Powered by Blogger.
नियमावलीको पर्खाईमा सत्य निरुपण तथा मेलमिलाप आयोग

राजन परियार 

सिन्धुली ६, माघ । सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य माधवी भट्टले हाल सम्म सत्य निरुपण तथा मेलमिलाप आयोग नियमावलीको पर्खाईमा रहेको वताएकी छन् । वुधवार द्धन्द्धपिडित, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार तथा सरकारी कार्यालयका प्रमुखहरुसँग गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा भट्टले आयोग गठन भएको एक वर्ष पुग्न लाग्दा समेत नियमावली नबन्दा उजुरी लिने र छानबिन गर्ने काम शुरु गर्न कठिन भएको वताइन ।
हामी नियमावलीको प्रतीक्षामा छौँ, त्यो पारित भएपछि उजुरी आह्वान गर्ने र छानबिन थाल्ने काम तत्काल शुरु गर्न तयारी अवस्थामा रहेको भट्टले वताइन् ।
मानव अधिकारको गम्भिर उल्लंघनका घटनावारे सत्य अन्वेषण तथा छानवीन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने, पिडित र पिडक यकिन गर्ने तथा गम्भिर अपराधमा संलल्न पिडकलाइ कानुनी कारवाहीका लागी सिफारिस गर्ने, पिडितलाइ परिचयपत्र उपलव्ध गराउने र परिपुरणका लागी सिफरिस गर्ने, समाजमा शान्ति र मेलमिलापको वातावरण वनाउने, भविष्यमा द्धन्द्ध दोहोरिन नदिन चाल्नु पर्ने कदमहरु पहिचान गरी सिफरिस गर्ने र शान्ति प्रक्रियालाइ सफलतापुर्वक टुंग्याउन सहयोग गर्ने उद्देश्यका साथ २०७१ माघ २७ गते आयोग गठन भएको थियो ।
नियमावली अहिले मन्त्रिपरिषमा अड्किएको छ । त्यही नियमावलीको अभावमा काम रोकिएको उनकाे  भनाई छ ।
गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका अपराधको स्पष्ट परिभाषा, विशेष अदालत गठन, हदम्याद र यातनाबारे थप स्पष्ट हुन ऐन संसोधन पनि आवश्यक रहेको भट्टको भनाई छ ।  
द्वन्द्वकालीन र संक्रमणकालीन कैयौं मुद्दाहरुको टुंगो लगाउन लामो राजनीतिक खिचातानीपछि प्रमुख राजनीतिक दलहरुबीचको सहमतिमा उक्त आयोग गठन भएको थियो ।
त्यसैगरी कार्यक्रममा उपस्थित आम मानव अधिकारकर्मीहरुले द्धन्द्धमा लाग्नेहरु मन्त्री देखी प्रधानमन्त्रीसम्म वने तर द्धन्द्धपिडितहरु के गर्दै छन यसमा छानविन गर्न आयोगलाइ ध्यानाकर्षण गराएका छन् । द्धन्द्धपिडितहरुलाइ सहिद परिवार घोषणा गरेर मात्र नभइ हाल उनिहरुको अवस्था कस्तो रहेको छ त्यस तर्फ आयोगले ध्यान पु¥याउन आवश्यक रहेको उनिहरुले वताए ।
सरकारलेनै असहयोग गरिरहेको अवस्थामा आयोगको आयु अनिश्चित रहेको उनिहरुको भनाइ छ । 
शान्ति समितिलाइ पुर्ण अधिकार दिएर अर्धात सत्य निरुपण तथा मेलमिलाप आयोग गाउ, क्षेत्र र जिल्ला सवै निकायमा पुगेर द्धन्द्धपिडितहरुका निम्ति काम गर्न आग्रह समेत गरे । 


,

0 comments

Write Down Your Responses