Powered by Blogger.
तेस्रो दिन पनी मरिण महोत्सव भव्य

राजन परियार


सिन्धुली,मरिण, १७ पौष । “कला, सस्कृती, धार्मिक, ऐतिहासिक र हाइड्रोपावर वन जंगलको संरक्षण गरौ, आन्तरिक पर्यटन उधोग व्यापार तथा कृषिमा आधारित माछा र तामाको प्रवद्धन गरौ”भन्ने मुल नाराका साथ संचालन भएको सिन्धुली मरिण महोत्सव २०७२ को तेस्रो दिन सुक्रबार पनी भव्य रुपमा सुसम्पन्न भएको छ ।
पौष १५ देखी पौष २२ सम्म संचालन हुने महोत्सवको दोस्रो दिन वुधवार टिकट विक्रिवाट ५८ हजार ९ सय नव्वे रुपैया आम्दानी भएको र ६५ वटा भन्दा वढि स्टल मध्ये ५२ वटा विक्रि भैसकेको सिन्धुली मरिण महोत्सवका मुलआयोजक समितीका अध्यक्ष चिनधोज तामाङ्गले जानकारी दिए । सुक्रबार पनि भव्य भएको आयोजकले जनाएको छ ।
त्यसैगरी महोत्सव भव्य र सव्य वनाउन आएका हास्यवाङ्य कलाकार दिनेश काफ्ले, लोक गाइका मिना लामा, लोक गाएक माधव थापा, विसाल कल्पाङ्ग लगायतका कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो । सुक्रबार विशेष गरी अपाङ्ग कलाकारहरुको प्रस्तुती रहेको थियो । अपाङ्ग कलाकारहरुको प्रस्तुतीबाट प्रभावित भई स्थानीय नेता एकबहादुर रानामगर(क.प्रसान्त)ले कलाकारलाई व्यक्तिगत ५ हजार प्रसंशा स्वरुप प्रदान गरेका थिए ।
शुक्रबार ५ हजार भन्दा वढी दर्शकहरुले महोत्सवको अवलोकन गरका छन् भने  महोत्सव जिल्ला प्रशासन कार्यालय सिन्धुलीले निर्धारण गरेको समय सिमा भित्र संचालन भएको आयोजकले जनाएको छ ।


,

0 comments

Write Down Your Responses