Powered by Blogger.
दुधौलीमा उदघाटन भयो मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र


सिन्धुली, ४ फाल्गुण । गृहमन्त्री शक्ति बस्नेतले आज एक समारोह वीच सिन्धुलीको दुधौलीमा मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्रको उदघाटन गरेका छन ।
तालिम केन्द्रको उदघाटन गर्दै गृहमन्त्री बस्नेतले दिगो शान्ति, सबृद्धि र सुशासन स्थापनाका लागी सवै पक्ष एकजुट भएर संविधानलाई कार्यान्वयन गर्न लाग्नु पर्नेमा जोड दिए । हेलिकप्टर मार्फत दुधौली पुगेका गृहमन्त्री बस्नेत तालिम केन्द्रको उदघाटन गरेर मङलबार दिउसो नै काठमाडौ फर्केका थिए ।
तालिम केन्द्रको उदघाटन कार्यक्रममा गृहसचिब, नेपाल प्रहरीका प्रमुख आइजीपी उपेन्द्रकान्त अर्याल, शसस्त्र प्रहरीका आइजीपी, राष्ट्रिय अनुसन्धानका आइजीपी, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायत कार्यालय प्रमुख तथा प्रनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सभासद मोहन प्रसाद बराल, गणेश कुमार पहाडी लगायत जिल्ला स्थित राजनैतिक पार्टीका जिल्ला नेताहरुको उपस्थिती रहेको थियो ।



,

0 comments

Write Down Your Responses