Powered by Blogger.
पीडितहरु आफै इन्जिनियर, आफ्नै नक्सा

भुकम्पपीडितहरु धमाधम पुननिर्माणमा 

सिन्धुलीकाे भुवनेश्वरी ८ मा अाफ्नै तरीकाले बनाउन लागीएकाे गाेपाल बयलकाेटीकाे घर । फाेटाे बिजयकील्ला । 

सिन्धुली, ४ फाल्गुण । वैशाख १२ गतेको विनासकारी भुकम्पका कारण ग्रामीण क्षेत्रका अधिकाश कच्ची घर भत्कीए । घर क्षति भएपछि त्रीपाल र टेन्टमा सरकारी राहतको आशामा बसीरहेका ग्रामीण क्षेत्रका भुकम्पपीडित यतिवेला आफै घर निर्माणमा जुटेका छन । 
भुकम्पले ढुंगा र माटोका कमजोर संरचनाका घरहरुमा धेरै क्षति पुगेको भएपनि भत्कीएका घर बनाउन सरकारले ठोस कदम अगाडि नसारे पछि ग्रामीण क्षेत्रमा पुरानै पद्धतिमा घर बनाउने क्रम सुरु भएको हो । भुकम्पले क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणका लागी सरकारले पुननिर्माण प्राधिकरण गठन गरेपनि भुकम्प पीडितको आशा अनुरुप त्यसले कुनै काम अगाडि बढाउन नसक्दा यतिवेला गाउँगाउँमा पुरानै शैलीमा ढुंगा र माटोको घर बनाउन थालिएको छ । 
भुवनेश्वरी गाउँ विकास समिति वडा नं.८ मुर्कीवेशीका गोपाल बयलकोटीले भने, ‘सरकारले घर बनाउन सहयोग गर्छ र भुकम्प प्रतिरोधी प्रविधीबाट घर बनाउला भनेको, त्रिपालमै बसेर जिन्दगी जाला जस्तो भो । जाडो महिनामा त जसो तसो झेलेरै त्रिपालमा बसीयो । अव बर्खामा यसैगरी बस्न सकिनन् । पुरानै घरका काठपात प्रयोग गरेर घर बनाउन थालेँ ।’ भुकम्प गएको एक वर्ष हुन लाग्दा पनि पुर्ननिर्माणको काम अघि नबढेकाले सरकारले दिने भनेको दुई लाख राहतको आश नलागेको बयलकोटीले बताए । 
परम्परागत रुपमा घर बनाउने सीप भएका सिकर्मी र डकर्मीलाई यतिवेला गाउँमा भ्याईनभ्याई छ । भुकम्पले भत्केका घर मर्मत गर्न सिकर्मी र डकर्मीका कुरै छाडौं डोकोमा ढुंगा बोक्ने जनशक्तिको माग पनि ह्वातै बढेको छ । भुकम्पले भत्केका घर पुननिर्माणमा सरकारले २ लाख सहयोग गर्ने कुरा मात्रै सुनेका भुकम्प पीडित भुकम्प प्रतिरोधी घरका नक्सा वितरण गर्ने, प्राविधीकहरुकै रेखदेखमा घर निर्माण गर्नुपर्ने र सरकारले १७ वटा भुकम्प प्रतिरोध घरहरुका नक्सा जिल्ला जिल्लामा पठाएको कुरा कसैलाई पनि थाहा छैन । 
भुकम्पबाट अति प्रभावित सिन्धुली जिल्लाका २५ गाविसमा यतिवेला धमाधम घर पुननिर्माणको काम भईरहेको छ । भुकम्पले घर भत्काए पछि जेनतेन वर्षात कटाएका भिमेश्वर–८ बाराहाका डुनीराज नेपालीले चिसो मौसममा परीवारलाई त्रिपालमै राखे । सरकारी राहत कुर्दाकुर्दै त्रिपालमै जाडो कटाएका नेपालीले बर्खामा समस्या नपरोस भनेर आफ्नै तरिकाले घर बनाउन सुरु गरेको बताए । 
ग्रामीण क्षेत्रका अधिकाशले त घर पुननिर्माण गर्दा सरकारले लागु गरेको मापदण्डको भएमात्र २ लाख रुपैयाँ किस्ताबन्दीमा पाईने थाहै पाएका छैनन् । 
‘गोठमा गाईबस्तु सँग बस्न नसकिने रहेछ । घर पुननिर्माणको २ लाख कुर्नुभन्दा आफैले गाउँघरकै सीप प्रयोग गरी भत्केकै घरका काठपात प्रयोग गरेर हल्का घर निर्माण गर्न लागेको छु ।’ बासेश्वर–३ बलेनीका धुव्र्र आछामीले भने बताए । सरकारको बाटो हेरीरहे त २÷४ वर्षनै त्रिपालमा बस्नु पर्ला जस्तो छ जस्तो लाग्न थालेको आछामीले बताए । 
भुवनेश्वरीका गोपाल बयलकोटी हुन वा बासेश्वरका धुव्र्र आछामी या भिमेश्वरका डुनिराज नेपाली उनीहरु त उदाहरण मात्रै हुन । जिल्लाका अधिकांश गाउँका भुकम्प पीडित आफै इन्जीनियर बनेर आफ्नै नक्सामा घर बनाउन थालेका छन । गत वैशाखको भुकम्पले क्षति पुरयाएका भौतिक संरचना पुरानै संरचना र प्रकृतिमा बनाउँदा फेरी आईपर्ने विपक्तिहरुमा पनि जनधनको क्षति पुग्ने तर्फ कसैको ध्यान जान नसकेको जिल्ला स्थित सरोकारवालाहरुले बताएका छन । 
पुननिर्माण प्राधिकरणले घर बनाउने काम अघि नबढाउँदा एउँटै मात्र घर भएका र आर्थिक रुपले पनि विपनन् रहेका स्थानीयहरुलाई भने समस्या परेको छ । पुरानो झागाँझोली गाविसका पूर्ण बहादुर बसेलले भने, ‘सक्नेहरु त घर बनाउन थालिसकेका छन । नसक्ने गरीब तथा निमुखाहरुले त यसपालिका बर्खा पनि त्रिपालमै कटाउनु पर्ने होला ।’ 
विकट बस्ती र ग्रामीण क्षेत्रका मात्र होइन, पुननिर्माणमा सरकारले दिने भनेको आर्थिक राहतको अन्योलले सदरमुकाममा रहेको नगरपालिकामा समेत घर निर्माण गर्न नक्सा कसैले पनि लिएका छैनन् । नगरपरिषदले नगरपालिका क्षेत्रमा भुकम्पपीडितको मापदण्ड अनुसारका आवस निर्माण गर्ने निती कडाइका साथ लागु गर्न जोड दिने निर्णय गरेको भएपनि खासै प्रभावकारी हुन सकेको अवस्था छैन । 
भुकम्प पछि मात्र जिल्लामा कार्यालय स्थापना गरेको सहरी विकास तथा भवन निर्माण कार्यालयले पनि पुननिर्माणमा आएका संघ संस्थाहरुलाई सरकारबाट लागु गरिएका १७ वटा नक्सा वितरण गरिएको जनाएको छ । जिल्लामा भुकम्प प्रतिरोधी घर निर्माणका लागी नेपाल रेडक्रश सोसाइटी र सबल परीयोजनाले दक्ष निर्माणकर्मी उत्पादनका लागी विभिन्न् संघ संस्था मार्फत तलिम सञ्चालन गरिरहेका छन । 


, ,

0 comments

Write Down Your Responses