Powered by Blogger.
कांग्रेस नगर अधिवेशन स्थगीत

सिन्धुली १६, माघ । नेपाली कांग्रेसको १३ औं महाधिबेशन अन्तरगत शनिवार हुने भनिएको नगर परिषद अन्तरगत कमलामाई नगरपालिकाको अबिधेशन आइतबार बिहान सम्मका लागि स्थागीत भएको छ । नगर सभापतिका लागि दावेदार उमेदवारहरु विचमा सहमति गराउने उद्देश्यले आइतबार बिहान नौं बजेसम्मका लागि परिषद स्थागीत गरिएको कांग्रेस सिन्धुलीले जनाएको छ । 
कांग्रेस महाधिबेशन प्रचारप्रसार समितिका संयोजक तथा जिल्ला सचिव उपेन्द्र पोखरेलले दिएको जनाकारी अनुसार आइतबार बिहान सके सहमतिमै नभए  निर्वाचन प्रक्रियामा गएर महाधिबेशन सुरु हुने छ । 
नगर परिषदका लागि चार जना युवाहरु विच प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिको दावेदारहरुमा मनिष ढकाल, कमल पोखरेल, उत्पल खड्का र अतिप्रवल घिमिरे रहेका छन् । उनिहरु विच सहमति गराउने प्रयास भइरहेको पोखरेलले जनाए । 
यस्तै नगर सचिव, कोषाध्यक्ष र सदस्यहरुमा भने शनिवार नै सर्वसम्मत भएको छ । सहमतिका आधारमा नगर सचिवमा लोक विक्रम थापा, कोषाध्यक्षमा नवराज श्रेष्ठ र आठ जना सदस्यहरु सर्वसम्मत चयन भएका हुन् । यस्तै नगर स्थित क्षेत्रिय रुपमा  हुने जातीय प्रतिनीधित्वमा पनि सहमति हुन सकेको छैन् । प्राप्त जानकारी अनुसार तिन जना दलित प्रतिनिधि चयन हुनेमा पाँच जनाको दरखास्त परेको छ । यस्नै आदिवासी जनजातीको तिन सदस्यका लागि आठ जना र अल्पसंख्यक पिछडा वर्ग तथा मुस्लीम समुदायको ३ जना प्रतिनीधिका लागि ७ जनाको उमेदवारी परेको नगर निर्वाचन समितिका अधिकृत दुर्गा बरालले जानकारी दिए । 
यस्तै नगर अबिधेशनबाट सबै प्रतिनिधी चयनका लागि सर्वसम्म गराउने प्रयन्त जारी रहेको बताइएको छ । 
‘चुनाव भएपनि सहमति भएपनि कांग्रेसकै नेताहरु सहभागि हुने भएकाले निर्वाचन गर्नु भन्दा सहमति जुटाउनु नै एकता र सहकार्यको मुल मर्मका साथ लागि परेका छौं,‘ कांग्रेस सचिव पोखरेलले भने । 
अहिलेको निर्वाचनले स्थानीय निर्वाचनमा समेत असर पर्ने भएकाले पनि सर्वसम्मत प्रतिनीधि छनौटको प्रयास भएको उनले बताए । 
उता महाधिबेशन प्रतिनिध जय ढकालले नगर प्रतिनिधिको छनौट कार्य सहमतिबाटै हुनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘गुठ र उपगुठका कारण सँधै किचलोमा पर्ने कांग्रेस भित्र सिन्धुली जिल्लाबाट सहमति सहकार्य र एकताको शन्देश दिनका लागि पनि सहमतिको  प्रयन्त भइरहेको हो ।’
शनिवार सिन्धुलीमाढीमा १३ औं नगर परिषद नगर सभापति दिवाकर पौडेलको अध्यक्षतामा  उद्घाटन गर्दै कांग्रेसका नेताहरुले शुभकामना दिएका छन् ।
कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य विजुला बर्मा, कांग्रेस जिल्ला सदस्य कृष्ण श्रेष्ठ, होमबहादुर श्रेष्ठ, पुर्व क्षेत्रीय सभापति मिनबहादुर श्रेष्ठ, पूर्व उपसभापति दिपक मिश्र, महासमिति सदस्य जय ढकाल, चिरन्जीवी ढकाल, माढीक ढकाल लगायतले शुभकामना दिएका थिए भने कार्यक्रमको सञ्चालन नगर सचिव गणेश सिलवालले गरेका थिए । 


, ,

0 comments

Write Down Your Responses