कृषि सहकारीहरुलाई कृषि सामाग्री प्रदान
सिन्धुली, २२ मंसीर । जिल्लाका कृषि सहकारीहरुलाई कृषि सहकारी संघ लि.सिन्धुलीले कृषि सामाग्रीहरु प्रदान गरेको छ ।
श्री कमलामाई महिला साना किसान कृषि सहकारी संस्था दुधौलीकी अध्यक्ष दिलमायाँ विश्वकर्मालाई सामाग्री हस्तानतरण गर्दै कृषि सहकारी संघ सिन्धुलीका अध्यक्ष रामबहादुर विश्वकर्मा ।
|
केन्द्रीय कृषि सहकारी संघबाट अनुदान प्राप्त स्प्रे ट्याङकी, विभिन्न् उन्नत जातका तरकारीहरुको विउ र प्याकेटको मल कृषि सहकारी संघमा आवद्ध सहकारीहरुलाई वितरण गरेको हो । मंगलबार एक समारोह वीच उक्त सामाग्री कृषि सहकारीहरुलाई प्रदान गरेको छ ।
मङलबार नै बसेको कृषि सहकारी संघ सिन्धुलीको वैठकले कृषि सहकारीहरुको विकासका लागी पाँच वर्षे रणनैतिक योजना तयार गरेको छ । जिल्ला भरिका कृषि सहकारीहरुलाई संघमा आबद्ध गरिने र कृषि सहकारीहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागी ऋण प्रवाहको काम समेत सुरु गर्ने योजना रहेको कृषि सहकारी संघ सिन्धुलीका अध्यक्ष रामबहादुर विश्वकर्माले बताए ।
सहकारी डिभिजन कार्यालय जनकपुरको तथ्याङक अनुसार सिन्धुलीमा १ सय ४१ वटा कृषि सहकारीहरु दर्ता भएका छन । ती मध्ये हाल सम्म ३० वटा कृषि सहकारी मात्र संघमा आवद्ध रहेको जनाइएको छ ।
0 comments
Write Down Your Responses