Powered by Blogger.
भुकम्पले जुनार किसानलाइ ९ करोड घाटा


नबिनबाबु अधिकारी
सिन्धुलीमाढी । जुनारको राजधानी भनेर चिनियको सिन्धुलीका जुनार किसानहरुले यस बर्षको भुकम्प, असिना हावाले गर्दा घाटा बेहोर्नु परेको छ । दैवि विपत्तिका कारण किसानहरुले लक्ष्य अनुसार यस बर्ष आम्दानी गर्न भने सफल नभएको जिल्ला जुनार उत्पादन सहकारीले जनाएको छ ।
यस बर्ष किसानहरुले जुनार उत्पादनमा बृद्धिका लागि मिहेनत गरेपनि झण्डै साडे ३ हजार मेट्रिक टन जुनार भुकम्प, असिना, आधी र किराहरुको संक्रमणबाट खेर गएको किसानले बताएका छन् । यस बर्ष जुनार उत्पादक किसानहरुलई प्रति किसान २ लाख देखी ३ लाख सम्म घाटा भएको जुनार उत्पादक सहकारीका अध्यक्ष निर्मलकुमार रम्तेलले बताए । उनका अनुसार जिल्लामा उत्पादन गरिएको जुनार मध्ये भुकम्पका कारण जुनार झरेको, असिनाले क्षती पुरयाएको, हावा हुरीले फल लाग्ने बेलमा जुनारका चिचिला झारे पनि आम्दानिको लक्ष्य पछ्याएका किसान रोग किराको संक्रमणले घाटा वेहोर्न बाध्य भएको रम्तेलले बताए ।
उनका अनुसार यस बर्ष सिन्धुलीमा जुनारबाट किसानलाई ९ करोड घाटा भएको छ । जिल्ला सहकारीमा आबद्ध तथा समुहामा अबद्ध किसानहरुलाई २ लाख देखी ३ लाख रुपैया सम्म घाटा भएको छ । अघिल्लो बर्षको पाठ सिकेर जुनार उत्पादन गर्नकोलागि समयमानै गोडमेल, सिचाई लगाएतको काम गरेकाले जुनार उत्पादनमा बृद्धि हुने अनुमान गरिएपनि असिना, आँदीले जुनारको चिचिला झरेपनि राम्रै आम्दानी हुने आशा थियो तर बैशाख १२ को भुकम्पले जुनार उत्पदनमा कमी ल्याईदियो जुनार किसान डम्बर विक्रम बस्नेतले बताए । तैपनि दैवि विपत्ति परेपनि मन बुझाएरै भुकम्पले घरबार विहिन बनाएपनि जुनार वेचेर आएको रकमले घर बनाउने योजना बनाइयो तर त्यो पनि जुनारमा औसिया किराको संक्रमणले पनि जुनारबाट आम्दानी सोचे अनुसार भएन । बस्नेतले भने रोगको पहिचान र निदानका लागि विभिन्न संघ संस्थाहरु लागि परेका छन् तर अर्को बर्ष पनि गरेको दुख औसिया किराले लाने होकी चिन्ता छाएको छ, चिन्ताका बाबजुत पनि ब्यबसाय अगाडी बडाउने योजना बनाएको छु, यसमा संलग्न संघ संस्थाहरु र प्राविधिकहरुले वेलै देखी रोग किराको अध्यन गर्नु पर्ने भएकाले त्यस्तो नहुने बताएकाले ब्यबसाय गर्न कम्मर कसेको छु ।
सिन्धुलीका जुनार किसानले सहकारीमा सदस्यता नभएका किसानले न्युनतम ५० हजार आम्दानी गर्दै आएका छन् भने सहकारीमा अवद्ध भएका किसानहरुले न्युनतम बार्षिक ३ लाख देखी ४ लाख सम्म र बढीमा १० लाख देखी १५ लाख सम्म आम्दानी गर्दै आएका छन् ।
अहिले सम्ममा सिन्धुलीमा ८० प्रतिशत जुनार विक्रि भई सहेको र १० प्रतिशत जुनार बोटमा रहेको र १० प्रतिशत जुनार स्टोरमा रहेको जिल्ला जुनार संघ सिन्धुलीले जनाएको छ । अहिले सम्म ८० प्रतिशत जुनार विक्रिबाट २१ करोडको आम्दानी भएको संघले जनाएको छ । उत्पादनका हिसावले साढे १२ हजार मेट्रिक टन जुनार उत्पादन गर्ने लक्ष्य भएपनि यस बर्ष ९ हजार मेट्रिक टन जुनार बजारमा पु¥याउन सकिएको संघले जनाएको छ । सुरुमा लक्ष्य भन्दा बढी जुनार फल्ने जुनारको फुल र चिचिलाबाट अनुमान गरिएपनि दैवि विपत्तिका कारण लक्षमा पुग्न नसकिएको संघले जनाएको छ ।
अर्को बर्ष सिन्धुलीमा १३ हजार मेट्रिक टन जुनार उत्पादन गर्ने लक्ष्य लिइएको जुनार उत्पादन सहकारी संघले बताएको छ । यस बर्षको दैवि विपत्ति र रोग किराको संक्रमणले गर्दा वेलैमा गोडमेल सिचाई, रोग किराको ब्यबस्थापन लगाएतका बारेमा किसानलाई जनाकारी गराईएकोले १० प्रतिशत जुनार टिप्ने वित्तिकै यो कामको थालनी हुने सहकारी संघका अध्यक्ष रम्तेलले बताए । सहकारीको तथ्याङ्क अनुसार अहिले जिल्लामा ४१ सय र अन्य समुहमा अबद्ध गरी ४५ सय ५१ जना जुनार उत्पादक किसान रहेका छन् । यसमा पनि हरेका बर्ष १ सय ५० जना किसान थपिदै जानु निकै राम्रो भएको सहकारीको भनाई छ ।
१ सय ५० जना किसानले अन्य ब्यबसाय छाडेर जुनार खेतीमा आउने गरेको जुनार उत्पादन जिल्ला सहकारी संघका अध्यक्ष निर्मल कुमार रम्तेलले बताए । उनका अनुसार जिल्लामा १५ सय हेक्टर क्षेत्रफलमा जिल्लाको ४५ गाउँ विकास समितिमा जुनारको ब्यबसाय गरिदै आएको छ । हरेक बर्ष २ सय हेक्टर क्षेत्रफमा जुनारको ब्यबसाय बढ्दै गएको छ । अहिले जिल्लामा जुनारको ब्यबसाय बडाउनको लागि जिल्ला जुनार संघ। जिल्ला कृषि विकास कार्यालय सिन्धुल? जुनार उत्पादन सहकारी संघको सहयोगमा जुनार उत्पादनका पकेट गाउँ विकास समिति र अन्य स्थानमा भौगोलीक अध्ययन संगै सिचाई सडको सुबुधाको बारेमा सर्वै गर्ने काम भई रहेको छ ।
जुनार उत्पादन जिल्ला सहकारी संले संघको सदस्यता हुन ५० वोट जुनार लगाएको हुने पर्ने र बार्षिक व्यवसाय बडाउदै लगेमा आय आर्जनको लागि राम्रो हुने र कमजोर आय भएका किसानलाई यस नितिले लाभ पु¥याएको संघले दावि गरेको छ । कृषकहरुलाई आर्कषित संगै ब्यबसायिक बनाउन सहुलीयतमा जुनारको विरुवा वितरण देखी प्राविधिको पनि उपलब्ध गराईदै आइएको छ ।
जिल्लामा जुनार परापुर्वकाल देखी आफैले खानकोलागि रोपिदै आएको भए पनि कसानहरुले ब्यवसायकै रुपमा अन्य बाली मासेर जुनार मात्र लगाउन थालेका छन् । एक गाउँ एक उत्पादन कार्यक्रम र विभिन्न संघ संस्थाको सहयोगमा जुनार ब्यबसायमा किसानको आर्कषण बढ्दै गएको छ ।
जुनारबाट जुस, जाम, जेली, मार्मललेड लगाएतका ९ परिकार बनाउन सकिने भएपनि जिल्लामा ४ देखी ५ प्रकार बजारमा आउने गरेको छ । 


, ,

0 comments

Write Down Your Responses