आत्मनिर्भर बन्न् सीप सिक्दै विपन्न महिलाहरु
रीता परीयार कार्की
सिन्धुली १९ मंसिर, कमलामाई नगरपालिका–६ का वीपन्न् परिवारका महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्न सुरु गरेका छन ।
लघु उद्यम विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला लघु उद्यमी समूह संघ (डि.मेगा) सिन्धुलीले विपन्न् परीवारका महिलाहरुलाई लक्षित गरी लेडिज आइटमका चप्पल निर्माण गर्ने तालिम प्रदान गर्न सुरु गरेपछि उनीहरु आत्मनिर्भर बन्न् सुरु गरेका हुन ।
तालिममा कनपा ५, ६ र ७ का आर्थीक रुपले विपन्न् दलित तथा जनजाती परीवारका १० जना महिलाहरुको सहभागीता रहेको छ । १ महिना सम्म चल्ने उक्त तालिमको सुरुवात मंसीर पहिलो साताबाट सुरु भएको हो ।
तालिममा सहभागीहरुले चप्पल निर्माणको काम सुरु गरीसकेका छन । निक्कै उत्साहपुर्वक तालिममा सहभागी बनेकी कनपा–७ की उर्मिला श्रेष्ठले तालिम पछि आफु आत्मनिर्भर र सक्षम हुने विश्वास व्यक्त गरीन । उनले भनिन, हामी जस्ता विपन्न् परीवारका महिलाहरुको लागी निशुल्क रुपमा सीपमुलक तालिम प्रदान गरेर डिमेगाले ठुलो गुन लगाएको छ । यस्तै गरी सवै महिलाहरुलाई सक्षम बनाउन सकेमा समाजबाट महिला हिंसा अन्त्य हुने समेत उनको भनाई थियो ।
झण्डै चार महिना लामो मधेश आन्दोलन र भारतले गरेको अघोषित नाकावन्दीका कारण उपभोक्ताहरु मंहगो मुल्यमा चप्पल खरीद गर्न बाध्य भएको अवस्थामा स्थानीय रुपमै महिलाहरुले चप्पलको उत्पादन गर्न सुरु गरेपछि उपभोक्ताले सस्तो मुल्यमै स्थानीय उत्पादनको प्रयोग गर्न पाउने र महिलाहरु पनि आत्मनिर्भर बन्दै जाने डि.मेगाकी अध्यक्ष तोतादेवी वोगटी बताउछिन ।
तालिमका सहभागीहरुले लेडिज चप्पल कारखाना खोल्न आफुहरुलाई उपयुक्त प्रविधि,थप सीप विकास तालिम र लघु कर्जाको व्यवस्था गरीदिन समेत आयोजकलाई आग्रह गरेका छन ।
जिल्लामा विगत ८ वर्ष देखी संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र लघु उद्यम विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा गरीव, दलित, आदिवासी जनजाती,सीमान्तकृत,एकल महिला,युवा वेरोजगारीलाई लक्षित गरी जीवन स्तरमा आर्थिक सामाजिक,राजनैतिक र पर्यावरणीय दृष्टिकोणले दिगो हुने गरी स्थानीय स्तरमा खेर गइरहेको श्रोत, साधन र कच्चा पदार्थलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले चरणबद्ध रुपमा नेपालका केहि जिल्लामा गरिएको कार्यक्रमको सफलताले सिन्धुली जिल्ला पनि दोश्रो चरणमा छनौट भइ विभिन्न गाविस तथा नगरपालिकामा लघु उद्यम विकास कार्यक्रम संचालन हुदै गर्दै आएको छ । हाल सिन्धुलीका २८ वटा गाविस र २ वटा नगरपालिकामा यो कार्यक्रम संचालन भइरहेको छ ।
0 comments
Write Down Your Responses