Powered by Blogger.
लगत संकलनका लागी गाउँ–गाँउमा इन्जीनियर

सिन्धुली, १३ माघ । भुकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माणका लागी लगत संकलन गर्न गाउँ–गाउँमा इन्जीनियरको टोली खटिने भएको छ । 
लगत संकलन व्यवस्थापन समुह सिन्धुलीले सोमबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरी लगत संकलन कार्यविधी र प्रश्नावलीको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ । 
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सरोकारवाला राजनैतिक पार्टीका नेताहरुले लगत संकलनलाई निश्पक्ष र पारदर्शी बनाउनु पर्नेमा जोड दिएका छन । 
लगत संकलन प्रश्नावली लिएर इन्जीनियरको टोली सुक्रबारबाट अति प्रभावित २५ गाविसहरुमा जाने बताइएको छ । ३८ जना इन्जीनियरहरुको टोली र सामाजिक परीचालकहरु भुकम्प प्रभावित क्षेत्रका सवै घरहरुमा पुगेर लगत संकलन गर्ने जनाइएको छ । 
अघिल्लो क्षतिको विवरण संकलनमा लापरवाहि हुँदा राहत वितरणमा समेत समस्या भएकाले अहिलेको लगत संकलनलाई प्रभावकारी र पारदर्शी बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । 
कार्यक्रममा सहभागि नेपाली कांग्रेस सिन्धुलीका माणीक ढकालले सिन्धुलीको बजार तथा काठमाण्डौंमा घरभएकाहरुले समेत पिडितभन्दै राहत रकम बुझ्नलाई परिचयकार्ड लिएको भन्दै त्यस्ता व्यक्तीको पहिचान गरी बास्तविक पिडितलाई न्याय र गैर पिडितलाई कानुनी दायरामा ल्याउने खालको तथ्याङ्क संकलन हुनु पर्नेमा जोड दिए । 
उनले भने, ‘पहिलो चरणमा भएको तथ्याङ्क संकलनमा कमी कमजोरी भएकै हो । यसलाई हामीले पनि स्विकार गर्नै पर्छ तर, यस पटक भने त्यस्तो नहोस यसका लागि सबै निकायले विशेष ध्यान दिनु पर्छ । कसैको दवावमा लाग्नु हुन्न ।’
एमाले अध्यक्ष प्रदिप कट्वालले पनि भुकम्प लगत्तैको तथ्याङ्क संकलन गर्ने क्रममा कमजोरी भएको भन्दै त्यसलाई सुधारेरै लैजानु पर्ने जनाए ।
जिल्लामा तथ्याङ्कलाई छिटो संकलन गर्न र पुनःनिर्माणका कामलाइ सुरु गर्न सबै गविसमा सचिवहरुको बन्दोबस्त गर्नु पर्नेमा जोड दिए ।
एमाओवादीका अध्यक्ष राजन दाहालले पहिलाका इन्जीनियरहरुका कमजोरीका कारण गैरपिडितले राहत पाएको भन्दै त्यस्ता व्यक्तिहरुलाई पुनर्निर्माणका लागि दुईलाख रुपैयाँ दिन रोक्नु पर्ने बताए ।
उनले, ‘दश पन्द्र हजार रुपैयाँ वितरण गर्दा त भ्रष्टाचार भएको भएकै छ , दुई लाख रुपैयाँ वितरण गर्दा झन के हुन्छ होला यसको जिम्मेवारी कसले लिने हो,’ पश्न गरे ।
क्रान्तीकारी माओवादीका डम्बर कार्कीले राजनीतिक दलनै गम्भीर नहुँदा बास्तविक पिडितले भन्दा पहिला गैर पिडितले राहात बुझेको आरोप लगाए । 
कार्यक्रममा पुनः तथ्याङ्क संकलन गर्न जाने इन्जीनियरहरुले कुनै होटलमा बसेर भाले खाने अनि अनुमानका भरमा तथ्याङ्क आउने कुरामा सचेत गराउन सम्बन्धित निकायलाई खवरदारी समेत गरिएको छ ।
कार्यक्रममा जिल्ला तथ्याङ्का कार्यालयका प्रमुख तथा लागत तथ्याङ्क संकलन व्यवस्थापन समुहका इन्टरलोकुटर अधिकृत चुडामणी लुईटेलले तथ्याङ्क संकलनका मापदण्ड, विधी, प्रकृया र स्वतन्त्र तथा निष्पक्ष गर्ने विषयमा जानकारी गराएका थिए । 
इन्जीनिय प्रदिप खनालले यसपकटकको तथ्याङ्क संकलनमा कुनै त्रुटी नहुँने दृढता व्यक्त गरे । उनले भने, ‘अहिले भवनकै क्षेती विवरण गर्नका लागि तालिम प्राप्त इन्जीनियरहरु परिचालन हुने छन् । पहिलाको जस्तो त्रुटि कुनैपनि हालतमा हुँदेन् । यदि त्यस्तो भए जुन इन्जीनियरले तथ्याङ्क संकलन गरेको हो उ आफैंले त्यसको जिम्मेवारी लिनु पर्छ ।’
कार्यक्रममा स्थानीय विकास अधिकारी शिवप्रसाद हुमेगाईले जिल्लाका सबै गाविहरुमा गाविस सचिवहरुको परिपुर्ती गर्ने जनाए । जिल्लाका दुई नगरपालिका तथा ५० वटा गाविस मध्ये गाविस सचिवहरुको अभावका कारण जिल्लामा एउटै गाविस सचिवले तिनवटासम्म गाविसको काम गर्नु पर्ने बाध्यता छ । यसले लागत संकलनमै ढिलाई हुने भन्दै हुमेगाँइले सबै गाविसमा सचिवहरु नियुक्त गर्ने प्रबन्द मिलाउने जनाएका हुन् ।
उता प्मुख जिल्ला अधिकारी नेपालले लागत संकलनमा त्रुटीरहीत काम गर्नका लागि निर्देशन दिए । जिल्लाका भुकम्प प्भावित २५ वटा गाविसमा पहिलो चरणमा यही माघ १७ गतेबाट इन्जीनियरहरु लागत संकलन गर्न जाने इन्जीनयरहरु परिचालन गर्ने संस्था हर्ड नेपालका जिल्ला सम्योजक राजकुमार कार्कीले जानकारी दिए । 
‘पहिलो चरणमा जिल्लाका सबै राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी तथा जिल्ला विपत् व्यवस्थापन समितिसंगको छलफल सम्पन्न गरेर जिल्लाका भुकम्प प्रभावित २५ वटै गाविसमा एक साथ इन्जीनियरहरु परिचालन हुने छन्,’ कार्कीले भने ।




, ,

0 comments

Write Down Your Responses