Powered by Blogger.
दुधौलीको दोश्रो नगर परीषद सम्पनन्

सरकार जनताकाे निगरानी र नियन्त्रणमा हुनुपर्छ - मन्त्री यादव 

दुधौली, सिन्धुली ३० पौष । दुधौली नगरपालिकाको दोश्रो नगर परिषद बुधबार एक समारोह वीच सम्पनन् भएको छ । नगरपरिषदलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै सिचाई मन्त्री उमेश यादवले सत्तामा नपुगुन्जेल जनताको नोकर जस्तो र सत्तामा पुगेपछि जनताको मालिक बन्ने प्रवृत्तिका कारण जनताले दुख पाएको बताउँदै सरकार जनताको निगरानी र नियन्त्रणमा हुनुपर्नेमा जोड दिए । 
मन्त्री यादवले नेपालीहरुलाई यो परिस्थिती सम्म आईपुग्न कसैले सहयोग नगरेको बताउँदै आफ्नै संघर्षबाट स्थापित भएका वीर नेपालीहरुलाई कसैको हेपाहा प्रवृत्ति मन नपर्ने बताए । 
त्यस्तै कार्यक्रममा बोल्दै सांसद भेषकुमारी राउतले मायाँ दयाँ र भावनाले प्रेरित भएर वितरण गरीएका विकासे योजनाले देशको विकास गर्न नसक्ने बताउँदै दरिलो विकासको रणनीती निर्माण गरेर विकास तर्फ लाग्नु पर्नेमा जोड दिइन । 
दुधौली नगरपालिकाका कार्याकारी अधिकृति मदन बहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद गंगा नेपाल, नेपाली काग्रेसका जिल्ला नेता यज्ञ बहादुर कार्की, नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वाल, एकीकृत माओवादीका जिल्ला अध्यक्ष राजन दाहाल, नेकपा(क्रान्तिकारी माओवादी)का मदन बराल, नगर विकास समिति दुधौलीका अध्यक्ष लाल बहादुर थापा लगायतले शुभकामना मनतव्य राखेका थिए । 
दुधौली नगरपालिकाले आर्थिक वर्ष २०७३÷०७४ को बजेट नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको छ । 
आगामी आर्थिक वर्षको अनुमानीत बजेट ३ करोड ७७ लाख ३४ हजार रहेको छ । जस्मा चालु खर्च तर्फ १ करोड ५६ लाख ५० हजार र पुँजीगत तर्फको विकास निर्माण कार्यमा २ करोड २० लाख ८४ हजार रहेको छ । 


,

0 comments

Write Down Your Responses