Powered by Blogger.
सिन्धुलीमा अबैध गाँजा खेति फस्टाउँदो !

२२ कठ्ठामा लगाइएको अबैध गाँजाखेति प्रहरीद्धारा नष्ट

राजन गाउँले

क्यानेश्वर (सिन्धुली) ३०, पुष । अन्य खेतीबाट भन्दा राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाका दुर्गम क्षेत्रमा ब्यावसायिकरुपमानै अबैध गाँजा खेति हुने गरेको पाइएको छ ।
जिल्लाको पश्चिमी क्षेत्र अन्तरगत क्यानेश्वर गाविसमा व्यावसायिकरुपमानै गाँजाको खेति हुने गरेको पाइएको हो ।
क्यानेश्वर–१  स्थित भुताहामा २२ कठ्ठामा लगाइएको अबैध गाँजाखेति सोमबार प्रहरीले नष्ट गरेपछि यस्तो प्रमाणीत भएको हो ।
भुताहामा स्थानीय बुद्धिमायाँ बल, ज्ञानबहादुर मुक्तान, प्रेमध्वज बल, मानबहादुर बल, सेतीमायाँ स्याङ्तान, उत्तरमान थिङ लगायतका कृषकले २२ कठ्ठामा अबैध गाँजा खेति गर्दै आएका पाइएको प्रहरीले जनाएको छ । 
विशेष सुराककमा आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नीरिक्षक विपीन ओझा नेतृत्वको विशेष टोलीले भुताहामा पुगेर चार घण्टा लगाएर गाँजा नष्ट गरेको हो ।
‘गाविसमा व्यावसायिक रुपमानै गाँजाखेति हुदै आएको जानकारीका आधारमा गस्तिका लागि पुग्दा ठुलो क्षेत्रमा गाँजा लगाएको पाइएकाले त्यसलाई प्रहरीले चार घण्टा लगाएर नष्ट गरेको छ,’ प्रहरी निरिक्षक ओझाले भने ।
स्थानीय बुद्धिमाया बलले ४ कठ्ठा, ज्ञानबहादुर मुक्तानको २ कठ्ठा, प्रेमध्वज बलको १ कठ्ठा, मानबहादुर बल, सेतिमाया स्याङ्गतान र उत्तरमान थिङ्ग समेतले संयुक्त १५ कठ्ठा जमिनमा गरी २२ कठ्ठामा गाँजाको ब्यावसायिक खेति गरेका थिए । जिल्ला सदरमुकामबाट झण्डै ७० किलोमिटर पश्चिममा पर्ने क्यानेश्वरको अति अनाकन्टार स्थानमा लुकाइ छिपाई गाँजाको खेति गर्ने गरेको प्रहरीको भनाई छ ।
त्यस क्षेत्रमा विगतका वर्षहरुदेखिनै यसरी गाँजाको खेति हुने गरेको प्रहरीको अनुमान छ । ‘कसैले नदेख्ने हत्तपत्त कोही पनि मानिसहरु पुग्न नसक्ने भएपछि त्यस क्षेत्रमा प्रायः गाँजाको अबैध खेति हुने गरेको प्रारम्भीक अनुमान गरिएको छ,’ ओझाले भने । त्यस क्षेत्रमा अन्य कृषकहरुले पनि दुईचार बोट देखी व्यावसायिक रुपमानै गाँजा खेति गर्ने गरेको बताइन्छ ।
यस्तै जिल्लाको माइस्थान, हरिहरपुरगढी क्षेत्रमा पनि गाँजा खेति हुने गरेको आशंकामा प्रहरीले विशेष गस्ति टोली परिचालन गरेको जनाएको छ । उता सर्लाही तथा मकावनपुर जिल्ला हुँदै तराईका बजारमा विक्री गर्दा राम्रो आम्दानी लिन सकिने भएपछि अन्य खेति छाडेर गाँजाको खेति गर्न बाध्य भएको कृषकहरुले जनाएका छन् ।
‘अन्नपात लगाउँदा तिन महिना खान पुग्दैन,बरु गाँजा खेतिबाट वर्षमा डेढ दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । त्यसैले प्रायःले गाँजा खेति गर्ने गरेका छन्,’ एक गाँजा खेती गर्नेले भने ।


,

0 comments

Write Down Your Responses