Powered by Blogger.
भ्रष्टाचारकाे बारेमा कर्मचारीले यसाे भने

सिन्धुली, २४ मंसीर । बुधबार अख्तीयार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस २०१५ को अवसरमा सिन्धुलीमाढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला विकास समिति सिन्धुलीका खरदार विष्णु भण्डारीले ‘भ्रष्टाचारी’ शिर्षकको कविता मार्फत सिन्धुली जिल्लाको भ्रष्टाचारको बावस्तविकता प्रस्तुत गर्दै यसरी खबरदारी गरे । 
‘कार्यालयहरु भित्र पनि, लेखा, स्टोर, योजना र एनजीओ शाखा नै चाहिने, 
कार्यालय प्रमुखको चाकडी गर्नेले मात्र त्यो पाहिने ।’ 
भण्डारीले कविता मार्फत यस्तो बताईरहदा कार्यक्रममा अतिथीको रुपमा रहेका स्थानीय विकास अधिकारी शिव प्रसाद हुमेगाई र प्रमुख अतिथी बासु प्रसाद काफ्ले शिर निहुराएर लजाई रहेका थिए भने कार्यक्रममा सभापति तथा अख्तीयार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास सम्पर्क कार्यालयका निमित्त कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य मुसुमुसु हासेर कविता पनि सर्मथन जनाईरहेका थिए । जिल्ला विकास समिति भित्रकै कर्मचारीले यस्तो कविता भनिरहदा कार्यक्रममा जम्मा भएका सरकारी कार्यालयका प्रमुखहरु भने शिर निहुराएर कविता सुनिरहेका थिए । 
भण्डारीले कविता मार्फत सवैलाई छेड हान्दै गए । कार्यक्रममा उपस्थित राजनैतिक दलका नेता, कार्यालयका प्रमुखहरु र पत्रकारहरु सवैलाई उनले व्यग्य गर्दै गए । सवै पक्षको कमजोरी औल्याउँदै गए । सवै क्षेत्रमा भ्रष्टहरुको संख्या बढ्दै गएको उनको कविताको प्रस्तुती थियो । 
कविता मार्फत नै भण्डारीले कार्यालय प्रमुखहरुलाई यसरी भने, ‘पार्टीको बिल्ला भिरेर जिल्ला आइन्छ, भ्रष्ट फटाहाहरुसँग मिलेर टन्न खाइन्छ, चलिन्जेल चल्छ, नचले अर्को जिल्ला गइन्छ ।’ कार्यक्रममा उपस्थित भएका कार्यालय प्रमुखहरु उनको कविता सुनेर निक्कै लजाईरहेको अनुभुति सहज रुपमा गर्न सकिन्थ्यो । 
अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेसका मिनबहादुर श्रेष्ठ, नेकपा(एमाले)का महेन्द्रदेव श्रेष्ठ, एकीकृत माओवादीका ज्वाल प्रसाद न्यौपाने, राप्रपाका भिष्म श्रेष्ठ लगायतले भ्रष्टाचारको नियन्त्रणका लागी सवै पक्ष एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा अख्तीयार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास सम्पर्क कार्यालयका निमिक्त कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले भ्रष्टाचारको परीभाषा, भ्रष्टाचार निवारण ऐन २०६९ ले परीभाषा गरेका भ्रष्टाचारका क्षेत्रहरु, अनुचित कार्यहरु, अख्तीयार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी संवैधानीक व्यवस्था, आयोगको उदेश्य, भुमीका लगायतका विषयमा जानकारी गराएका थिए । 
कार्यक्रमा बर्दिवास सम्पर्क कार्यालयले गर्दै गएका गतिबिधीहरुको बारेमा समेत जानकारी गराइएको थियो । उनका अनुसार सिन्धुलीमा अख्तीयारको दुरुपयोग गरेका ४९ उजुरी परेको र अहिले सम्म १८ उजुरी फछ्यौट भएका छन । सिन्धुलीमा भुकम्प पछि पिडितहरुलाई राहत वितरणको बारेमा र जिल्ला जनस्वास्थ्य कार्यालयको खरीद प्रक्रियाको बारेमा अनुसन्धान भइरहेको पनि आचार्यले जानकारी दिएका छन । 
आयोगले प्रबद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक क्षेत्रमा काम गर्दै आईरहेको बताउँदै कागजमा र कुरामा सुशासन देखिने तर व्यवहारमा केहि नदेखिने प्रवृति र स्थानीय स्तरमा हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार, घुसखोरी, माफियावाद र कमिशनतन्त्रको अन्त्य गर्न सवै कार्यालय प्रमुख तथा सरोकारवाला निकायहरुसँग अनुरोध समेत गरेको छ । 
बुधबार सदाचार, निष्पक्षता, निर्भीकता भन्ने मुल शिद्धान्तका साथ विश्वभरि भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । 


,

0 comments

Write Down Your Responses