राधिका हमालले तताईन मरीण महोत्सव
सिन्धुली, २० पौष । कला, सस्कृति, धार्मीक, ऐतिहासीक र हाइड्रोपावर वन जंगलको संरक्षण गरौं, आन्तरिक पर्यटन उद्योग व्यापार तथा कृषिमा आधारीत माछा र तामाको प्रबद्र्धन गरौं भन्ने मुल नाराका चलिरहेको सिन्धुली मरिण महोत्सव–२०७२ पाँचौ दिन पनि भव्य भएको छ ।
महोत्सवमा सोमबार चर्चित गायीका राधिका हमालको विशेष प्रस्तुती रहेको थियो । राधिका हमालले महोत्सवमा उपस्थिीत हजारौं दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्दै छमछमी नचाएकी थिइन । गायीका हमालले मन्चबाट ‘कोहि कोहि कोत रुपैया दम हुने, जति बयान गरे नी कम हुने, मुखै मिठो बनायो मालि गाईको दहिले, झन झन राम्रो भा रैछौ पहिले भन्दा अहिले ।’ बोलको गित गाइरहदा दर्शकहरु छमछमी नाचेका थिए ।
उनले दर्शकहरुलाई नचाउँदै आधा दर्जन गीतहरु गाईन । नमस्ते छ्याजलो, झोर्ले है, तिमी आउँ सिन्धुलीबाट म आउछु काठमाण्डौबाट, भेटौला मरिणमा ओर्ले है भन्ने गीत त झन दर्शकहरुलाई भरपुर मनोरन्जन दिएकी थिइन ।
त्यस्तै महोत्सवमा अर्का सिन्धुलीकै कलाकार फुलकुमार बम्जनले पनि दर्शकहरुलाई आफ्नो आधा दर्जन प्रस्तुती मार्फत भरपुर मनोरन्जन प्रदान गरेका थिए । कलाकार बम्जनले ‘च्याङबा हो मत तामाङ्गको छोरो लेकाली भोटे नभन, डम्फु र सेलो च्याङबाको मायाँमा परेपछि सक्दैन उम्कन ।’ बोलको गीत गाउँदा तामाङ्ग समुदायका वुढा तथा तन्नेरीहरु निक्कै रमाएका थिए ।
महोत्सवमा हास्य कलाकार दिनेश काफ्लेले विभिन्न् व्यग्य तथा कमेडी मार्फत दर्शकहरुलाई दिनभरि नै भरपुर मनोरन्जन प्रदान गरेका थिए ।
गत साताको बुधबार उदघाटन भएको महोत्सवमा सोमबार सम्म २० लाखको कारोबार भइसकेको र ५० हजार दर्शकहरुले अवलोकन गरिसकेको महोत्सव मुल आयोजक समारोह समितिका कोषाध्यक्ष सुनिल लामाले जानकारी दिए । आज मरिण महोत्सवमा राम्जी खाड्को विशेष प्रस्तुती रहेको जनाइएको छ ।
0 comments
Write Down Your Responses