Powered by Blogger.
पशु सेवा कार्यालय सिन्धुलीकाे अनुराेध

१. कृतिम गर्वधान भनेको के हो ?
पोथी जनावरले भाले खोजेको वेलामा भाले नलगाई पोथीको गर्भासायको मुखमा कृतिम तरिकाले कृतिम उपकरणको द्धारा विर्य राखी गर्वधान गराउने तरिकालाई कृतिम गर्वधान भनिन्छ ।
२.गाईभैसीले साढे खोज्दा देखा पर्ने लक्ष्यणहरु
अन्य गाईभैसीहरुलाई सुँनु,
अन्य गाईभैसीहरुसँग खेल्नु,
सिंगारी खेल्नु,
कराउनु र दौडनु,
टाउको पट्टीवाट चढ्नु,
अरु गाईभैसीलाई आफुमाथी चढ्न दिनु,
सुत रसिलो हुनु, चिप्लो पदार्थ निकाल्नु,
पुच्छर उचालेर हिड डुल गर्नु,
एकअर्कालाई चाट्नु,
३. कृतिम गर्वधान गर्ने उपयुक्त समय 
ऋतुकाल शुरु भएपछी १२ घण्टा देखी २४ घण्टासम्ममा कृतिम गर्वधान गर्न सकिन्छ ।
क्र.सं. ऋतुकालमा आएको समय कृतिम गर्वधान गर्ने समय
१. विहान सवेरै  ६ वजे त्यही दिनको साझमा
२. दिउसो साढे खोजेको भए भोलिपल्ट विहान
३. साझमा साढे खोजेको भए भोलीपल्ट विहान
४. राती खोजेको भए भोलीपल्ट दिउसो

४. कृतिम गर्वधान गर्द हुने फाईदाहरु ः–
 १. कृतिम गर्वधानवाट जन्मिएका पाडापाडी तथा वाच्छावाच्छिहरु उन्नत नश्लको जम्मिएको हुने र छिटो छिटो हुर्कने हुन्छ ।
२. यस प्रक्रियावाट जन्मिएका पाडाहरु तथा वाच्छिहरु १५ देखी १८ महिनासम्ममा गर्भिनी भइसक्ने र व्याइ सकेपछी १० देखी १५ लिटरसम्म दुध दिने हुन्छ ।
३. यस किसिमको प्रजनन्को माध्यमवाट गर्वधान गर्दा विभिन्न रोगवाट समेत वचाउन सकिन्छ ।
४. प्रजनन्को लागी जनावर पाल्नु नपर्ने हुन्छ ।
५. हाडनाता (इनविृडीङ्ग) हुन वाट वचाउन सकिन्छ ।
६. एउटा साढेको विर्यवाट धेरै गाई भैसीहरुलाई गर्वधान गर्न सकिन्छ ।
५. हाल जिल्लामा कृतिम गर्वधान संचालन भएको सेवा केन्द्र, सामुदायिक प्रजनन् केन्द्रहरुको नामावलीहरु
क्र.सं. सेवा संञ्चालन भएको स्थान कृतिम गर्वधानगर्ने व्यक्तिको नाम सम्पर्क फोन नम्वर
१. जिल्ला पशु सेवा कार्यालय, सिन्धुली नवराज थापा ९८४४०४१०२२
श्याम घिमिरे ९८६२९९४२५५
अर्जुन थापा ९८५४०४०८३३
२. पशु सेवा केन्द्र, भिमान राम चन्द्र ठाकुर ९८४५०६८१५५
३. पशु सेवा केन्द्र, खनियाँखर्क तेजकिक्रम थापा ९८४४०४२०५३
४. पशु सेवा केन्द्र, दुधौली रामवावु शाह ९८४२८३६१९
५. पशु सेवा केन्द्र, ग्वालटार प्रकाश यादव
६. सामुदायिक पशुप्रजनन् केन्द्र,झा.रा. विक्रमराज गिरी ९७४४०१५०४७
७. सामुदायिक पशुप्रजनन् केन्द्र, महेन्द्र्रझ्याडी विपिन राई ९८१४८५८०७२
८. सामुदायिक पशुप्रजनन् केन्द्र, कपिलाकोट विष्णु सापकोटा ९८४४०३०६५३
९. सामुदायिक पशुप्रजनन् केन्द्र, रतनचुरा गोपाल मगर ९८१६६३४६१२
१०. सामुदायिक पशुप्रजनन् केन्द्र, भिमान तुल वहादुर वोहोरा ९८४४०८५५७०
११. सामुदायिक पशुप्रजनन् केन्द्र, भिमस्थान अमरदिप श्रेष्ठ ९८१७८४२८३२
१२. सामुदायिक पशुप्रजनन् केन्द्र, ग्वालटार भुवनेश्वरी होमराज श्रेष्ठ ९८४९३०५२२८
नोटः– थप जानकारीका लागी डा.हरीकुमार रघु श्रेष्ठ र डा. कल्याण कुमार श्रेष्ठ फोन नं. ०४७–५२०४२२ र ०४७–५२०१८५ मा सम्पर्क गर्नु होला ।


0 comments

Write Down Your Responses