Powered by Blogger.
पुनर्निर्माणका लागि धमाधम तयार हुँदै ‘दक्ष निर्माणकर्मी’


राजन गाउँले 
सिन्धुली २, माघ । भुकम्पका कारण ध्वस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि जिल्लामा धामाधम दक्ष निर्माणकर्र्मी उत्पादनका लागि तालिम दिन थालिएको छ । 
जिल्लामा सवल नामक परियोजनाको सहयोग तथा सामाजिक विकासका लागि महिला जागरण, सामाजिक जनजागरण विकास कार्यक्रम, रेडक्रश लगायतका संघसंस्थाको अगुवाईमा विभिन्न समुहमा भत्कीएका भौतिक संरचनाको पुनर्निर्माणका लागि काम गर्न सक्नेगरी दक्ष डकर्मीको उत्पादन गर्न तालिमको आयोजना गरीएको हो । 
पुनर्निर्माणका लागि सामाजिक विकासका लागि महिला जागरण संस्था सिन्धुलीले दिएको तालिममा सहभागिहरु निर्माणकर्मीहरु ।
 भुकम्प गएको नौं महिनपछि सरकारले पुनर्निर्माणको काम गर्न पुनर्निर्माण महाअभियानको थालनी गरिरहँदा यहाँ दक्ष डकर्मी उत्पादन थालिएको हो ।
गत बैशाख १२ गतेको भुकम्प पछि सरकारले तयार पारेको १८ प्रकारका नक्साका आधारमा भवन तथा घरहरु निर्माणका लागि आवश्यक ज्ञान तालिम प्राप्त डकर्मीहरुसँग हुने तालिम आयोजक मध्ये सामाजिक विकासका लागि महिला जागरण संस्थाका कोषाध्यक्ष संजित कार्कीले बताए ।
कार्कीका अनुसार सवल परियोजनाबाट मात्र जिल्लामा एक सय जना यस्ता दक्ष प्राविधिक तयार गरिने लक्ष्य राखिएको छ । उनिहरुलाई डकर्मी, सिकर्मी, इलेक्ट्रीसियन र प्लाम्बर सम्बन्धि प्रशिक्षण दिइने छ । तालिममा भुकम्पबाट अति प्रभावित अमले, बस्तिपुर, कपिलाकोट, महादेवडाँडा, सितलपाटी, जलकन्या, मझुवा, झागाँझोली रातमाटा, कुशेश्वर दुम्जा लगायतका गाविसका युवा युवतीको सहभागिता रहेको छ ।
उनिहरुलाई भौतिक संरचना निर्माण गर्ने स्थलको पहिचान, आवश्यक निर्माण सामाग्रीको छनौट, अनुमानीत लागत तथा निर्माण औजार उपकरण समेतको प्रशस्त ज्ञान दिइने छ ।
तालिम विभिन्न समुहमा रहेका सहभागिहरुलाई सिटिभिटीबाट मान्यता प्राप्त सिभिल सप ओभर सियरहरुले प्रदान गर्दै आएका छन् । 
पुनर्निर्माणका लागि सामाजिक विकासका लागि महिला जागरण संस्था सिन्धुलीले दिएको तालिममा सहभागिहरु निर्माणकर्मीहरु ।
कम्तीमा कक्षा पाँच उतिर्णभएका १८ वर्षमाथीका युवा तथा युवतीहरुका लागि दिइएको तालिममा ढुङ्गामाटो, काठ, ईटा तथा कंक्रिट ब्लकको गाह्रो लगाउने, भित्ता तथा सिलिङमा प्लास्टर गर्ने, छानो छाउने लगायतका आधारभुत ज्ञान प्रदान गरिने तालिममा सहभागि प्रशिक्षक सप ओभर सियर अनिता खड्गीले जानकारी दिइन् । खड्गीले भनिन्, ‘तालिम पश्चात उनिहरु देशभित्रका उद्योग तथा व्यवसायका लागि आधारभुत निर्माण सेवा प्रदान गर्न सक्ने आधारभुत तहका डकर्मी तयार हुनेछन् ।’
चार हप्तासम्म दिइने तालिम प्रयोगात्मक र शैद्धान्तीक ज्ञान गरी एक सय ८० घण्टासम्म सञ्चालन हुने आयोजक संस्थाका कोषाध्यक्ष कार्कीले थपे ।  ‘अहिले सिन्धुलीमाढीमा मात्र दुई वटा समुहमा ४० जनालाई तालिम दिइरहेका छौं, कार्कीले भने, ‘उनिहरुलाई अव सरकारले घोषणा गरेको पुनर्निर्माणको महाअभियानमा गाउँगाउँमा भुकम्प प्रतिरोधात्मक भवन तथा घरहरु निर्माणका लागि खटाइने छ ।’ उनिहरुले तालिम पश्चात आयोजक संस्थाले प्रदान गर्ने प्रमाणपत्र राष्ट्रिय सिप परिक्षण समितिले सञ्चालन गर्ने प्रारम्भीक तहको सिप परिक्षणमा सहभागि हुन पाउँने छन् भने पुनर्निर्माणका लागि सरकारी मान्यता पाउने बताइएको छ ।
पुनर्निर्माणका लागि सामाजिक विकासका लागि महिला जागरण संस्था सिन्धुलीले दिएको तालिममा सहभागिहरु निर्माणकर्मीहरु ।
तालिमका क्रममा निर्माणकार्यमा लाग्ने डकर्मी तथा सहयोगीहरुको सुरक्षाका लागि अपनाउनु पर्ने आधारभुत ज्ञानका विषयमा समेत जानकारी दिइने छ । सरकारले तयार गरेको नक्सा र प्राविधिक स्टमेटका आधारमा डकर्मी तालिमका लागि प्रशिक्षण निर्देशीका नै तयार पारेर पाठ्यक्रमको विकास गरिएको छ ।
जिल्लाको कमलामाई र दुधौली नगरपालिका तथा २५ वटा गाविस भुकम्पबाट प्रभावित भएका छन् । सरकारी तथ्याङ्क अनुसार जिल्लामा ४७ हजार ५ सयबढी घरहरुमात्र क्षेती भएका छन् भने, एक हजारको संख्यामा सरकारी, निजी तथा सामुदायिक भवनहरुमा क्षेती पुगेको छ ।
क्षेती भएका मध्ये कम्तीमा पनि २२ हजार दुई सय १७ घर पुनर्निर्माण गर्नु पर्ने छ भने, विद्यालय तथा सरकारी कार्यालयहरुको समेत पुनर्निर्माण गरिने छ ।  यस्ता भवन निर्माणमा तालिन प्राप्त डकर्मीहरुले प्राविधिक सहयोग पु¥याउने छन् ।


,

0 comments

Write Down Your Responses