Powered by Blogger.
भुकम्प पिडितको रकममा भ्रष्टाचार नै भ्रष्टाचार

बास्तविक पिडितले परिचयकार्ड सम्म पाउन सकेनन् !

राजन गाउँले
सिन्धुली १४, माघ । सिन्धुली जिल्लाका भुकम्प पिडितहरुको नाममा आएको राहत रकममा ब्यापक भ्रष्टाचार भएको पाइएको छ । भुकम्प गए लगत्तै पिडितहरु दिइएको राहत सामाग्री देखी राहत रकम वितणसम्म आइपुग्दा ब्यापक भ्रष्टाचार भएको पाइएको हो ।
भुकम्प गएको नौं महिनासम्म आइपुग्दा राजनीतिकदल, गाविस सचिव, एनजिओ तथा आइएनजीओकर्मी, रेडक्रसदेखी सामाजिक कार्यकर्तासम्मबाट राहतमा भ्रष्टाचार हुनेगरेको पाइएको हो ।
जिल्लामा हुने गरेको त्यस्ता भ्रष्टाचारहरु एक पछि अर्को गर्दै सार्वजनीक हुँदै आएका छन् । धेरैजसो राहत रकममा गाविस सचिवहरुले हिनामिना गर्ने गरेको पाइएको छ । उनिहरुले राहतनै नपाउने आफन्तदेखी राजनीतिक दलका आसेपासेदेखी एकै परिवारका चारजनासम्मलाई राहत सामाग्रैदेखी राहत रकम वितरण गरेका छन् । यसका अवला पिडितको नाममा गएको रकम गैर पिडितलाई दिने, कार्ड शुल्क, व्यवस्थापन शुल्क, रेडक्रस कर, खाजा खर्चभन्दै पिडितबाट ब्यापक रकम असुल्ने गरेको पाइएको हो ।
जिल्ला दैवि प्रकोप उद्धार समितिद्धारा अस्थायी टहरो निर्माण तथा न्यानो कपडा किन्नका लागि  पिडितको नाममा निकासा भएको रकमले जिल्लाको अमले र बस्तीपुर, भिमस्थान, बेलघारी लगायतका गाविसमा ब्यापक भ्रष्टाचार भएको पाइएको हो । यस्ता गाविसमा पिडितहरुले पाउने रकमबाट नगदै असुली देखी गैर पिडितहरुलाई समेत दामासायीले वितरण गरेर चरम लापरबाही गरिएको हो ।
जिल्लाको बेलघारी गाविसमा त गाविस सचिव सहितको राजनीतिक संयन्त्रको निर्णय भन्दै नेपाल रेडक्रस शाखाको नाममा प्रत्यक पिडित परिवारबाट एक हजार पाँच सय रुपैयाँका दरले रकम असुलेर दुरुपयोग गरेको पाइएको छ । 
स्थानीयले जिल्ला विपद् व्यवस्थापन समितिमा गाविस सचिव विरुद्ध उजुरी समेत गरेका छन् । बेलघारी गाविसमा अस्थायी टहरो निर्माणका लागि आएको १५ हजार रुपैयाँमा प्रति परिवार एक एक हजार र न्यानो कपडाको लागि आएको दश दश हजार रुपैयाँमा पाँच पाँच सय रुपैयाँ कटाएर क्रमस १४ हजार र नौं हजार पाँच सय रुपैयाँका दरले मात्र पिडितहरुलाइ दिइएको एमाओवादी सिन्धुलीका जिल्ला अध्यक्ष राजन दाहालले बताए ।

जिल्लामा भएको राहत रकम दुरुपयोगको गरेको आरोप

क्र.स.    राहत रकम दुरुपयोग भएको गाविस     दुरुपयोग गर्ने व्यक्ति           रकम
१.             बेलघारी                                         दल, गाविस सचिव, रेडक्रसकर्मी        ४,२६,०००।
२.            भिमस्थान                                    दल, गाविस सचिव                         १,५२,४००।
३.            अमले                                                दल, गाविस सचिव                       ८,३२,५००।
४.           बस्तिपुर                                                 दल, गाविस सचिव                 १२,८०,०००।
दुरुपयोग भएको भनिएको जम्मा रकम                                               २६,९०,९००।



‘कांग्रेस बेलघारीका प्रतिनिधि तथा रेडक्रश उपशाखा बेलघारीका सभापति बोधराज पौडेल, एमालेका छत्र दाहाल, एमाओवादीका गम्भीर सिं तामाङ तथा गाविसका गाविस सचिव विष्णुप्रसाद भण्डारीको सर्वदलिय निर्णयभन्दै यसरी पैशा असुल गरिएको आरोप सहित छानविनको माग गर्दै स्थानीयले जिल्ला प्रशसन कार्यालमा उजुरी समेत गरेका छन्,’ अध्यक्ष दाहालले भने । उनले जुनसुकै राजनीतिक दल वा सचिवले पिडितको नाममा आउको रकम कुनैपनि बाहानामा असुल्नेकाम गलत भएको भन्दै त्यस्ता विरुद्ध कडा कारबाही गर्नु पर्ने जनाए । आरोप सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले समेत स्पष्ट पारे । गाविसका दुई सय ८४ घरपरिवारबाट दुई पटक गरी एक हजार पाँच सय रुपैयाँका दरले कुल ४ लाख २६ हजार रुर्पैयाँ रकम असुल गरिएको हो । 
बेलघारीसंगै जोडिएको जिल्लाको भिमस्थान गाविसमा गाविस सचिवले कार्ड शुल्क भन्दै न्यानो कपडाको लागि गएको दश हजार रुपैयाँ राहत रकम वितरण गर्दा प्रति व्यक्ति दुई दुई सय रुपैयाँका दारले रकम लिएका छन् । उनले गाविसका सात सय ६२ भुकम्प पिडितबाट दुई सय रुपैयाँका दरले एक लाख ५२ हजार चारसय रुपैयाँ भ्रष्टाचार गरेको स्थानीयले जनाए ।
गाविसका एक हजार दुई सय ५० घरधुरीमध्ये सात सय ६२ पिडितले राहत रकम पाएका थिए । गाविस सचिव विष्णुप्रसाद काफ्लेले उक्त रकम असुल गरेको पिडित कमला श्रेष्ठले बताईन् । जवकी राहत रकममा कुनै पनि शुल्क काट्न नपाइने कानुनी व्यवस्था भएको जानिफकारहरु बताउँछन् ।
जिल्लाको अमले र बस्तीपुर गाविसमा भने पिडितको नाममा आएको रकम गैर पिडितलाई वितरण गरेर लापरबाही गरिएको छ । अमले गाविसका तिन सय ३३ जना बास्तविक पिडितले पाउने दशदश हजार रुपैयाँलाई अन्य एक सय ९ जना गैर पिडितलाई समेत भागबण्डा लागाएर वितरण गरिएको यस अघिनै सार्वजनीक भै सकेको छ । गाविसमा गैर पिडितहरुलाई समेत यसरी रकम बाँढ्दा बास्तीवक पिडितहरुले भने सात हजार पाँच सय रुपैयाँमात्र पाएका छन् । तर, स्थानीय राजनीनित दल र गाविस सचिव कमल लामाले भने सवै पिडितलाई दश हजार रुपैयाँ नै बुझेको भन्दै भर्पाइमा हस्ताक्षर गर्न लगाएका छन् ।
उता बस्तिपुर गाविसमा पनि स्थानीय राजनीतिक दल र गाविस सचिवले अमले गाविसको झै पिडितले पाउनु पर्ने रकम कटाएर गैर पिडितलाई वितरण गरेको खुलसा भएको छ । बस्तिपुर गाविसका प्राविधिक सहायक ज्ञानलाल भोलनका अनुसार बस्तिपुर गाविसमा भुकम्पका कारण पूर्ण रुपमा घर क्षेती भएका चार सय घरधुरीले पाउँने दश दश हजार रुपैयाँ रकमलाई दामासाही ६ हजार आँठ सय रुपैयाँका दरले जम्मा पाँच सय ८९ घरधुरीलाई वितरण गरीएको छ । भोलन अमले गाविसको समेत प्राविधिक सहायक हुन् ।
उनका अनुसार बस्तिपुरका जम्मा घरधुरी संख्या पाँच सय ८९ मध्ये भुकम्पका कारण पूर्ण क्षेती वेहोरेका चार सय परिवारले पाउने दश हजार रुपैयाँका दरले गाविसमा निकासा भएको ४० लाख रुपैयाँलाई ६ हजार ८ सय रुपैयाँको दरले दामासायी भाग लगाएर  पाँच सय ८९ घरपरिवारलाई वितरण गरिएको हो । स्रोतका अनुसार अमले र वस्तिपुर गाविसमा समेत वितरण खर्चभन्दै पिडितहरुबाट दुई सय रुपैयाँका दरले रकम लिएको बुझ्न आएको छ ।
बेलघारी गाविसमा रेडक्रसको नाममा रकम असुल गरिएको विषयमा रेडक्र सिन्धुलीका सभापति अशोक श्रेष्ठले रेडक्रसले कुनैपनि व्यक्तिसंग कुनैपनि शुल्क लिने निर्णय नभएको भन्दै बेलघारमिा भने त्रुटी भएको बताए । ‘त्यहाँका राजनीतिक दल र सचिवको सर्वदलिय निर्णय भन्दै रकम लिएको भन्ने सुन्नमा आएको छ त्यो गतल हो यसो गर्न पाइन्न,’ श्रेष्ठले भने । श्रेष्ठले आफुले पनि रेडक्रको शाखा भवन निर्माणका लागि एक लाख रुपैयाँ र अन्य खर्चका लागि ७० हजार रुपैयाँ छुट्याउने गरी रकम लिएको सुनेको बताए ।
यस बाहेक जिल्लामा भुकम्प पछि पिडितका नाममा राहत लिएर आउने दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले पनि ठुलो मात्रमा राहत सामाग्री तथा रकम दुरु पयोग गरेको अनुमान गरिएको छ । जिल्ला स्थित एक सञ्चारकर्मीले भने, ‘त्यस्ता संघ संस्थाले कहाँबाट कति रकम र सामाग्री आयो, कहाँ कहाँ कति खर्च गरे भन्ने कुनै जानकारी दिएका छैनन् । आफुखुसी रकम र सामाग्री वितरण गरेका छन् । पिडितका नाममा आएका रकमले ठुला होटलमा बसेर सेमिनार र डिनर गरेर सकेका छन् । यो पनि भ्रष्टाचार हो । जिल्लामा कति रकम आयो र कहाँ कहाँ खर्च भयो सबै सार्वजनीक हुनु पर्छ ।’
जिल्लामा भुकम्प पिडितका नाममा आउने राहत सामाग्रि र रकम दुरु पायोग गर्न स्थानीय स्तरका राजनीतिक दल र सामाजिक कार्यकर्ताको ठुलो हात हुने गरेको जानकारहरु बताउँछन् । गाउँमा राहत रकम लिएर जाँदा पहिला स्थानीय राजनीतिक दल र सामाजिक कार्यकर्ता तथा गाउँका टाठाबाठाहरुसंगनै सम्पर्क हुने र उनिहरुकै सिफारीसका आधारमा वितरण हुने हुँदा बास्तविक पिडितले रातो कार्ड समेत नपाएको र गैर पिडितले मनोमानी राहत बुझेको यतार्थ घट्नाहरु सयौं रहेको कपिलाकोटका पिडित डम्बर सिं माझीले सुनाए ।
उता जिल्लामा राहत रकम दुरुपयोग गरेको विषयमा एक पछि अर्को उजुरी आइरहेकाले त्यस्ता विषयमा गम्भीर भएर छानविन गर्न र कारबाहीका लागि आवश्यक प्रक्रीया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी नेपालको भनाई छ । गाविस सचिवहरुसंग भने कुनैसंग पनि सम्पर्क हुन सकेन् ।


, ,

0 comments

Write Down Your Responses