Powered by Blogger.
लगातारको बन्दले जिल्लाको निर्माण क्षेत्र अलपत्र

ठुलोकान्छो सार्की
निर्माणाधीन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नयाँ भवन निर्माण सामाग्रीको अभावका कारण काम अबरुद्ध भएको छ । 
सिन्धुली, २१ मंसीर । मधेशी मोर्चाको चार महिना लामो तराई बन्द र भारतको नाकाबन्दीका कारण जिल्लाको निर्माण क्षेत्र अलपत्र बनेको छ । 
बन्दका कारण बजारमा निर्माण सामाग्री र इन्धन नहुँदा निर्माण क्षेत्रका कामहरु अलपत्र बनेको हो । सिन्धुलीमा लामो समय देखी निर्माण सामाग्री आउन सकेको छैन भने निर्माणमा सवैभन्दा बढी प्रयोग हुने इन्धनको समेत समस्या भएको छ । 
जिल्लाका निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरु पुल, सडक, भवन लगायत निर्माणका कार्य पूर्ण रुपमा बन्द भएका छन । बन्दका कारण सिमेन्ट, रड लगायत निर्माण सामाग्री सप्लायर्स गर्ने कुनै पनि सल्लायर्समा सामाग्री आउन सकेका छैनन् । 
निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष जयकुमार ढकालले बन्दका कारण निर्माण व्यवसायीहरुलाई सवैभन्दा ठुलो घाटा भएको बताए । उनले भने, ‘विकासका ७० प्रतिशत कामहरु निर्माण व्यवसायीले गरिरहेका थिए तर अहिले यी सवै काम ठप्प भएका छन ।’ इन्धन र आवश्यक निर्माण सामाग्रीको अभावले विकासको काम अलपत्र पर्दै गएको र निर्माण व्यवसायीहरु पनि धरापमा परेको अध्यक्ष ढकालले बताए । 
देशको अर्थतन्त्र नै धरापमा पर्दै गएकाले चाडो समस्याको समाधान गर्न सरकार लाग्नु पर्नेमा उनले जोड दिए । तत्काल समस्या समाधान नभएर देशैभरिका निर्माण व्यवसायीहरु सडकमा आउनुपर्ने अवस्था सिर्जना भईसकेको उनको भनाई थियो । 
लगातारको बन्दले जिल्लाका ठुला सप्लायर्सहरुले निर्माण समाग्रीहरु ल्याउन सकेका छैनन् । सिन्धुलीमाढी स्थित श्रेष्ठ सप्लायर्सका प्रोपाइटर छत्र बहादुर श्रेष्ठ भन्छन, ‘लगातारको तराई बन्द र नाकाबन्दीका कारण निर्माण सामाग्री ल्याउन सकिएको छैन ।’ बन्दले गर्दा माग अनुसार निर्माण सामाग्री उपलब्ध गराउन नसकिएको श्रेष्ठले बताए । निर्माण कम्पनिले मात्र होइन थोरै सामाग्री लिन आउने स्थानीय ग्राहकहरुले समेत बजारमा निर्माण सामाग्री पाउन छाडिसकेका छन । 
लगातारको बन्दका कारण निर्माण क्षेत्रको काम अबरुद्ध हुँदा आफ्नो दैनीक लाखौ घाटा व्यहोरीरहनु परेको हेभि इक्युपमेन्ट व्यवसायीहरु बताउछन । सिन्धुलीमा रहेको अधिकाश स्काइवेटर र डोजरहरु तेल अभावले ग्रामीण क्षेत्रमा सडक निर्माणका काममा जान सकेका छैनन् । 
बन्दका कारण निर्माण हुँदै गरेको जिल्लाका सरकारी कार्यालयहरु जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय भवन पनि अलपत्र अवस्थामा पुगेका छन । निर्माण सामाग्री अभाव भएका कारण निर्माण व्यवसायीहरुले सम्झौता अनुसार काम सम्पनन् गर्न नसक्ने पत्र समेत सम्बन्धीत पक्षलाई बुझाईसकेको बताएका छन । 
बन्दका कारण हेटौडा चतरा लोकमार्ग र मध्यपहाडी लोकमार्गको निर्माणाधीन सिन्धुली खण्ड्को काम पनि अबरुद्ध भएको छ । सरकारले राष्ट्रिय गौरबका आयोजनाका लागी तेल उपलब्ध गराउने निर्णय गरेको भएपनि अहिले सम्म व्यवसायीले पाउन सकेका छैनन् ।


, ,

0 comments

Write Down Your Responses