Powered by Blogger.
नौं महिना वित्दापनि नियमित व्यवसायमा फर्कन सकेनन पिडित

राजन गाउँले
खुर्कोट (सिन्धुली) ३०, पुष । भुकम्पका कारण घरबार संगै व्यवसाय गुमाएकाहरु भुकम्प गएको नौं महिना वित्नै लाग्दा पनि नियमित व्यवसायमा फर्कन सकेका छैनन् । घर भत्कदा व्यवासायमाथी पनि क्षेती व्यहोरेका पिडितहरुले अर्को सुरक्षित स्थानको पुनप्निर्माण गर्न र लगानी अभावका कारण नियमित व्यवसायमा फर्कन नसकेका हुन् ।
घर भत्केसंगै बस्ने बास र गरीखाने ठाउँपनि भुकम्पले खाइदिएपछि नौं महिनादेखी गाँस न वासको अवस्था आएको पिडितहरु बताउँछन् । अर्काको घर भाडामा लिएर ६ वर्षदेखी होटल व्यवसाय गर्दै आएका तिनकन्या २ का केशव बस्नेत भुकम्पपछि व्यवसाय बन्द भएको बताउँछन् । तिनकन्या घर भएका बस्नेत ६ वर्षदेखी भुवनेश्वरी ३ स्थित ग्वाल्टारमा एउटा घरपुरै भाडामा लिएर होटल व्यवासाय गर्दै आएका थिए । 
मध्येपहाडी लोकमार्ग सञ्चालनसंगै राम्रो आम्दानी हुनेभएपछि ऋण गरेरै करिब विस लाख रुपैयाँ लगानी गरेर होटल सञ्चालन गर्दै आएका बस्नेत भन्छन्,’ ‘भुकम्पले गाँस पनि लग्यो, वास पनि खोस्यो, अवत लाग्छ भविष्यनै वर्वाद भयो ।’ 
भुकम्पका कारण झण्डै पाँचलाख रुपैयाँ बराबरको क्षेती व्यहोरेका बस्नेतले व्यवसाय गर्दै आएको घरपुरै भत्केपछि लाखौं रुपैयाँ लगानी डुबेको बताए । ‘अब अर्को घर बनाएर व्यवसाय गर्ने पनि उपाए छैन् । होटल चल्ने अर्को सुरक्षित ठाँउ खोजेर लगानी गर्ने पैसा पनि छैन् । नौं महिना वित्न लाग्यो भत्केको घर हे¥यो दिन काट्यो । हिजो आजाको दिन घरकोन घाटको जस्तो भएको छ,’ उनले भने ।
होटलबाट मासिक रुपमा घरभाडा कटाएर पनि पचास हजार रुपैयाँसम्म नियमित आम्दानी गर्दै आएका बस्नेत नौं महिनादेखी त्यतिकै बस्नु पर्दा अहिले दैनिक खानपनि ऋण गर्नु पर्ने अवस्था आएको बताउँछन् । भुकम्पले व्यवसायनै बन्द भएपछि चार जना छोराछोरीलाई पठनपाठन, लालनपालन देखी साउँको ऋण तिर्न समेत मुस्कील हुन थालेको छ । 
‘‘करिव एक महिनासम्म त राहतको चामलले थेगेको थियो,’ उनले भने, ‘अहिले आठ महिनादेखी सबै ऋणगरेर परिवार पाल्दै आएको छु । कमाउँ ठाउँ छैन् । बसौं बास छैन् । व्यवसाय गर्ने की घर बनाउँनेकी समस्या नै समस्या भयो खान पनि मुस्कील पर्ने अवस्था आइसक्यो ।’
भुवनेश्वरी ग्वाल्टारकै बद्री थापाको पनि उस्तै बेहाल छ ।पाँच वर्षसम्म मलेसीया बसेर पसिना बगाउँदा कमाएको सम्पतीले घर बनाएर किराना पसल सञ्चालन गर्दै आएका थापाले घर भत्केपछि व्यवसायसमेत बन्द भएको बताए । ‘घर पनि छैन्, पसल पनि ध्वस्त भयो । पसल पुरीदा लाखौं रुपैयाँको सामानमा क्षेती भयो,’ थापाले भने ।
नौं महिनादेखी अस्थायी टहरो बनाएर बसेकाले व्यवसाय सुरु गर्न नसकेको उनले बताए । उनले भने, ‘घरमा बस्ने बास छैन । पसल गर्ने ठाउँपनि छैन् ।’ नौं महिनासम्म सरकारले पनि घर बनाउन कुनै सहयोग गरेको छैन् । 
भिमेश्वर १ खुर्कोटका शेरबहादुर देवकोटाको नौं महिनादेखी पालमुनीको बास छ । घर भत्केर पालको बास भएका देवकोटाको पनि गाँस न वासको अवस्था भएको छ । भुकम्प पछि उनको पनि होटल व्यवसाय चौपट भएको छ ।
घर संगै व्यवसयपनि भुकम्पले लगेपछि र्नौं महिनादेखी भत्केके घर नजीकै पालहालेर देवकोटा परिवार बस्दै आएका छन् । होटल व्यवसायबाट मासिक एकलाख रुपैयाँबढी आम्दानी लिँदै आएका देवकोटा भुकम्पले घर भत्केपछि होटल गर्ने उपयुक्त घर नहुँदा नौं महिनादेखी बेरोजगार भएकोे बताउँछन् । ‘घर र होटल गरेर झण्डै तिस लाख रुपैयाँ लगानी थियो, देवकोटाले भने, ‘त्यो एकै झड्कामा सक्कीगयो । अब न बस्ने बास न खाने गाँस जस्तै भएको छु । भएको सबै सम्पती सकिकगायो अव के लगानीले घर बनाउँनु अनि व्यवसाय गर्नु ।’
देवकोटा जस्ता झण्डै एक सयबढी व्यवसायीले खुर्कोटमा मात्र विभिन्न व्यवसाय गुमाएका छन् । भुकम्पका कारण आफ्नै घर र भाँडामा लिएका घरहरु समेत गुमाउँनु पर्दा बन्द भएका व्यवसायहरु नौं महिनासम्ममा पनि नियमित सञ्चालन हुन नसकेका हुन् । जिल्लामा भुकम्पका कारण ४७ हजार सात सय घरमा क्षेती पुग्दा झण्डै सात हजार विभिन्न व्यवासयहरु बन्द भएको अनुमान गरिएको छ ।  
भत्कीएका घरहरुमा सञ्चालन हुँदै आएका होटल, किराना पसल, पशुपालन, मिल, हार्डवयर, टेलर्स, कम्प्युटर, औषधी पसल, ग्यारेज तथा विभिन्न घरेलु तथा साना उद्योगहरु सन्चालन गर्ने भुकम्प पिडित व्यवासायीहरु दुई महिनासम्म आफ्ना व्यवसायलाई नियमित सञ्चालन गर्न नसकेर बसिरहेका छन् । जिल्लाको सदरमुकाम, खुर्कोट, ग्वाल्टार, मरिण, कपीलाकोट, रातमाटा, खाल्टे, सितलपाटी, दुम्जा, खनियाखर्क, नेपालथोक लगायतका ब्यापारीक केन्द्रका भुकम्प पिडित व्यवासायीहरु घरसंगै व्यवसायमा समेत क्षेती पुगेका कारण पनि व्यवसायलाई निरन्तरता दिन नसकीएको बताउँछन् ।


, ,

0 comments

Write Down Your Responses