Powered by Blogger.
फरेस्टर दराइको मृत्यू

सिन्धुली १९ माघ । इलाका वन कार्यालय दुधौलीका फरेस्टर टिकारम दराइको मृत्यू भएको छ ।
फिल्डमा कामका शिलशिलामा गएका दराई फिल्डमै अचानक अचेत भएपछि उपचारका लागि उदयपुर स्थित अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यू भएको सिन्धुलीका सहायक वन अधिकृत रामएकवाल जैसवालले तबाए । 
दराईलाई फिल्डमा स्थानीयको घरमा सुतेकै स्थानमा विहान अचेत भेटीएको जैसवालले जनाए । ‘दराई विहान अबेरसम्म नउठेपछि ओछ्यानमा हेर्दा अचेत अवस्थामा साथीले भेटेको र इलाका वन अधिकृत सहितको टोलीले उपचारका लागि लैजाने क्रममा आइतबार बिहान बाटोमै मृत्यू भएको खबर आएको छ,’ जैसवालले भने ।
घट्नाबारे बुझ्न जिल्ला वन अधिकृत सोमबार इलाका बव कार्यालय गएका छन् । दराईको मृत्युका कारण भने हालसम्म रहस्यमय रहको बताइएको छ । कथार ९ चितवन घर भएका दराई एघार महिना अघि लोकसेवा आयोग उतिर्ण गरी दुधौली इलाका वन कार्यालयमा नियुक्ती लिएर आएका थिए ।
दराईको मृत्युका सम्बन्धमा जनाकारी आएको भएपनि थप जानकारी र जाहेरी केही पनि नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख अनुरागकुमार द्धिवेदीले जनाए । ‘उपचारका लागि उदयपुर अस्पताल लैजाने क्रममा दराईको मृत्यू भएको भन्ने जनाकारी आएको छ । उनको उदयपुरमै पोष्ट मार्टम भएको छ,’ द्धिवेदीले भने ।
घट्नापछि पोष्ट मार्टम समेत उदयरपुर प्रहरीले गराएका कारण त्यहाँबाट जानकारी नआएसम्म मृत्यु कसरी भएको भन्ने बारेमा यसै भन्न सक्ने अबस्था नरहेको उनको भनाई छ ।  २५ वर्षिय दराई २०७१ फागुन २८ गते लोक सेवा आयोग उतिर्ण गरी नियुक्ती लिएर जागीरका सिलसिलामा सिन्धुली आइपुगेका थिए । दराईको निधनबारे अनुसन्धान भइरहेको सहायक वन अधिकृत  जैसवालले समेत जनाए ।


0 comments

Write Down Your Responses