Powered by Blogger.
क्रान्तिकारी माओवादी सिन्धुलीमा नेतृत्वको प्रश्न



लिला पौडेल 
सिन्धुली जिल्ला विभिन्न कोणबाट ऐतिहासीक तथा गौरवता बोकेको जिल्लाको रुपमा स्थापित रहेको छ । महान शहीद ऋषिराज देवकोटा आजादको जन्मभुमी तथा ऐतिहासीक सिन्धुलीगढीको लडाइमा ब्रिटिस साम्राज्यलाई पराजीत गरेको ऐतिहासीक जिल्लाको कारणले पनि सर्वत्र चर्चा र स्मरण रहिरहने जिल्लाको रुपमा चर्चित छ । सिन्धुली कम्युनिष्ट पार्टीको आधार भुमी पनि हो । महान जनयुद्धको क्रममा तत्कालिन नेकपा(माओवादी)को केन्द्रिय स्तरबाटै शहादत हुनुभएका शेरमान कुवर(विशाल) र मोहनचन्द्र गौतम(कुमार) लगायत थुप्रै महान शहीदहरु सिन्धुली जिल्लाकै हुनुहुन्छ । शहीदले देखाएको बाटो र सपना पुरा गर्नु क्रान्तिकारी कम्युनिष्टहरुको लागी वर्गसंघर्ष नै मुख्य आवश्यक्ता हो । जनयुद्धको लक्ष्यलाई छाडेर संसदीय व्यवस्थामा हाम फालेका तथा दक्षिणपन्थी संशोधनवादका पछिल्ला नेता प्रचण्ड बावुरामको विचलनको बिरुद्धमा जनक्रान्तिको विचारको नेतृत्व गरिरहेका क.किरण र त्यो विचारलाई सिन्धुली जिल्लाबाट प्रतिनिधीत्व गर्ने जिल्ला नेता प्रारम्भमा कम थिए । 
२०६७ को पालुङटारमा भएको तत्कालिन एनेकपा(माओवादी) भेलामा क.किरणको जनविद्रोहको पक्षमा सिन्धुली जिल्लाबाट नेतृत्व(प्रतिनिधीत्व) गर्ने एकमात्र नेता विनोद दाहाल थिए । विनोद दाहालकै भनाईमा पालुङटार भेलामा प्राविधिक(ट्याक्टीस) पूर्ण तरिकाले क.किरणको पक्षमा गणीतीय रुपमा तथा विनोद दाहालकै चलाखीमा शसी राई, थल प्रसाद देवकोटा र डम्बर कार्की देखा परे । पालुङटारको वैठककको दिन सम्म पनि विनोद दाहाल बाहेक अरु तीन जना दुईलाईन संघर्षमा भाग नलिएको भन्ने कुरा अहिले क्रान्तिकारी माओवादी सिन्धुलीका धेरै कार्यकर्ता बताउछन । पालुङटार वैठकबाट आइसकेपछि थल प्रसाद देवकोटा र शसी राई जनविद्रोहकै पक्षमा बहसमा भाग लिएको पाइन्छ भने पालुङटार भेलाबाट फर्किएपछि पनि डम्बर कार्की भने खुलेरै जनविद्रोहको पक्षमा थिएनन् र भित्री आशा प्रचण्ड, बावुराम तिरै भएको पाइन्थ्यो । एमाओवादी भित्र दुईलाईन संघर्ष चरम चुलिमा पुगेको अवस्थामा मात्र होइन प्रचण्ड बावुरामको राष्ट्रघात र जनघातको विरुद्धमा सडकमै मशाल बालिएको अवस्थामा डम्बर कार्की कार्यक्रममा नआई छलिदै हिड्ने गरेको तथ्य कसैले लुकाउन सक्ने अवस्था थिएन र छैन । चलाखीपूर्ण शैलीबाट र डम्बर कार्कीले नचाहदा नचाहदै जनविद्रोह र किरणका पक्षका कार्यक्रममा सहभागी गराई दिएपछि प्रचण्ड समुहले आफ्नो समुहमा नरहेको भन्ने लागेपछि प्रचण्ड समुहबाट झपारे पछि, उनीहरुले विश्वास नगरेपछि बाध्य भएर क.किरण समुहको जनविद्रोहको पक्षमा देखा परे । 
दुईलाइन संघर्षकै क्रममा माइला लामाको नेतृत्वमा जनसास्कृतिक टोली सिन्धुली आउँदा डम्बर कार्की टोलीलाई लुकीछिपी सहयोग गरेका थिए र कार्कीको आशा प्रचण्ड तिरै थियो । जनसेनाको क्यान्टोनमेन्टको साँचो प्रचण्ड, बावुरामले सरकारलाई बुझाउँदा पनि डम्बर कार्कीले त्यसको विरोध गरेका थिएनन् र विप्पा सम्झौताको पनि विरोध गरेका थिएनन् मात्र के थियो भने प्रचण्ड र बावुराम समुहले विश्वास गरिदिउन भन्ने थियो । २०६९ असार २ गते प्रचण्ड बावुरामको नवसंशोधनवादसँग सम्बन्ध विच्छेद गरेर पार्टी पुर्नगठन गर्दा पनि प्रचण्ड र बावुरामसँग सम्बन्ध तोड्नु हुँदैन थियो भनेर दुखेसो पोखेका थिए । पार्टी विभाजन भईसकेपछि पार्टीको जनविद्रोहको विचारको पक्षमा विचारमा केन्द्रित त थिएनन् नै तर जे गरेपनि किरणजी तिरै खुलिहालियो भन्नेमा पश्चाताप थियो तर त्यसपछि डम्बर कार्कीमा पदीय महत्वकांक्षा चर्कोरुपमा देखाप¥यो । पार्टी विभाजन पश्चात नेकपा(माओवादी)को जिल्ला इन्चार्ज गीता गुरुङ्ग आउनुभयो । 
जिल्लामा आफु भन्दा माथिल्लो तहमा कसैलाई पनि स्वीकारेनन् भन्नको लागी आफुलाई कुनैपनि पदको मोह छैन भन्ने तर भित्रभित्र पदका लागी मरिहत्ते गर्ने गरेको पाइन्थ्यो जिल्लाको मुख्य नेतृत्वको भोक र लोभमा तड्पीरहने पार्टीको मिटिङमा विभिन्न वाहाना गरेर नआउने आई हाले पनि वाङगा टिङगा कुरा गर्ने हल्का रुपमै पार्टी छोडि हाल्ने कुरा गर्दथे । पार्टीले तोकेको कुनै जिम्मेवारी पुरानगर्ने गर्दथे । गिता गुरुङ्ग हटेपछि क.शिला सिन्धुली पार्टी इन्चार्ज भएपछि केही हदसम्म पहिलेको भन्दा गरेको पाइन्थ्यो ।
विविध कारणले शिला सिन्धुलीमा बस्न नसकेपछि चिरन पुन २०७० बाट सिन्धुली पार्टी सचिब भए । वाक क्षमता भएका पुनको डम्बर कार्की छायामा परे भने शिला रहदा केहि जागर देखाएका डम्बर चिरन पुन आएपछि नेतृत्वका महत्वकांक्षी डम्बर झनै रुष्ट हुनका साथै हिनताबोधले सताइए र यतिसम्म जिम्मेवार थिए कि म अब पार्टी छोडिहाल्छु भन्थे । पार्टी छोड्नको आधार विचार सिद्धान्तको नभएर पदको महत्वकांक्षा थियो । केन्द्रिय नेतृत्वको उपस्थितीमा पार्टीको वैठक बस्दा पनि बिना जानकारी उठेर हिड्ने र नआउने पार्टी वैठकमा बस्ने तर निर्णयमा हस्ताक्षर नगर्ने, पारीत निर्णयमा आफु सहमत असहमत केहि नराख्ने उठेर हिड्ने जस्तो अराजकता नाङगो रुपमा थियो । जव नेकपा–माओवादीमा विभाजन भएर विप्लब नेतृत्वमा अर्को माओवादी बन्यो र त्यसपछि पार्टीको नेतृत्वमा डम्बर कार्की देखा परे र जव आफु जिल्लाको मुख्य मान्छे भन्ने भयो त्यसपछि डम्बर कार्कीको खटाई चाहिने भन्दा बढी देखापर्दै गयो । 
जिल्ला भित्र मात्र होइन देशैभरि पार्टीको चिन्ता आफुलाई मात्र भएको जसरी नयाँ जोगीले खरानी धसे सरह देखा परेका छन अहिले कार्की । पार्टीमा खुल्ला र स्पष्ट हुनुपर्नेमा सानासाना कुरामा पनि छलछाम गर्ने भित्र भित्रै आर्थिक चलखेल गर्ने डम्बर कार्की पार्टी संगठनमा आन्दोलन र युद्धमा योगदान गरेका मान्छेलाई मुल्याङकन गर्नुभन्दा मसल र मनि भएका मान्छेलाई काखी च्याप्ने गर्दछन र घुमाउरो रुपमा जनयुद्धको विरोध कार्कीको दैनीकी हो । आफु आर्थिक समस्याको बावजुत पनि जनता र पार्टीको लागी खटेको छु भन्ने डम्बर भित्रभित्र विभिन्न् प्वालबाट पैसा लिने, गुपचुप राख्ने पार्टी र जनयुद्धमा दुख पाएका जनता शहीद परीवारसँग एकदिन नभेट्ने तर जिल्लाका प्रशासक, ठुलाठालु मान्छे, भनेपछि उनीहरुलाई भेट्न मरिहत्ते गर्दछन । नेतृत्वको महत्वकांक्षा नै उनको मुल उदेश्य हो । आफ्नो घर र समुदायलाई विश्वास गर्ने पार्टीमा जजस्ले विगतको जनयुद्धको विरोध गर्ने मान्छे छन उनीहरुलाई काखी च्याप्ने जसको कारण सिन्धुली क्रान्तिकारी माओवादीमा कवि पूर्ण विरामले भने जस्तो, ‘ गोठबाट गाई दाम्ला चुडाएर भाग्दै छन, अर्नाहरुले गोठ भरिएको छ ।’ सिन्धुली क्रान्तिकारी माओवादीमा अर्ना धेरै भइसके जस्को नियत हसुर्ने नै हो । 
नेकपा–माओवादी विगत वर्षमा भेलाबाट पास गरेको निती जनयुद्धको जगमा जनविद्रोह हो । जिल्लामा पार्टी संगठन बनाउँदा शसस्त्र क्रान्तिको सैद्धान्तीक खुराक कार्यकर्तालाई दिनुपर्ने जनयुद्धको जगमा जनविद्रोह भनेको के हो भन्ने विचारबाट पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा पार्टी संयोजक डम्बर कार्की संसदीय चुनावको लागी भोट वैंक सुरक्षित हुने संगठन बनाएको पाइन्छ । कार्यकर्तासँग एक मिनेट पनि सैद्धान्तिक कुरा नगर्ने कार्यकर्ताले कुरा गरेभने नसुन्ने, अरुका कुरा सुन्नै नचाहने, दार्शनीक, शैद्धान्तिक, इतिहास सम्बन्धी कुनै कुराको मतलब नगर्ने कार्की सवै कुरा जानेको जस्तो गरी भ्रमपार्ने उनको ढाटछल नै दर्शन हो । 
सर्वहारा जीवनशैली कम्युनिष्ट नेता कार्यकर्ताको आधारभुत मान्यता हो तर डम्बर कार्की भने चिल्लो सुकिलो मेकअप नगरी नहिड्ने कार्यकर्ता भोकभोकै हिड्छन कार्की भने मिठो मसीनो नभै भागै नबस्ने, गाउँबाट पार्टी काममा आएका कार्यकर्तालाई बजारमा विचल्ली पारेर आफु ऐश आरामयुक्त कोठामा सुक्ला गर्न हिडिहाल्ने इमान्दार कार्यकर्ता डम्बरलाई राम्रै नेता हो की भनेर भ्रममा परिरहेका छन । डम्बरकै कारणले पार्टी भित्रका अरु केही लोभिपापीहरु हौसीरहेका छन । 
२०६४ को संविधानसभा चुनावमा तत्कालिन माओवादी सिन्धुली क्षेत्र नं.१ का उम्मेदवार शान्तिमान कार्कीलाई पराजीत गर्न लागी परेका डम्बर कार्की २०६४ को चुनाबबाट तत्कालिन माओवादी सबभन्दा ठुलो पार्टी भएपछि संसदीय मोहले एमाले छाडेर माओवादी प्रवेश गरेको उनी निरन्तर संसदीय मोहमै छन । हरक्षण, हरपाइला, सासद बन्ने, सभापति बन्ने सपनामा दिन विताइरहेका कार्की हालसाल क्रान्तिकारी माओवादी र एमाओवादी एकताको सन्दर्भ जिल्लामा नचल्ने कुरै भएन सामन्तलाई जग्गा फिर्ता दिएर सुकुम्बासीलाई लगार्ने, डोजर लगाएर सुकुम्बासी बस्ती पेल्ने सामन्त र दलाल पुँजीपति वर्गको वर्तमान प्रतिक्रियावादी राज्यसक्तालाई नयाँ जनवाद देख्ने दक्षिणपन्थी एमाओवादीसँग पार्टी एकता गर्ने र निती विचार भन्दा पनि एमाओवादीसँग पार्टी एकता गरेपछि आफ्नो स्थानको चिन्तामा रहेका डम्बर कार्की क्रान्ति गर्ने पार्टी संगठन भन्दा पनि एमाओवादीसँग वार्गेनिङ गरेर पद प्राप्त गर्ने नियतले संगठन बनाउने र नेता र सासदको दर्जाको प्यास उनको एकमात्र चिन्ता हो ।
जिल्ला पार्टीको रिर्पोट केन्द्रलाई आफ्नो मनोगत रुपमा दिने, मैले भनेपछि जिल्ला संगठन पुरै जतापनि मोडिन्छ भन्ने नियतले कुरा गर्ने, एमाओवादी संशोधनवादी पार्टी हो भन्ने कुरा कसैले ग¥यो भने त्यो कार्यकर्ता प्रति नकारात्मक सोच राख्ने गर्दछन र एकता भाड्न खोजेको भनेर बुझ्दछन । चुनाबमा भाग नलिएर यो पार्टीले गरीनखाने भो भन्ने भावले बोलिरहेका हुन्छन । 
कम्युनिष्टको दर्शन द्धन्द्धात्मक भौतिकवाद हो । तर कम्युनिष्ट पार्टीको जिल्ला नेता भएर पनि अध्यात्मवाद उनको मुल दर्शन हो । कम्युनिष्ट नेता कार्यकर्ता भौतिकवादलाई आत्मसात गरेर अघि वढ्नु पर्दछ भनेर भन्यो भने त्यस्तो विचारलाई उग्रबाद देख्छन । कुनै पनि पुरातनवादी संस्कार सस्कृतिको मोह उनको जीवन दर्शन हो । माक्र्सवादी मान्यता के हो भने जस्ले द्धन्द्धात्मक भौतिकवादलाई मनपराउँदैन उस्को नियत कम्युन समाज बनाउने हुँदै होइन । कम्युनको नाममा व्यक्तिवादी आकाक्षा पुरा गर्ने हो । त्यसकारण सोझा इमान्दार कार्यकर्ताहरु जो छलछाम जान्दैनन् त्यस्ता सोझा कार्यकर्तालाई संसदीय बागचाल खेलमा माहिर जिल्ला नेता डम्बर कार्कीले संसदीय भयाङ बनाउन लाग्दैछन । 
लेखकः नेकपा(क्रान्तिकारी) माओवादीको जिल्ला सदस्य हुनुहुन्छ । यो लेखकको निजी विचार हो । 







,

0 comments

Write Down Your Responses