Powered by Blogger.
आवेदन माग गरेको आठ महिनापछि सूचना रद्धगरी परिक्षा विनानै शिक्षक भर्ना

राजन गाउँले
सिन्धुली ६, माघ । जिल्लाको एक प्रावि तहको विद्यालयमा राहत दरबन्दीको शिक्षक नियुक्तीका लागि आवेदन माग गरिएको झण्डै आठ महिनापछि परिक्षा विनानै शिक्षक नियुक्त गरिएको पाइएको छ । 
कमलामाई नगरपािलका ३ बागछेडा स्थित प्रावि बागछेडाका लागि प्रावि तहको राहत दरबन्दीमा शिक्षक छनौट गर्न गत असार महिनामै आवेदन माग गरिएको भएपनि परिक्षानै नगरी जिल्ला शिक्षा कार्यालयले आठ महिनापछि शिक्षक नियुक्त गरेको हो ।
जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जिल्ला शिक्षा समितिको मिति २०७२ पुष १४ गतेको निर्णय भन्दै चण्डेश्वरी उमावी डाँडीगुराँसेमा कार्यरत अस्थायी शिक्षक कृष्णकहरि ढुङ्गेललाई नियुक्तगरी पठाएको हो । 
उक्त प्राविमा राहत दरबन्दीमा कार्यरत शिक्षीका निलम थापले राजीनामा दिएपछि जिल्ला शिक्षा कार्यालयकै स्विकृतीमा खुल्ला प्रतिस्पर्धाका लागि गत असारमा आवेदन खुल्ला गरिएको थियो । आवेदन अनुसार आधादर्जनबढी प्रतिस्पर्धीले आवेदन दिएर परिक्षा कुरीरहेका थिए । तर, जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले शिक्षा समितिको निर्णय भन्दै परिक्षाको सम्पूर्ण तयारी गरिरहेको विद्यालयमा ठाडो आदेशमा शिक्षक पठाएको भन्दै विद्यालय व्यवस्थापन समितिले आक्रोस व्यक्त गरेको छ ।
नियम अनुसार परिक्षा गराएर प्रतिस्पर्धाका आधारमा शिक्षक नियुक्त गर्नु पर्ने भएपनि शिक्षक सेवा आयोगको परिक्षाबाट बैकल्पीक उमेदवार समेत नभएका व्यक्तीलाई विना प्रतिस्पर्धा नियुक्त दिएर पठाउँनु आश्चर्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान घलान बताए । 
उनले भने, ‘हामीले परिक्षा गराउँन लाग्दा शिक्षा अधिकारी र विनीले रोके अहिले आठ महिनापछि विना प्रतिस्पर्धा शिक्षकलाई नियुक्त गरेर पठाएको छ । यो शिक्षा कार्यालयको हेपाइ प्रवृत्ती हो । हामी यो निर्णय मान्न तयार छैनौं ।’
शिक्षा विभागले यस अघि लिएको शिक्षा आयोगको परिक्षामा बैकल्पीक उमदवारको सूचिमा नाम निकाल्ने व्यक्तिलाई पहिलो सूचनाका आधारमा प्राथमिकताका साथ भर्ना गर्न भनेको छ । तर, उक्त विद्यालयको शिक्षक पदका लागि बैकल्पीक उमेद्वारले आवेदन हाल्ने समयमा समेत कसैबाट निवेदन नपरेपछि विद्यालयले पुनः खुल्ला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको थियो । ‘नियमअनुसार हो भने ढुङ्गेलपनि खुल्ला प्रतिस्पर्धाबाट आउँनु पर्ने हुन्छ । हैन भने, शिक्षा कार्यालयले मात्र कसरी यस्तो नर्णिय ग¥यो । यो निर्णयनै त्रुटिपूर्ण छ । तत्काल निर्णय नसच्चाए अख्तियारसम्म हामी जान तयार छौं,’ अध्यक्ष घलानले भने ।
ढुङ्गेलले उक्त विद्यालयले माग गरेको खुल्ला प्रतिश्पर्धीका आबेदक पनि हैनन् । अन्य आवेदकहरु आवेदनको शुल्क समेत तिरेर परिक्षाको पर्खाइमा थिए । जिल्ला शिक्षा कार्यालयले लिने राहत दरबन्दीको परिक्षामा शिक्षा अधिकारी, विद्यालय निरिक्षक र प्रश्नपत्र तयार गर्ने विज्ञलेनै पैशा लिएर आफु निकटका परिक्षार्थीलाई सहयोग गर्ने गरेको आरोप लागेपछि स्थानीय राजनीतिक दलहरुले केही अघिदेखी परिक्षा रोकेका थिए । 
तर, पछिल्लो समय पारदर्शी र निश्पक्षरुपमा परिक्षा सञ्चालन गर्न दलहरुले कार्यविधी समेत बनाइदिएको भएपनि शिक्षा कार्यालयले परिक्षा नगराई ठुलो आर्थिक चलखेलका आधारमा ढुङ्गेललाई नियुक्त दिएको स्थानीय अभिभावक विरु लामाको आरोप छ । उनले भने, ‘नियम अनुसारको परिक्षा गराई शिक्षक छनौट नगराए विद्यालयमा कुनैपनि व्यक्तीलाई हाजिर हुन दिँदैनौं बरु कानुनी रुपमा लड्न तयार छौं ।’
‘शिक्षा कार्यालयले जिल्लाका अन्य मावी दरबन्दीमै रिक्त रहेका वा पदपुर्तीका लागि सूचनानै जारी नगरेको विद्यालयमा पठाएको भएपनि कुनै आपत्ती नहुने भन्दै लामाले शिक्षाकै निर्देशनमा विद्यालयले खुल्ला आवेदन माग गर्ने अनि परिक्षानै नगराई अर्कैबाटोबाट शिक्षा भर्ना गर्न दवाव दिने यो पनि लोकतान्त्रीक पद्धती हुन्छ ?,’ लामाले प्रश्नगर्दै भने ।
उक्त विद्यालयमा रिक्त शिक्षक पदपुर्तीका लागि छिमेकी विद्यालयका शिक्षक उद्धप ढकाललाई कामजमा खटाएको थियो । तर, शिक्षा कार्यालयले ढुङ्गेललाई ठाडो नियुक्ती दिएसंगै काजमा रहेका शिक्षक ढकाललाई समेत काज फिर्ताको चिठ्ठी थमाएको छ । शिक्षा कार्यालेको मिति २०७२ पुष २८ गतेको ११९० नम्बरको चलानी पत्रले विज्ञापन समेत रद्ध गरेको जनाएको छ भने २०७२ पुष २९ गतेको ११८० को चलानी नम्बरको पत्रमा ढुङ्गेललाई पुनव्र्यवस्थापन गर्न भन्दै नियुक्ती दिएको जनाइएको छ । यसले पनि शिक्षा कार्यालयले ठुलो रकम लिएर चलखेलका आधारमा ढुङ्गेललाई नियुक्ती दिएको हुन सक्ने आशंका गरिएको छ । 
लामाका अनुसार शिक्षा कार्यालयले विज्ञापन रद्ध गर्नु पछिको मितिमा लेखेको पत्रमा चलानी नम्बर समेत दश अंकले पछिको नक्कली हालिएको छ ।  ‘पुष २८ गतेको पत्रमा चलानी नम्बर ११९० उल्लेख छ भने, पुष २९ गतेको पत्रमा ११८० नै रहेको छ । यसले पनि शिक्षा कार्यालयको चरमलापरबाहीका आधारमा शिक्षक नियुक्त गर्नेकार्य भएको प्रस्ट हुन्छ,’ लामाले भने । शिक्षा कार्यालयले विज्ञापन रद्ध गरिएको सूचना समेत सार्वजनीक गरेको छैन् ।
यस विषयमा जिल्ला शक्षिा अधिकारी यमबहादुर खड्काले भने आफुले भन्दापनि शिक्षा समितिको निर्णय अनुसार उक्त विद्यालयमा शिक्षक पठाएको दावी गरे । उनले भने, ‘विस्थापीत शिक्षकहरुलाई पुनस्र्थापन गर्ने विभागको निर्देशन अनुसारनै गरेका हौं । यसमा अरु कुनै विषय छैन् ।’
नोट ः शिक्षा कार्यलयले चलानीमै त्रुटिपुर्ण कार्यगरेको प्रस्ट देखिने पत्रहरु साथमा छन् ।


,

0 comments

Write Down Your Responses