Powered by Blogger.
सुनकोशी तिरबाट अाेली र प्रचण्डलाई खबरदारी

भव्य सुनकाेशी सास्कृतिक कार्यक्रम 

सिन्धुली २९, माघ । ‘भुकम्पले घाउ भाको देशैमा, नाकाबन्दी थपीयो त्यसैमा,... डिजेल प्रेट्रोल विना पाइलै चलेन... केपी वली सुन् प्रचण्ड पनि सुन, जनताको घरमा चुलो बलेन्...।’
शुक्रबार चर्चीत लोकदोहोरी गायक निकेश तामाङले सिन्धुलीको डुडभन्ञ्याङ ९ स्थित सुनकोशी तिरबाट सरकार नेतृत्वकर्ता प्रधानमन्त्री केपी ओली र सत्ता साझेदार प्रमुख दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पछिल्लो समयमा सर्वसाधरण नागरिकमा परेको समस्याबारे यसरी चित्रण गरे । 
बगरमा उपस्थित हजारौं दर्शकले तालिको वर्षा वर्षाए । गत बैशाख १२ गतेको भुकम्पले बनाएको घाउमा खाटा बस्न नपाउँदै झण्डै पाँच महिना देखिको तराइ आन्दोलन र भारतिय नाका बन्दीको असरका बारेमा गित मार्फत गायक तामाङले सर्वसाधारण नागरिकको पिडा सुनाई रहँदा पिडितहरुले तालि वर्षाएका हुन् । 
शुक्रबार सिन्धुली, रामेछाप र ओखलढुङ्गाको संगम स्थिल रहेको सुनकोसी तिरमा रोजन फिल्म प्रोडक्सन र शिद्धठाकुर म्युजिक कम्पनी प्रालीद्धारा आयोजित विशाल सुनकोसी सांस्कृतिक कार्यक्रममा गायक तामाङले आफ्नो प्रस्तुती मार्फत भुकम्प र नाकाबन्दीको मार खेपी रहेका पिडितहरुको पिडा सुनाएका थिए ।
भुकम्प कारण घरबार गुमाएका जिल्लाका एक दर्जनबढी गाविसका साथै रामेछाप, ओखलढुङ्गा र उदयपुरका भुकम्प पिडितहरु सहभागि रहेको उक्त कार्यक्रम मार्फत तामाङले जनताले घरबार गुमाएको, जाडोमा समयमा न्यानो कपडा नपाएको, ग्यास, डिजेल तथा पेट्रोल नपाउँदा चुलोमा आगोसम्म बल्न नसकेको भन्दै सरकारको ध्यान आकृष्ठ गराएका थिए ।
उनले सरकारले सर्वसाधरणको समस्या सुन्न र बुझ्न ढिला गरेको गित मार्फतनै गुनासो पोखे । उता चर्चीत गाइका राधिका हमाल र चर्चित गायक रामजी खाँडले पनि जनताका जनपक्षिय गित गाएर देशको समसामयीक विषयको उठान गर्दै सत्ताको बागडोर सम्हाल्नेहरुमा माथी ब्याङ्ग प्रस्तुत गरे । 
हमालले भ्यालेन टाइन डेको अवसर पारेर हजारौ दर्शकमाझ सुनकोसी तिरमा ‘आइलव य’ू भन्दा सहभागि दर्शकहरुले ‘सेम टु यू’ भने । त्यस्तै गायीका जानुकी मगरले वैशाखैमा भुकम्प गयो, त्यसपछि नाकाबन्दी भन्नेले झन मार्यो, यो ७२ सालैले त क्या उत्तानो पार्यो बोलको गीत गाउँदा दर्शकहरुको निक्कै भावुक देखिएका थिए । मगरले पनि जनताको दुख र पीडाको आधा दर्जन भन्दा गीत गाएर भरपुर मनोरन्जन प्रदान गरेकी थिइन । 
त्यस्तै हास्य कलाकार युके जोडीले पनि दर्शकहरुलाई विभिन्न् नेता तथा कलाकारहरुको क्यारीकेचर गरेर भरपुर मनोरन्जन प्रदान गरेका थिए । 
कलाकार रादिप सुनुवारको अध्यक्षतामा भएको विशाल सुनकोशी सास्कृतिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका नेकपा(एमाले)का महासचिब इश्वर पोखरेलले कलाकारहरुलाई जनतामा एकता पैदा गर्ने गीत गाउँन आग्रह गरे ।  अाेखलढुंगाको कार्यक्रममा भाग लिन हिडेका पोखरेलले कार्यक्रममा प्रमुख अतिथी बनेर सम्बोधन गरेका हुन । 
कार्यक्रममा रामेछाप जिल्लाकी एमाओवादी सांसाद लक्ष्मी गुरुङ्ग, पुर्व सांसद गंगा नेपाल, नेकपा(एमाले) सिन्धुलीका अध्यक्ष प्रदिप कट्वाल, एकीकृत माओवादीका जिल्ला नेता ज्वाला प्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो । 
सुनकोशी क्षेत्रको गीतसंगीत र सस्कृतिलाई प्रबद्र्धन गर्दै मध्यपहाडी क्षेत्रको विकासमा सहयोग पु¥याउन विशाल सुनकोशी सास्कृति कार्यक्रम आयोजना गरिएको आयोजक रादिप सुनुवारले बताए । कार्यक्रमलाई झागाँझोली रातमाटा–३ मा सञ्चालीत लोकला रातोभाले भान्छा घरले प्रायोजन गरेको छ भने मिडिया पार्टनरको रुपमा विजयकिल्ला अनलाई रहेको छ । 
फाेटाेः कार्यक्रममा उपस्थीत दर्शक तथा एमाले नेता इश्वर पाेखरेल 


, ,

0 comments

Write Down Your Responses