Powered by Blogger.
भुकम्प पीडीतको रकम गैर पीडीतलाई पनि दामासाही


सिन्धुली, २६ पौष । सरकारले भुकम्प पीडीतहरुलाई न्यानो कपडाको लागी वितरण गरेको दश हजार रकम सिन्धुलीको अमले र बस्तीपुर गाविसमा गाविसका सचिब र राजनैतिक पार्टीका स्थानीय नेताहरुले गाविस भरिका घरधुरीलाई दामासाही रुपमा वितरण गरेर दुरुपयोग गरेको स्थानीयहरुले आरोप लगाएका छन । 
इन्जीनियर तथा प्राविधिकले संकलन गरेको क्षतिको विवरण अनुसार पीडितहरुलाई राहत वितरण नगरी  गाविस सवै घरधुरीलाई रकम भागवण्डा गर्ने काम भएको एक स्थानीयले बताए । 
अमले गाविसका एक पीडितले नाम नखुलाई दिन आग्रह गर्दै भने, हामीलाई सात हजार पाँच सय रकम दिएर गाविस सचिबले १० हजारमा भपाई गराए । हामीले विरोध गर्दा स्थानीय राजनैतिक पार्टीका नेताहरुले समेत बोल्न दिएनन् । स्थानीय नेताहरुको साथमा गाविस सचिबले गैर कानुनी काम गरेको उनले आरोप लगाए ।  
जिल्ला प्रशासन कार्यालयले अमले गाविसका पूर्ण क्षति ३ सय ३३ घरधुरीलाई रु १० हजारका दरले वितरण गर्न ३३ लाख ३० हजार रकम निकासा दिएको जनाएको छ । निकाशा पाएको उक्त रकम अमले गाविसका ४ सय ४२ घरधुरीलाई ७ हजार ५ सयका दरले वितरण गरिएको छ । 
दामासाही रकम वितरण गरिएको गाविसका प्राविधिक सहायक ज्ञानलाल भोलनले स्वीकार गरे । अमले गाविसका सचिब कमल लामासँग भने पटक—पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।  
उता बस्तीपुर गाविसमा पनि गाविस भरिका घरधुरीलाई दामासाहीमा रकम भागवण्डा गरिएको स्थानीयले बताएका छन । बस्तीपुर गाविसका ४ सयँ घरधुरीलाई रु १० हजारका दरले वितरण गर्न जिल्ला प्रशासन कार्यालयले दिएको रु ४० लाख रकम ५ सय ८९ घरधुरीलाई रु ६ हजार ८ सयँका दरले वितरण गरिएको छ । गाविस सचिबले ६ हजार ८ सय रुपैया दिएर १० हजार रकममा भर्पाइ गराएको एक स्थानीयले बताए ।
स्थानीय विकास अधिकारी शिव प्रसाद हुमेगाईले यदि त्यस्तो हुन गएको भएमा छानविन गरी सचिबलाई कानुन अनुसार कार्वाही गरीने बताए । 
उता प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले लिखीत रुपमा उजुरी प्राप्त नभए पनि मौखीक रुपमा जानकारी आएकाले तत्काल सत्य तथ्य बुझ्न स्थानीय विकास अधिकारीलाई निर्देशन दिएको बताउँदै यदि सचिबले कमजोरी गरेको पाइएमा कानुन अनुसार कार्वाहीको दायरामा ल्याइने बताए । 


,

0 comments

Write Down Your Responses