Powered by Blogger.
तीन करोड लगानीमा १८२ अस्थायी सिकाई केन्द्र

सुनकाेशी प्रा.वि.डुडभञ्ज्यागमा निर्माण गरीएकाे टीएलसी । 
बिजयकिल्ला ब्यूरो 
सिन्धुली, १९ पौष भुकम्पबाट क्षतिग्रस्त भएका जिल्लाका झण्डै १ सय ५० विद्यालयहरुमा ३ करोडको लगानीमा १ सय ८२ अस्थायी सिकाई केन्द्रहरु निर्माण गरिएको छ । 
जिल्ला शिक्षा कार्यालय सिन्धुली, युनिसेफ, रेसलेस डेभलपमेन्ट नेपाल, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र प्लान इन्टरनेशनल नेपालको २ करोड ८८ लाख ६९ भन्दा बढी लगानीमा उक्त संख्यामा अस्थायी सिकाई केन्द्रको निर्माण गरिएको हो । 
विनासकारी भुकम्पका कारण जिल्लाका संयौ विद्यालय भवनहरुमा क्षती पुगेको थियो । ४ हजार १० विद्यालय भवन मध्ये १ हजार ७ सय ७१ भवन मात्र प्रयोग गर्न सक्ने अवस्थामा थिए । कार्यालयको तथ्याङक अनुसार ३ सय ३ पूर्ण क्षति, ६ सय २५ आशिक क्षति र १ हजार ३ सय १० भवनमा सामान्य क्षति पुगेको उल्लेख छ । 
ठुलो परीणाममा विद्यालय भवनहरु क्षति भएपनी अस्थायी सिकाई केन्द्र(टीएलसी) निर्माण गर्न नसक्दा विद्यार्थीहरु इन्जीनियर तथा प्राविधिकले रातो स्टीकर टासेर खतराको संकेत दिएको विद्यालय भवनमा नै पढ्न बाध्य थिए । तर सरकारी तथा गैर सरकारी संस्थाहरुको लगानीमा विद्यालयहरुमा टीएलसी निर्माण भएपछि विद्यार्थीहरु सुरक्षित भएका छन । 
अस्थायी सिकाई केन्द्र नहुँदा भुकम्पका पराकम्पनहरु आईरहदा इन्जीनियरले रातो स्टीकर टासेको भवनमा कक्षा सञ्चालन गर्न शिक्षकहरु बाध्य थिए । टीएलसी निर्माणले शिक्षकहरुको त्यो बाध्यता अन्त्य गरेको छ भने अभिभावकहरु पनि छोराछोरीलाई विद्यालय पठाउने कुरामा ढुक्क भएका छन । 
जिल्लाका राजनैतिक पार्टी तथा भातृ संगठनहरुले भुकम्प पछि पुननिर्माणको अभियान सञ्चालन गरेर क्षतिग्रस्त विद्यालय भवनको सरसफाई र केहि अस्थायी सिकाई केन्द्रहरु निर्माण गरेका थिए । भने शिक्षा कार्यालयले ११२, वल्र्डभिजन इन्टरनेशनल नेपालले २० र प्लान इन्टरनेशनले नेपालले २० गरी जम्मा १५२ अस्थायी सिकाई केन्द्र निर्माण भएको थियो  । 
टीएलसीकाे अनुगमन निरीक्षण गर्दै जिशिअ याम बहादुर खड्का । 
काठ, बास र जस्ताको प्रयोग गरेर प्रति टीएलसी १ लाख ५० हजार लगानीमा निर्माण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । शिक्षा कार्यालयले सोझै विद्यालय व्यवस्थापन समिति, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र प्लान नेपाललले स्थानीय संस्था सिड्स सिन्धुली मार्फत विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गर्ने काम गरेको हो । 
युनिसेफ र रेसलेस डेभलपमेन्टको सहयोगमा जिल्लामा थप ३० अस्थायी सिकाई केन्द्रको निर्माण सम्पनन् भएको छ । फलामको ट्रस, बास र जस्ताको प्रयोग गरी निर्माण गरिएको उक्त टिएलसी प्रति २ लाख २ हजार ८८७ रुपैयाँ लगानीमा निर्माण गरिएको जनाइएको छ । 
अस्थायी सिकाई केन्द्रको निर्माण गर्ने काम स्थानीय गैर सरकारी संस्था सहकार्य नेपाल, सामुहिक सरोकार समाज र एकीकृत ग्रामीण विकास कार्यक्रमले गरेका हुन । संस्थाले १०÷१० वटा अस्थायी सिकाई केन्द्रको निर्माण सम्पनन् गरेका छन । 
टीएलसीकाे अनुगमन तथा निरीक्षण गर्न गाउँ गाउँ पुगेका शिक्षा अधिकारी खड्का तथा इन्जीनियर । 
हाल सम्म १८२ वटा अस्थायी सिकाई केन्द्रको निर्माण भईसकेका छन भने युनिसेफ लगायत विभिनन् गैससको सहयोगमा थप १४५ टिएलसी निर्माण गर्ने तयारी भईरहेको जिल्ला शिक्षा अधिकारी यामबहादुर खड्काले जानकारी दिए । 
भुकम्पका कारण जिल्लाका ४५१ विद्यालयमा अध्यनरत ७४ हजार २७० विद्यार्थीहरु प्रभावित बनेका थिए । भुकम्प प्रभावित विद्यालय र विद्यार्थीहरुलाई केन्द्रित गरेर युनिसेफ, वल्र्डभिजन, प्लान नेपाल र रेसलेस डेभलपमेन्टले विभिनन् सामाग्रीहरुको वितरण एव्म अस्थायी सिकाई केन्द्र निर्माणको काम गरीरहेका छन । 


, ,

0 comments

Write Down Your Responses