Powered by Blogger.
अब सिँचाई सम्बन्धी गुनासो ‘हेलो सिँचाई मन्त्री’ मा पनि

राजन गाउँले
सिन्धुली २७, पुष । सिँचाईको विकास तथा कृषकहरुको जनगुनासो सुन्न सिँचाई मन्त्रलायले ‘हेलो सिँचाई मन्त्री’ अभियान सञ्चालनमा ल्याएको छ । 
कृषकहरुको जनगुनासोलाई सिधै मन्त्रीसंग पुगोस भन्नका लागि मन्त्रलायले पहिलो पटक ‘हेलो सिँचाई मन्त्री’ अभियान सञ्चालनमा ल्याएको हो । सिँचाई मन्त्री उमेशकुमार यादवका अनुसार कुनै शुल्क नलाग्ने टोल फ्रि नम्बरबाट मन्त्रालयसंग भएको गुनासा सिँचाई सुविधाका लागि विकास गर्नु पर्ने सुझावहरु मन्त्रीसंग पु¥याउँन सर्वसाधरणको समेत सिधा पहुँच रहोस भन्ने उद्देश्यले यस्तो अभियान सञ्चालनमा ल्याइएको हो । 
‘कृषकहरुले सिँचाई मन्त्रलायसंग भएका गुनासा र सुझावहरुलाई १६६००१८८८०० मार्फत ‘हेलो सिँचाई मन्त्री’ अभियानमा दर्ता गराउँन सक्ने छन्,’ मन्त्री यादवले भने ।
टोल फ्रि नम्बर मार्फत कृषकहरुले विदाको दिन बाहेक हरेक दिनको दिउँसो एक बजेदेखी दुई बजेसम्म आफ्ना गुनासाहरु राख्न सकिने उनले बताए । मन्त्री यादवले आफु कृषकहरुको किसान मन्त्री भएको भन्दै कृषकहरुको गुनासो सुन्न हरेक महिनाको एक दिन कृषकहरुको घरघरमा जाने योजना बनाएको पनि उल्लेख गरे ।
कृषी मन्त्रालय र सिँचाई मन्त्रालय एक अर्कामा परिपुरक भएको भन्दै उनले जहाँ जहाँ कृषि मन्त्री जनताको कामका लागि पुग्छन आफु पनि त्यही त्यही सिँचाईका लागि उनको भनाई छ ।
मन्त्री यादवले सिँचाई सुविधाका लागि आफुले विभिन्न योजनाहरु समेत तयार पारेको जनाएका छन् । उनले ‘सिँचाईमा सहकारी घरघरमा भकारी’ भन्ने मुल नारका साथ सहकारी मार्फत सिँचाई क्षेत्रको विकासका लागि समेत योजना अघि सारेको जनाए । यसका लागि सबै जिल्लामा सिँचाई सहकारीको अवधारणा बनाएर काम अघि बडाईने छ ।
चुरे र सुख्खा क्षेत्रका सिँचाईका लागि लिफ्ट सिँचाई योजना मार्फत सिँचाईको सुविधा पुरा गर्ने योजना बनाएको पनि यादवले उल्लेख गरे ।   चुरे क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कृषि मन्त्रालयसंगको सहकार्यमा सिँचाईको लागि विशेष अभियान यसै वर्षबाट सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रलायले विगतका वर्षहरु झै दुई चार लाखरुपैयाँको योजनामा बजेट नछर्ने भन्दै दिर्घकालिन र ठोस योजनालाई मात्र प्राथमिकतामा राखेर काम गर्ने यादवको भनाई छ ।
सिँचाई मन्त्रलायको कामलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयमा कर्मचारीहरुमा डन प्रवृत्ति भेटीएको भन्दै त्यस्ता प्रवृत्तिको अन्त्यका लागि कर्मचारीमाथी शुद्धिकरण थालिएको जनाए ।  उनले भने, ‘र्कचारीका कारण शिंहदरबार भित्रै एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा पत्रचार गर्न समेत महिनौं दिन लाग्ने गरेको अवस्था छ । यो कर्मचारीमा भएको डन प्रवृत्तिका कारण हो । यसले जनतको काम गर्न कठिन हुन्छ म मन्त्रालय भित्र भेटीएका डनहरुलाई डाउन गर्न समेत लागि परेको छु ।’


0 comments

Write Down Your Responses