Powered by Blogger.
एमालेका जिल्ला नेता काठ सहित प्रक्राउ

सिन्धुली, २० पौष । नेकपा(एमाले) सिन्धुलीका जिल्ला कमिटी सदस्य तथा १२ नं.इलाका इन्चार्ज देव बहादुर घिसिङ्गलाई अवैध काठ सहित सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

घिसिङ्गलाई अवैध काठ सहित कल्पवृक्ष–१ भोग्टेनीबाट कपिलाकोट इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । ना २ त ६५७० नम्बरको ट्याक्टरमा लोड गरी लैजादै गरेको ३० थान कडी करीव २५ क्युफिट काठ सहित जिल्ला नेता घिसिङ्ग र कल्पवृक्ष–३ चन्द्र बहादुर माझीलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
उनीहरुबाट बा ६० प ७५८ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिएर इलाका बन कार्यालय कल्पवृक्षलाई बुझाएको जनाइएको छ । 
नियन्त्रणमा लिइएको जानकारी दिर्दै अभियुक्तलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको इलाका बन कार्यालयका प्रमुख रामचन्द्र चौधरीले जानकारी दिए । 
उता नेकपा(एमाले) सिन्धुलीका अध्यक्ष प्रदिप कट्वालले स्थानीय भुकम्प पीडितहरुले घर निर्माणका लागी लादै गरेको काठ नियन्त्रणमा लिएको बताए । जिल्ला नेता पक्राउको बारेमा भने उनले घटनाको छानविन हुनपर्ने र दोषि भएमा कार्वाहीको दायरामा ल्याउनु पर्ने समेत उनले बताए । 


, ,

0 comments

Write Down Your Responses