाख अनुदान र उपभोक्ताको ५ लाख २५ हजार गरी जम्मा १२ लाख २५ हजारमा निर्माण गरीएको हो । उक्त स्क्रिन हाउसको मङ्गलबार कृषि मन्त्री हरिबोल गजुरेलले एक समारोह वीच गरेका हुन । यस बाहेक थप दुइओटा स्क्रिन हाउसले जुनार सुन्तलाको विरुवा उत्पादन तथा विक्रीको काम गर्दै आएका छन । 
कृषकहरुको जुनार भण्डारणको लागी बासेश्वर गाविसको नाकाजोलीमा भण्डारण केन्द्रको निर्माण गरीएको छ भने सदरमुकाममा शीत भण्डारण केन्द्र निर्माण गरेर कृषकहरुको जुनार भण्डारणको व्यवस्था मिलाइएको छ । 


,

0 comments

Write Down Your Responses