Powered by Blogger.
दुई केजी चरेस सहित दुइ जना पक्राउ

राजन गाउँले

सिन्धुली ३, फागुन । प्रहरीको विशेष टोलीले सोमबार दुइ किलोग्राम चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  मकावनपुर पदमपोखरीका वर्ष ३७ का स्याम तामाङ र मनहरी २ मकावनपुरका वर्ष ४१ का सुमन मुक्तान रहेका छन् । 
उनिहरुलाई एक÷एक किलोग्राम चेरस सहित काठमाण्डौं महानगर पालिका १५ स्थित डल्लुबाट विशेष सुराकका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रवक्ता तथा प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । 
‘प्रहरीलाई आएको विशेष सुराकका आधार गएको गस्ति टोलीले सोमबार विहान डल्लुबाट दुई केजी चरेस सहित पक्राउ गरेर अनुसन्धान थालिएको छ,’ उनले भने ।
पक्राउ परेका तामाङ र मुक्तान दुबैजनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भुमा राखिएको थापाको भनाई छ । उनिहरुले मकावनपुरबाट राजधानी हुँदै बाहिरी देशमा सप्लायर्स गर्न चरेर लुकाई छिपाइ ल्याएको हुन नसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
प्रवक्ता थापाले भने, ‘उनिहरुको साथमा चरेस ओसा पसार गर्ने ठुलै गिरोह रहेको सुराकका आधारमा प्रहरीले थप अनुसन्धान थालेको छ ।’
पक्राउ परेका तामाङ र मुक्तान विरुद्ध सोमबारनै लागुऔषध ओसार पसार मुद्धा दर्ता गराई सोही ऐन अनुसार कारबाही थालिएको उनले जनाए ।


,

0 comments

Write Down Your Responses