Powered by Blogger.
नेपाली कांग्रेस द्धारा जेष्ठ नागरिकलाई सम्मान

राजन परियार
सिन्धुली (सिर्थोली),२० पौष । नेपाली कांग्रेस गाँउ इकाइ समिती सिर्थोली, सिन्धुली द्धारा जेष्ठ नागरिकहरुलाई सम्मन गरिएको छ । सोमवार एक कार्यक्रम आयोजना गरि ७० वर्ष पार गरीसकेका जेष्ठ नागरिकलाइ दोसल्ला, सम्मन पत्र र मिठाइ द्धारा सम्मान गरिएको थियो । 
सिर्थोली गाविसका नौ वटै वडाका २२६ जना वृद्ध वृद्धालाई सम्मान गरिएको थियो जसमध्ये ९७ वर्षसम्मकी सार्कीमायाँ राई रहेकी छन् । 
सम्मान नेपाली कांगे्रस सिन्धुलीका सभापती तथा सिन्धुली क्षेत्र नं. २ का सांसद मोहन प्रसाद वराल,पुर्व स्वस्थ्य मन्त्रि विपिन कोइराला, नेपाली कांग्रेस सिन्धुलीका नेपाली कांग्रेस महासमितीसदस्यहरु उज्वल प्रसाद वराल, माणिक ढकाल, प्रमचन्द्र दहाल, विनोद गुरुङ्ग, नेपाली कांगे्रस सिन्धुलीका कोषाध्यक्ष शरद आचार्य, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दिपक घिमिरे, मोहन कार्की, नेपाल शिक्षक संघ सिन्धुलीका सभापती प्रेम भट्टराइ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघ केन्दिय सदस्य रित वहादुर परियार,नेपाल महिला संघ सिन्धुली सभापती गंगा दाहाल, नेपाल विधार्थी संघ सिन्धुलीका सभापती उत्पल खड्का लगाएतले सम्मान पत्र दोसल्ला लगाएर सम्मान गरेका थिए । 

कार्यक्रमलाइ सम्वोधन गर्दै नेपाली कांगे्रस सिन्धुलीका सभापती तथा सिन्धुली क्षेत्र नं. २ का सांसद मोहन प्रसाद वरालले सिर्थोली गाविसले यो कार्यक्रम आयोजना गरेर पार्टीलाई सिर्जनशिल र रचनात्मक तर्फ उन्मुख हुन सघाउ पुगेको भन्दै धन्यवाद व्यक्त गरे । 
वरालले भने जुन विद्यालमा विनयशिलता छैन त्यसले समाजमा केहि गर्न सक्दैन भन्दै यस्ता कार्यक्रम तर्फ अग्रसर हुन सम्पुर्ण कार्यक्रतालाई आग्रह गरे । 
त्यसैगरी आफुहरु स्वइच्छाले प्रतिपक्षमा वसेको भएपनी राष्ट्रिय एकतामा गासिन तयार भएको तर नाकावन्दिका कारण मौलाइरहेको कालावजारी र ६० जना भन्दा वढी मन्त्रिहरु र आठ–आठ जना उपप्रधानमन्त्रि राखेर एमालेले जस्तो सुकै पार्टी सँग जस्तो सुकै निर्णय मान्न तयार भएको त्यो आफुहरुलाई मान्य नहुने वताए ।
त्यसैविच २०७१ सालमा संञ्चालित एस.एल.सि परिक्षामा सिर्थोली गाविसमा रहेका माध्यामिक तहका विद्यालयहरुका छात्रमध्येहरुवाट सर्वोत्कृष्ठ छात्र विशाल कुमार कार्की र छात्रामध्येहरुवाट सर्वोत्कृष्ठ छात्रा अप्सरा वुढाक्षेत्रीलाई रु २,५००(अक्षरेपी दुईहजार पाँचसय रुपैयाँ ) सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।    




,

0 comments

Write Down Your Responses