Powered by Blogger.
२४ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस सम्पनन्

अधिकार आश्वासनमा सिमिति बनेको गुनासो 

ठुलोकान्छो सार्की 
सिन्धुली, १७ मंसीर । ‘अर्थपूर्ण समावेशीकरणः सवै क्षमताका व्यक्तिहरुका लागी पहुँच र सशक्तिकरण’ भन्ने मुल नाराका साथ मनाइएको २४ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस–२०७२ सिन्धुलीमाढीमा पनि एक समारोह वीच सम्पनन् गरिएको छ । 
कार्यक्रममा सहभागीहरू । 
महिला तथा बालवालिका कार्यालय सिन्धुलीको सहयोग र अपाङ्ग कल्याण संघ सिन्धुलीको आयोजनामा बिहिबार ¥याली तथा औपचारीक कार्यक्रम बीच दिवस सम्पनन् गरिएको हो । 
¥याली पछि आयोजित औपचारीक कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला विकास समिति सिन्धुलीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत मदन बहादुर थिङ्गले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी सरकारले ल्याएको कार्यक्रमहरु ऐन, नियम र कार्यविधि अनुसार नै सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । थिङ्गले फरक क्षमता भएका व्यक्तिहरुको प्रतिभालाई सकारात्मक रुपमा लिर्दै सरकार र समाजले सहयोग गरीरहेको समेत बताए । 
त्यस्तै कार्यक्रममा बोल्दै महिला तथा वालवालिका कार्यालय सिन्धुलीकी प्रमुख सुशिला आचार्यले अपाङ्गतालाई समस्याको रुपमा होइन फरक क्षमताको रुपमा बुझ्न सवैलाई आग्रह गरीन । महिला तथा वालवालिका कार्यालयले फरक क्षमता भएका व्यक्तिहरुको लागी सीपमुलक तालिम, परिचयपत्र वितरण लगायतका गतिविधी सञ्चालन गरिरहेको समेत बताइन । महिला विकास कार्यालयमा चाडै अपाङ्गता सहायता कक्ष समेत सञ्चालन गरेर सेवा प्रदान गर्न सुरु गरिने आचार्यले जानकारी दिइन ।  
सामुहिक फाेटाे खिचाउँदै अतिथी तथा सहभागीहरू । 
कार्यक्रममा बोल्दै अपाङ्ग कल्याण संघ सिन्धुलीका सल्लाहकार पुरुषोतम दाहालले अपाङ्गहरुको माग र अधिकार औपचारीकता र आश्वासनमा सिमित हुने गरेको बताउँदै आगामी दिनमा यस्ता कमजोरीहरुलाई सच्याउन सम्बन्धीत पक्षलाई आग्रह गरे । दाहालले फरक क्षमता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र रोजगारीलाई व्यवाहारिक रुपमै राज्यले ग्यारेन्टी गरीदिनुपर्नेमा समेत जोड दिए । 
अपाङ्ग कल्याण संघ सिन्धुलीका अध्यक्ष विर्ख बहादुर बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(एमाले)का जिल्ला नेता विनोद खड्का, एकीकृत माओवादीका ज्वाला प्रसाद न्यौपाने, राप्रपा नेपालका हिरा बस्नेत, बहिरा निमावि जसेदमारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्म्भर लामिछाने, सबल परीयोजना सिन्धुलीका प्रमुख शुक्र पौडेल, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष द्धारीका काफ्ले लगायतले शुभकामना मनतव्य सहित आफ्ना धारणा व्यक्त गरेका थिए । 
अन्तराष्ट्रिय अपाङ्ग दिवसकै अवसमार संघले अपाङ्गता भएका समुदायको अधिकारको निम्ती महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । संघले फरक क्षमता भएर पनि निजामति सेवामा क्रियाशिल संघका सल्लाहकार समेत रहेका पुरुषोतम दाहाल, संघका पुर्व अध्यक्ष इच्छा बहादुर सार्की, फरक क्षमता भएर पनि मानवअधिकार तथा पत्रकारीताको क्षेत्रमा क्रियाशिल रुद्र बहादुर खड्का, निजामति कर्मचारी क्षेत्रमा क्रियाशिल सरस्वती खतिवडा र बहिरा निमावि विद्यालयका अध्यक्ष पदमा रहेर फरक क्षमताका विद्यार्थीहरुको हितका निम्ती क्रियाशिल अधिवक्ता विश्म्भर लामिछानेलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको छ ।  
बजारमा निकालिएकाे प्रभातफेरी । 
महिला तथा वालवालिका कार्यालय सिन्धुलीको तथ्याङक अनुसार सिन्धुली जिल्लामा अहिले सम्म २ हजार ९ सय ४० जना अपाङ्गता भएका व्यक्तिहरुलाई परीचय पत्र वितरण गरिएको छ । त्यसमध्ये अहिले सम्म २९६ ले क श्रेणीको रातो परिचयपत्र, ५३७ ले ख श्रेणीको निलो परिचय पत्र, ६९२ ले ग श्रेणीको पहेलो परीचयपत्र र ३३६ ले घ श्रेणीको सेतो परिचय पत्र प्राप्त गरेका छन । पछिल्लो समय अपाङ्ग कल्याण संघ सिन्धुलीले संकलन गरेको तथ्याङक अनुसार जिल्लामा ४ हजार ६ सय ६ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन । 
अपाङ्गता भएका व्यक्तिहरुका लागी सरकारले उच्च शिक्षा सम्म निशुल्क अध्यन, निशुल्क औषधी उपचार, रोजगारी तथा आयआर्जनको क्षेत्रमा विशेष आरक्षण, निजामति सेवामा पाँच प्रतिशत आरक्षण, निशुल्क व्यवसायीक तालिम, हवाई यातायातमा लाग्ने भाडामा ५० प्रतिशत छुट, पुनस्र्थापना, सशक्तीकरण र सामाजिक सुरक्षा लगायतका कानुनी व्यवस्था गरेको भएपनि त्यसको व्यवहारीक कार्यान्वयन हुन नसक्दा फरक क्षमता भएका व्यक्तिहरुले सामाजिक उपेक्षा सहितका विविध समस्याहरु भोग्नु परेको उनीहरुको गुनासो छ । 


,

0 comments

Write Down Your Responses