Powered by Blogger.
चोरीका सामान सहित अभियुक्त सार्वजनिक

बुद्धकुमार आछामी
सिन्धुली, २० मंसीर । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज पत्रकार सम्मेलन गरी विभिन्न् चोरीका सामान सहित चोरी कार्यमा सलग्न अभियुक्त सार्वजनिक गरेको छ ।

सनिबार कमलामाई नगरपालिका वडा नं.६ हस्पीटल रोडमा रहेको कनपा–९ का व्यवसायी ओमप्रकाश श्रेष्ठको कमलामाई दाना तथा औषधी पसल चोरी गर्ने कनपा–६ का निश्चल तामाङ्गलाई पसलबाट चोरी गरेको नगद र सामान सहित सार्वजनिक गरेको हो ।
अभियुक्तले सुक्रबार मध्यरातमा पसलको भेन्टीलेसनबाट पसी नगद तथा मालसामान चोरी गरेको र चोर्ने क्रममा मुखमा कपडा बाधेको साथै पसलमा जडित सीसी क्यामेरा समेट फुटाएको सीसी क्यामेराले कैद गरेको छ । सीसी क्यामेराले खिचेको चोरीको दृश्य समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरीएको थियो ।
प्रहरीले अभियुक्त तामाङ्गबाट सीसी क्यामेरा, ५३० रुपैयाँ नगद, मोवाईल सहित सनिबार खुल्लामञ्चबाट पक्राउ गरेको थियो । पक्राउ पछि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक विपिन ओझाले बताए । पसलमा जडित सिसी क्यामेराको सहयोगमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।
पछिल्लो समय वालश्रमिक, सडक वालवालिका र दुव्र्यसनिमा लागेका युवाहरु चोरीमा संलग्न रहेको पाइएकोले उनीहरुलाई सचेत बनाउन सवैपक्ष लाग्नु पर्ने आवश्यकक्ता रहेको प्रहरी नायव उपरीक्षक अनुराग द्धिवेदीले बताए । समाजमा शान्ति सुरक्षा कायमक् गर्न प्रहरी सधै प्रतिवद्ध रहेको बताउँदै द्धिवेदीले सवैपक्षलाई प्रहरीको अभियानमा सहयोग पु¥याइदिन समेत आग्रह गरे ।


,

0 comments

Write Down Your Responses