Powered by Blogger.
‘नयाँ शक्ति’ र बाबुरामको सत्तो सराप



  • फणीन्द्र फुयाल ज्वाला 

यतिबेला एनेकपा (माओवादी) पार्टी परित्याग गरी नयाँ शक्तिको निर्माण गरेका डा. बाबुराम भट्राईको प्रबृत्ति माथि सत्तो सराप गर्ने र उनलाई खुईल्याउने काम तिब्र रुपमा जारी छ । एनेकपा माओवादीका प्रायजसो केन्द्रिय तहका नेताहरु उनलाई आफुले आफ्नो कमिटिमा राखेको र आफ्नो मातहतमा पार्टीमा रहेर काम गर्न लगाएको भन्दै उनको तल्लो स्तरमा झरेर आलोचना गर्ने गरेको पाईन्छ । ती नेताहरुको कुरा सुन्दा यस्तो लाग्छ कि उनलाई हालका एनेकपा माओवादी पार्टीमा रहेका केहि नेताहरुले उनको हैसियत भन्दा माथिको पद दिएका थिए । एउटा अध्ययनसिल, बिद्धवान र दश वर्षै माओवादी सशस्त्र आन्दोलनमा होमिएका र क्रान्तिलाई शान्ति प्रकृयाको यो स्थान सम्म ल्याउन योगदान गर्ने डा. बाबुरामलाई त्यस्तो तुच्छ र तल्लो स्तरको बोलि प्रयोग गर्नुअघि एमाओवादीको तत्तत् नेताहरुले विचार पुर्याउनु अवस्य पनि पथ्र्यो ।
यहाँ सवै सर्वगुण सम्पन्न र दूघले नुहाएका नेता कोहिपनि छैनन् । कोहि आर्थिक काण्डमा अपारदर्शी छन् । कोहि यौन मामलामा अग्रगामी छन् । कोहि विचारमा स्खलित छन् त कोहि विचार सुन्दर र महान हुँदा हुँदै पनि त्यसलाई ब्यबहारमा उतार्न नसक्ने खालका छन् । कोहि सहपाठीको खुट्टा तान्न र उसलाई खुईल्याउन तल्लिन छन् भने कोहि चाहिँ पार्टी भित्रै अन्तर्घात गरी चरित्र हत्या र ब्यक्ति हत्यामा समेत लागेका छन् । 
बाबु्रामले माक्र्सवादी विचार छोड्नु हुन्थेन, यो उनको गम्भिर भूल हो । बामपन्थी आन्दोलनबाट राजनीति सुरु गरेका बाबुरामले दश बर्षै महान जनयुद्धमा भाग लिए । उनले उतिबेलै चाहेको भए ऐश आरामको जिन्दगी जिउन पनि सक्थे । उनको साथमा बौद्धिकताको सर्टिफिकेट थियो । तर किन उनले त्यसको प्रयोग गर्दे जागिर खाएर बसेनन ? यो प्रश्नको जवाफ यतिबेला सवै बामपन्थी बिचारधारका नेता तथा कार्यकर्ताहरुले खोज्नु पर्ने बेला भएको छ । डा. बाबुराम निकै महत्वकाँक्षी मानिस थिए । उनलाई राष्ट्रको सर्वोच्च पदमा पुग्ने लालसा थियो र अझै पनि छ ।
बाबुरामको नयाँ शक्तिमा साथ दिने अधिकाँश नेताहरुको सूची हेर्ने हो भने उनीहरु नेपाल सरकारको पूर्व कर्मचारी नैं छन् । उनीहरु उर्जाशिल उमेरमा आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्नका लागि जागिर खाएर बसे र आराम गरेर रिटायर्ड लाईफ ब्यतित गर्ने बेलामा फेरी बाबुराम शक्तिमा पुगेपछि कुनै संस्थानको जीएम, अध्यक्ष वा कुनै देशको राजदूत बनाईदेला कि भन्दै नयाँ शक्तिमा लागेको भान आम जनतालाई पर्न थालेको छ । फेरी केहि मानिसहरु यस्तो आशंका गरिरहेका छन् कि बाबुराम कार्यकर्ता संरक्षण गर्ने खालको नेता नभएकाले नयाँ शक्तिमा लागेर उनले पछि धोका दिने पो हुन् की !
माओवादी–माक्र्सवादी–वामपन्थी पार्टी परित्याग गरी जो जुन सुकै वाद र शक्तिमा लागे पनि तीनले घाईते, अपांग, शहीद, बेपत्ता, उत्पीडित बर्गहरुको हितमा काम गर्नु पर्छ । अझ जनताको बिश्वास त डा. बाबुराम माथि अझ धेरै थियो । यतिबेला उनले बामपन्थी लाईन नैं त्यागेपछि देश र जनतालाई धोका दिने त होईनन् भन्नेमा आम नेपाली जनता आशंकित छन् ।
उनले दश बर्षे जनयुद्धमा कुनै पनि भूमिका खेलेका थिएनन् भन्न सकिन्न । डा. बाबुराम भन्ने नाम नैं जनताका लागि काफि थियो । जनयुद्ध सुरु हुनु पूर्व र जनयुद्धका सुरुआती वर्षहरुमा प्रचण्ड भन्ने नाम जनताले सुनेका त थिए तर त्यो काल्पनीक नाम होला भन्ने जनतालाई भ्रम थियो । धेरै जसो ग्रामिण भेगका जनता सो पार्टीको सिद्धान्त र विचार भन्दा पनि डा. बाबुराम जस्ता पढेलेखेका बिद्धान पनि सो पार्टिमा रहेछन् भन्दै माओवादी पार्टीमा सामेल भएको दृष्टान्त हाम्रो सामू छ ।
त्यहि पार्टीमा लागेर जनताका होनहार छोराछोरीले रगतको बलि चढाए । हजारौं बेपत्ता भए र हाल पनि हजारौं जनता घाईत तथा अपांगता जीवन गुजारी रहेका छन् । तर माओवादी–माक्र्सवादी–वामपन्थी पार्टी परित्याग गरी जो जुन सुकै वाद र शक्तिमा लागे पनि तीनले घाईते, अपांग, शहीद, बेपत्ता, उत्पीडित बर्गहरुको हितमा काम गर्नु पर्छ । अझ जनताको बिश्वास त डा. बाबुराम माथि अझ धेरै थियो । यतिबेला उनले बामपन्थी लाईन नैं त्यागेपछि देश र जनतालाई धोका दिने त होईनन् भन्नेमा आम नेपाली जनता आशंकित छन् ।
बाबुरामको नयाँ शक्तिमा साथ दिने अधिकाँश नेताहरुको सूची हेर्ने हो भने उनीहरु नेपाल सरकारको पूर्व कर्मचारी नैं छन् । उनीहरु उर्जाशिल उमेरमा आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्नका लागि जागिर खाएर बसे र आराम गरेर रिटायर्ड लाईफ ब्यतित गर्ने बेलामा फेरी बाबुराम शक्तिमा पुगेपछि कुनै संस्थानको जीएम, अध्यक्ष वा कुनै देशको राजदूत बनाईदेला कि भन्दै नयाँ शक्तिमा लागेको भान आम जनतालाई पर्न थालेको छ । फेरी केहि मानिसहरु यस्तो आशंका गरिरहेका छन् कि बाबुराम कार्यकर्ता संरक्षण गर्ने खालको नेता नभएकाले नयाँ शक्तिमा लागेर उनले पछि धोका दिने पो हुन् की ! फेरी बाबुराम माथि लाग्ने गरेको अर्को आरोप के हो भने उनी नेवार समूदाय र गोराखा जिल्लालाई मात्र च्याप्ने प्रबृत्तिका मानिस हुन् । 
बाबुराम सर्वगुण सम्पन्न नेता होईनन् । उनमा पनि केहि कमि कमजोरी छ । उनी जुन सुकै वाद र जुनसुकै शक्तिमा लागेपनि उनले जनयुद्धको यात्रालाई चटक्कै माया मार्न भने पाउने छैनन । खयर हिजो बाबुराम भनेर जनयुद्धमा लाग्नेहरु सवै उनको नयाँ शक्तिमा लागेका छैनन । यदि उनी सवैको प्यारो नेता हुने हो भने उनले जनयु्द्धका पीडित, सवै घाईत, अपांग र शहीद परिवारका गुनासो हरु सुन्ने गर्नु पर्छ । उनले आफुलाई घेरेर राख्न खोज्ने केहि हुक्के र चम्चेहरुको घेरा तोडेर सवै उत्पीडित जनताको आवाज सुन्ने चेष्टा गर्नुपर्छ, नत्र भने उनको नयाँ शक्ति पुरानै खालको अनुभूत हुने छ, यसको पनि कुनै भबिष्य हनेवाला छैन । 
बाबुरामको शक्तिमा लागेका केहि ब्यक्तिहरु यो शक्ति आगामी वि सं २०७५ साल सम्ममा सरकारमा जान सक्ने भन्दै भविष्यबाणी गर्दै हिंडेको पनि सुन्न, देख्न र पढ्न पाईन्छ । वर्तमान सरकार निर्माण भए जस्तै गरी त्यो नयाँ शक्ति पनि निर्वाचनमा कुनै स्थानमा केहि सिट जितेर सरकारमा त जाला तर त्यसले पुरै नेपाली जनताको हित गर्ने, अर्थिक स्तर उकास्ने, राष्ट्र विकास हुने खालको योजना र कार्य गर्न सक्छ कि सक्दैन भन्ने प्रमुख मुद्धा हो ।
samabeshi@gmail.com


,

0 comments

Write Down Your Responses