Powered by Blogger.
विद्यालयलाई आपत्तकालीन शिक्षण सामाग्री प्रदान

सिन्धुली, २० पौष । युनिसेफ र रेसलेस डेभलपमेन्टको सहयोगमा एकीकृत ग्रामीण विकास कार्यक्रम सिन्धुलीले आपत्तकालित शिक्षा सहयोग कार्यक्रम अन्र्तगत सोमबार कपिलाकोट उच्च मावि श्रोतकेन्द्रका ४८ विद्यालयहरुलाई आपत्तकालीन शिक्षण सामाग्री प्रदान गरेको छ । 
युनिसेफको आपत्तकालिन शिक्षा सहयोग कार्यक्रम अन्र्तगत भुकम्पबाट प्रभावित विद्यालयहरुलाई सहयोग स्वरुप सामाग्री वितरण गरिएको र उक्त समाग्री विद्यालयका प्रधानाध्यापक तथा प्रतिनीधी शिक्षक मार्फत विद्यालयलाई प्रदान गरीएको संस्थाले जनाएको छ । 
युनिसेफले जिल्लाका विभिनन् संस्था मार्फत विद्यालयहरुलाई आपत्तकालिन अवस्थामा आवश्यक शिक्षण सिकाई सामाग्री र विद्यार्थीहरुका लागी विभिन्न् खेदकुदका सामाग्रीहरु प्रदान गरेको छ । जिल्लाका सवै श्रोतकेन्द्रका विद्यालयहरुलाई सामाग्री वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । 


,

0 comments

Write Down Your Responses