Powered by Blogger.
सिन्धुलीमा नुनदेखी सुनसम्म ठगी !

तराई आन्दोनका कारण चारगुणासम्म मुल्यबृद्धी

सिन्धुली १४, माघ । तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण प्रयाप्त दैनिक उपभोग्य बस्तुको अभाव भइरहेका बेला जिल्लामा चर्को मुल्य लिने र उपभोक्ता ठगी हुनेक्रम बढेको पाइएको छ ।
नाकाबन्दीको असर परेको झण्डै पाँच महिनापछि जिल्लामा पहिलो पटक गरिएको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो । जिल्ला प्रशसान कार्यालयले गरेको बजार अनुगमनका क्रममा नुनदेखी सुनसम्म विक्री गर्ने गरेका ब्यापारी तथा व्यावसायीहरुबाट ग्राहक तथा उपभोक्ताहरु ठगीदै आएको प्रस्ट भएको हो ।
बजार अनुगमनका क्रममा साविक मुल्यभन्दा चारगुणासम्म बढी मुल्य लिने गरेको, मुल्य सुचि नराखेको, दर्ता तथा स्विकृति विनानै विक्री वितरण गर्ने गरेको पाइएको स्रोतले जनायो ।
धेरै जसो, खानेतेल, दाल, चामल, तरकारी, कुखुरा, बंगुरको दाना, औषधी, प्रेटोलियम पदार्थ, निर्माणका सामाग्रीहरुमा व्यवसायीले अभाव देखाउँदै उपभोक्तासंग चर्को मुल्य लिने गरेको पाइएको हो ।
तराई आन्दोलन सुरु हुनुअघि प्रति लिटरएक सय पैतिस रुपैयाँ रहेको तोरीको खाने तेलको मुल्य अहिले बढेर दुई सय चालिस रुपैयाँ पुगेको छ । यो पाँच महिनाको बन्दका क्रममा व्यापारीले बढाएर उपभोक्त ठगी रहेको एउटा उदाहरणमात्र हो ।
दाल तथा प्याजमा समेत ब्यापक मुल्य बढेको छ । जिल्लामा बन्दको मौका छोपी ब्यापारीहरुले नुनदेखी सुनसम्ममा ठगी गर्नेगरेको स्थानीय रामेश्वर भट्टराईले बताए । बजारका कुनैपनि ब्यपारीले टाँस गरेको मुल्य सुचिका आधारमा सामान विक्री नगर्ने गरेको पाइएको उनले बताए ।
जिल्लामा सुन ब्यापारीहरुले समेत बढी रसायन हालेर ग्राहकलाई ठगी गर्ने गरेका छन् । बन्दको मौका छोपी सुन ढुवानीमा समस्या भएको भन्दै उनिहरुले ज्यालामा समेत बढी मुल्य लिने गरेको एक स्रोतले जनायो । उता उपभोक्ता ठगी गर्ने ब्यापारीहरुलाई कानुनी दायरामा ल्याउने प्मुख जिल्ला अधिकारी दिपकराज नेपाल बताउँछन् । ‘उनले मुल्य सुचि नराख्ने ब्यपारीलाई तत्काल मुल्य सुचि राख्न, मुल्यमा एकरुपता कायम गर्न र १५ दिन भित्र दर्ता प्रक्रियामा आउन निर्देशसन दिइएको छ,’ उनले भने ।
कुनैपनि व्यापारीले कालोबजारी गरेको जानकारी सहित उजुरी भए त्यस्ता ब्यापारीलाई पक्राउ गरी उपभोक्त ठगी तथा कालोबजारी ऐन अनुसारको कारबाही गरिने नेपालको भनाई छ ।


,

0 comments

Write Down Your Responses