Powered by Blogger.
अबैध सुन सहित भारतिय नागरीक पक्राउ

सिन्धुली २७, पुष । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आइतबार राती अबैध सुन सहित एक जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत स्थित मैदानपुर ग्राम मैजुरीया कलकत्ताका वर्ष ३४ का सन्जय सिंह रहेका छन् । 
काठमाण्डौंबाट काकडभिट्टा तर्फ गइरहेको वा ३ ख ८५९२ नम्बरको निशान हायस गाडीलाई चेकजाँच गर्दा ६ सय ९ ग्राम सुन सहित सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रहरी प्रमुख अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
‘रातको समय पारेर आइरहेको गाडीलाई विशेष सुराकका आधारमा चेक जाँच गर्दा रतनचुरा गाविस–३ स्थित विपी राजमागबार्ट सिंहको साथबाट लुकाइ छिपाई विना कागजातको ६ सय ९ ग्राम तौल भएको सुनको ढिक्का पक्राउ गरिएको हो,’ प्रहरी प्रमुख द्धिवेदीले भने । 
अहिले सिंह र सुनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ अनुसनधान थालिएको छ । प्रहरीले दिएको जनाकारी अनुसार बरामद गरेको सुनको बजार मुल्य २६ लाख १० हजार ५ सय ९६ बराबरको रहेको छ । 
पक्राउ गरिएको सुन र शिंहलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय पथलैया पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।


, ,

0 comments

Write Down Your Responses