Powered by Blogger.
आवधिक जिविस योजनामा फर्जि तथ्याङक


जिल्लाकै भविष्य अन्योलमा पार्न खोजेको आरोप 

राजन परियार
सिन्धुली, २० मंसिर । जिल्ला विकास समिति सिन्धुलीले पहिलो पटक आवधिक जिल्ला विकास योजना निर्माण गर्दैछ । जिल्लाको समग्र क्षेत्रको विकासका लागी निर्माण गर्न लागीएको पन्चवर्षिय योजनाको मस्यौदा दस्तावेज माथिको छलफलको क्रममा दस्तावेजमा कास्की जिल्लाको तथ्याङक समावेश गरिएको भेटिएको छ । 
सिन्धुलीको विकासका लागी निर्माण गर्न लागीएको आवधिक योजनामा कास्कीको तथ्याङक समावेश गरेर जिविस र योजना निर्माणको काम गरीरहेको राष्ट्रिय सर्भिसेज प्रा.लीले गम्भीर कमजोरी गरेको छ । आवश्यक अध्यन र तथ्याङकको संकलन विना नै बाहिर जिल्लामा निर्माण भएको आवधिक योजनाको तथ्याङक समावेश गरेको भेटिएपछि आईतबारको छलफल सुरुहुन नपाउदै रोकिएको थियो । 
मस्यौदामा उल्लेखित तथ्य सिन्धुलीको नभइ अन्यत्र जिल्लाको भएको हुनाले छलफलमा उपस्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतले आवधिक जिल्ला विकास योजना निर्माण जस्तो महत्वपुर्ण कार्यलाई सामान्य रुपमा लिएर जिल्ला विकासले जिल्लाको भविष्य अन्योलमा पार्न खोजेको आरोप लगाएका छन । 
एकीकृत माओवादीका ज्वाला न्यौपानेले भने, ‘जिल्ला विकास समिति र राष्ट्रिय सर्भिसेज प्रा.लीले हामीलाई केटाकेटी सम्झेको रहेछ, तथ्यहिन कुराहरु समावेश गराएर जिल्लाको पन्चवर्षिय योजना निर्माण गर्न खोज्नु गम्भीर कमजोरी हो ।’ 
आवधिक जिल्ला विकास योजना तथ्यहिन भएको र उसैको लापरवाहीको कारणले समस्या भएको जिल्ला विकास समिति सिन्धुलीका सामाजिक विकास अधिकृत सागर कुमार ढकालले वताए । 
त्यस्तै राष्ट्रिय सर्भिसेज प्रा.लि.का प्रमुख चित्र आचार्यले आफु प्रेसरको कारणले विरामी परेको र काम अरुलाई नै गर्न लगाएको कारण समस्या पर्न गएको भन्दै पानी माथिको ओभान बन्न खोजे । 
१२ लाख रुपैयाँ लगानीमा जिल्लामा पहिलो पटक निर्माण गर्न लागीएको आवधिक जिल्ला विकास योजना निर्माण गर्न लागीएको थियो तर जिल्ला विकास समिति र राष्ट्रिय सर्भिसेज प्रा.लीले योजना निर्माणमा स्रोत नक्सा र स्थानीय श्रोतसाधनको अधिकतम प्रयोग नगर्दा जिल्लाकै भविष्य अन्यौलमा पर्ने देखिएको छ । 


,

0 comments

Write Down Your Responses