सिन्धुलीमा भोली ग्यास वितरण हुने
सिन्धुली, १७ मंसीर । सिन्धुलीमाढीमा भोली ११ बजे आधा सिलिण्डर सहारा ग्यास वितरण हुने भएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघको पहलमा सुमित मोटर पार्टले सिन्धुलीमा विक्रि वितरणको लागि ल्याउन लागेको ७ किलोको साहारा ग्यास वितरण गर्न लागिएको हो । ल्याइएको ३०० सिलिण्डर मध्येबाट ४ थान अत्यावश्यक सेवाका लागि सिन्धुली अस्पताल र मोडर्न एपोलो अस्पताललाई छुट्याई बाँकी २९६ थान सिलिन्डर वितरणका लागि भोली ११.०० बजे खुल्ला मञ्च सिन्धुलीमाडीमा नामावली अनुसार चिठ्ठा खुलाई डिलरबाट विक्रि वितरण गर्ने व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ । चिट्ठा प्रक्रियामा सहभागि हुँदा आफ्नो परिचय खुल्ने कागजात लिएर आउन समेत सवैलाई आग्रह गरिएको छ ।
सुमित सेन्टरमा ८ सयँ भन्दा वढी ग्राहकहरुले आफ्नो नाम दर्ता गराएर सिलिण्डर बुझाएको भएपनि भोली २९६ जनाले मात्र ग्यास पाउने छन । ग्यास लिन जम्मा हुने बाँकी ५ सय स्थानीयवासीहरु भने निराश भएर आफ्नो भाग्यलाई सराप्दै घर फर्केर दाउरामै भात पकाउनु पर्ने निश्चित छ ।
0 comments
Write Down Your Responses