सिन्धुलीमा ६ नयाँ नगरपालीका थप गर्न सिफारीस(नक्सा सहित)
बुद्धकुमार आछामी
सिन्धुली, १९ माघ । नगरक्षेत्र निर्धारण सिफारीस समितिले सिन्धुलीमा थप ६ वटा नयाँ नगरपालिकाका लागी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफारीस गरेको जनाएको छ ।
नगरक्षेत्र निर्धारण समितिको मङ्गलबार बसेको वैठकले जिल्लामा थप ६ वटा नयाँ नगरपलिका थप गर्न सिफारीस गरेको स्थानीय विकास अधिकारी तथा समितिका संयोजक शिव प्रसाद हुमेगाईले जानकारी दिए ।
सिफारीस गरिएको थप ६ नयाँ नगरपालिकामा सुनकोशी, सिन्धुलीगढी, तिनपाटन, मरिण, मधुगंगा र कमलाखोज नगरपालिका रहेका छन ।
समितिले सविकको कुशेश्वर दुम्जा, झागाँझोली रातमाटा, पुरानो झागाँझोली र सिक्तलपार्टी गाविसलाई मिलाएर सुनकोशी, भिमेश्वर, वासेश्वर, जलकन्या र रतनचुरा गाविसलाई मिलाएर सिन्धुलीगढी नगरपालिका निर्माणका लागी सिफारीस गर्ने निर्णय गरेको छ ।
त्यस्तै बेलघारी, भिमस्थान र रानिचुरी गाविसलाई मिलाएर तिनपाटन, कपिलाकोट, महादेवस्थान र कल्पवृक्ष गाविसलाई मिलाएर मरिण, हत्पते, निपाने र रानिवास गाविसलाई मिलाएर मधुगंगा र जिनाखु, सिर्थौली, हर्षाही र ककुरठाकुर गाविसलाई मिलाएर कमलाखोज नगरपालिका निर्माणका लागी सिफारीस गरेको छ ।
समितिले वडाहरुको निर्धारण समेत गरी सिफारीस गरेको जनाएको छ भने नगरपालिकाको केन्द्र कहाँ हुने भन्ने बारेमा भने कुनै निर्णय नभएको संयोजक हुमेगाईले बताए ।
पछिल्लो समय सरकारले आधारभुत पुर्वाधार विनानै नगरपालिका घोषणा गर्दा सर्वसाधारणहरु नगरवासी भएपनि नगरवासीको हैसीयतले पाउनुपर्ने सेवा सुविधाबाट भने बन्चीत हुँदै आइरहेका छन । आधारभुत पुर्वाधार विना नै नगरपालिका थप्नु सरकारको दुरदर्शिता नभएको सरोकारवालाहरुले गुनासो गर्दै आइरहेका छन ।
नगरक्षेत्र निर्धारण सिफारीस समितिले समेत भौगोलीक अवस्था, श्रोतसाधनको उपलब्धता, जनसंख्या लगायतका विषयको अध्यन गरेर भन्दा पनि सर्वदलीय छलफलको आधारमा नयाँ नगरपालिकाको लागी मन्त्रालयमा सिफारीस गर्दै आएको छ । जस्का कारण नगरपालिका घोषणापछि नगरवासीहरुले विविध असमानता र समस्याहरु भोग्न बाध्य हुनुपरेको अवस्था छ ।
सरकारले २०७१ मंसीर १६ मा सिन्धुलीको दुधौली नगरपालिका सहित देशभरि ६१ नगरपालिका थप गर्ने निर्णय गरेको थियो भने २०७२ असोज १ मा २६ वटा नगरपालिका थप गरेको थियो । हाल नेपालमा नगरपालिकाको संख्या २१७ रहेको छ ।
हेर्नुस थप गर्न सिफारीस गरीएकाे नगरपालिकाकाे नक्सा
१.कमलाखाेज नगरपालिका
२.कपिलाकाेट नगरपालीका
३.मधुगंगा नगरपालिका
४.सिन्धुलीगढी नगरपालिका
५.सुनकाेशी नगरपालिका
६.तिनपाटन नगरपालिका
- प्रस्तावित नगरपालिका नक्सा श्राेतः जिल्ला विकास समिति, सिन्धुली
0 comments
Write Down Your Responses