Powered by Blogger.
सात वर्षदेखी अबरुद्ध खिम्ती–ढल्केबर २२० केभी प्रशरण लाईनको निर्माणमा वल प्रयोग गर्ने उपप्रधानमन्त्री रायमाझीको भनाई

प्रधानमन्त्रीले भनेझै एक वर्षमा लोडसेडीङ मुक्त नहुँने ठोकुवा

राजन गाउँले


सिन्धुली ५, माघ । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सात वर्षदेखी अबरुद्ध खिम्ती–ढल्केबर २२० केभी  प्रशरण लाईनको निर्माणकार्य बल प्रयोग गरेरै भएपनि तत्काल अघि बढाउँनु पर्ने बताएका छन् । 
मंगलबार सिन्धुलीमाढीमा आइपुगेका उपप्रधानमन्त्री रायमाझीले सकेसम्म अधिकतम सहमति गर्ने, पिडितको माग सम्बोधन गर्ने त्यति गर्दा पनि नमाने बल प्रयोग गरेरै भएपनि काम अघि बढाउनु पर्ने बताएका हुन् । 
उनले भने, ‘म सिन्धुली तेतिकै आएको हैन् विचार गर्नुस । अबरुद्ध काम कुनैपनि हालतमा अघि बढ्नु पर्छ सम्झाउँदा नभए ठोक्नु पर्छ । आवश्यक परे म आफै ठोक्न आउँला । तपाइहरुले पनि सहयोग गर्नु पर्छ ।’
रायमाझीले दश वर्ष अघि निर्माण थालिएको प्रसारण लाइन सात वर्षदेखी अबरुद्ध हुँदा पनि कसैले निर्माण गर्न नसकेको भन्दै आफुले जसरी पनि काम गरेर देखाइदिने बताए । उनले अबरुद्ध भइरहे शसस्त्र बल तथा सेना समेत परिचालन गर्न सक्ने संकेत गरे । 
राष्ट्रिय महत्वका साथ हेरीएको ७४ किलोमिटर लामो खिम्ती ढल्केबर प्रसारण लाइन अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित बर्देउटार, पानीटंकी, माझीटार गडौंली लगायतका स्थानमा गरी ९ वटा टावर निर्माण गर्न स्थानीयले अबरुद्ध गर्दा १९ किलोमिटर दुरीमा तार विस्तार गर्नेकार्य अबरुद्ध भएको छ । 
एमाओवादीका सचिव समेत रहेका रायमाझीले उक्त प्रसारण लाइनको निर्माणकार्य पुरा नहुँदा दैनिक अर्ब रुपैयाँबढी आम्दानी हुने विद्युत त्यतिकै खेर गइरहेको भन्दै देशमा विद्युत शंकट आइरहेका बेला यस्ता आयोजनाहरु कुनैपनि हालतमा सम्पन्न गर्न तर्फ लाग्नु पर्ने बताए । रायमाझीले स्थानीय प्रसाशनलाई समेत सकेसम्म सहमतिमा नभए बल प्रयोग गरेरै भएपनि अबरुद्ध हटाउन निर्देशन दिएका छन् ।
उक्त आयोजना फेव्रअरी ९ तारिक भित्र निर्माण सम्पन्न गर्ने गरी सन् २००६ मा निर्माण कम्पनीसंग सम्झौता भएको थियो । तर, मुआब्जा र हाइटेन्सन लाइनले असर गर्ने भन्दै स्थानीयले प्रसारण लाइनको निर्माणकार्य अनेत्रबाटै गर्नु पर्ने माग गरि सात वर्षदेखी अबरुद्ध गर्दै आएका छन् । 
उता प्रधानमन्त्री केपीशर्मा वलीले एक वर्षभित्र नेपाललाई लोड सेडिङ मुक्त गर्ने भन्दै गरेको घोषणा प्रति भने उपप्रधानमन्त्री रायमाझीले असन्तुष्ठ व्यक्त गरेका छन् । उनले एक वर्षभित्रमा कुनै हालतमा लोडसेडिङ्को अन्त्य नहुने समेत ठोकुवा गरे । उनले भने, ‘हाम्रा प्रधानमन्त्रीले चुड्की बजाएर एक वर्षमै लोड सेडिङ् मुक्त गर्ने घोषणा गरेका छन् । यो म संग सल्लाह पनि भएको छैन् । मेरो विचारमा अझै लोडसेढीङ्ग बरु बढ्ने चै निश्चित छ ।’
उनले एक वर्षमा जनताले लोडसेडीङ कम गर्नेगरी मन्त्रालयले काम थालेको प्रस्ट पारे । उनले भने, ‘प्रधानमन्त्री ज्यूले भनेझै चुड्कीकै भरमा एक वर्षमै लोड सेडिङ्को अन्त्य हुँदैन तर, दुई वर्ष भित्रमा जनताले महसुस गर्ने गरी लोड सेढीङ्ग अन्त्य गर्न आवश्यक कामको थालनी हुने छ ।  तिन वर्षभित्रमा हाइड्रो पावरबाटै विद्युत वितरण हुने छ भने दश वर्षभित्रमा दश हजार मेगावाट विद्युत उत्पादन गर्नेगरी द्रुतगतीमा काम सुरु हुने छ ।’
मन्त्रालयले तत्कालका लागि भने भारतबाट चारसय ८० मेगावाट आयात गर्ने, सोलारबाट दुई सय मेगावाट उत्पादन गर्ने र चुहावट भएको विद्युतबाट दुई सय मेगावाट थप विद्युत संकलन गरी विस्तार गर्दै एक वर्षमा प्रधानमन्त्रीले भनेझै जनताले अनुभुति गर्नेगरी १८ घण्टसम्मको लोडसेडीङलाई चार घण्टासम्ममा झार्न भने सकिने उनको भनाई थियो ।
मन्त्री रायमाझीले भारतीय नाकाबन्दी र तराइ बन्दका बावजुत पनि वर्तमान सरकारले उर्जाका ठुला आयोजनाको निर्माणकार्यमा कुनै पनि अबरुद्ध हुन नदिएको वताए ।


,

0 comments

Write Down Your Responses