Powered by Blogger.
१८ घण्टा पछि खुल्यो मध्यपहाडी लोकमार्ग

मृतक बालकका आफन्तलाई साँढे ६ लाख

राजन गाउँले
सिन्धुली १९, माघ । पाँच वर्षे बालकको मृत्यूपछि क्षेतीपुर्ती र चालकमाथी कडा कारबाहीको माग गर्दै अबरुद्ध मध्यपहाडी लोकमार्ग १८ घण्टापछि खुलेको छ । 
मृतक बालकका आफन्तलाई सुमो सञ्चालकले ६ लाख पचास हजार रुपैयाँ क्षेतीपुर्ती दिने, तिव्रगतीमा सेमो चालउने चालककालाई कडा कारबाही गर्ने सहमति भएपछि १८ घण्टादेखि अबरुद्ध सडक मंगलबार विहान चारबजेबाट सञ्चालनमा आएको प्रहरीले जनायो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत रत्नावती १ तिनकन्यामा ओखलढुङ्गाबाट काठमाण्डौ जादै गरेको सिटि भिलेज यातायातको ना.१ ज.४२५२ नं कोे सुमोले ठक्कर दिँदा सोही स्थान बस्ने सुन्दर राईको ५ वर्षका छोरा अनिस राइको घट्ना स्थलमै मृत्यू थियो । बालकको मृत्युपछि बालकका आफन्तले सोमबार विहान ११ बजेदेखि सडक अबरुद्ध गर्दै आएका थिए ।
‘बालकका आफन्त, प्रहरी र सुमो संचालकविच सोमबार रातभरको प्रयासपछि मंगलबार विहान ४ बजे मृतक बालकका परिवालाई क्षेतीपुर्ती दिने र चालकलाई कानुनी कारबाही गरिने सहमति भएपपछि सडक सहजरुपमा सूचारु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विपीन ओझाले भने ।
तिव्र गतीमा रहेको सुमोले सडक नजीकै रहेका बालकलाई ठक्कर दिएको  थियो । बालक राईको घट्ना स्थलमै मृत्यू भएपछि स्थानीयले चालकलाई कारबाही र दश लाख रुपैयाँ क्षेतिपुर्ती दिनु पर्ने माग गर्दै १८ घण्टादेखि मध्यपहाडी लोकमार्ग अबरुद्ध गरेका थिए । सहमतिपछि बालकको सव पोष्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल सिन्धुली तर्फ ल्याइदै गरिएको छ भने १८ घण्टादेखि रोकीएका सबै सवारी साधन गन्तव्यतर्फ लागेको ओझाले जनाए ।
घट्नामा संलग्न सुमो र सुमोका चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरिक्षक लालसर्वश्री बहादुर सिंहको कमाण्डमा गएको टोलीले नियन्त्रणमा लिइसकेको छ ।स्थानीयले आक्रोसीत रुपमा सडक अबरुद्ध गरेपछि जिल्लाबाट प्रहरी निरक्षक निर्मल पनेरुको नेतृत्वमा शसस्त्र प्रहरी र जनपथ प्रहरीको थप टोली परिचालन गरिएको थियो ।



,

0 comments

Write Down Your Responses