Powered by Blogger.
पिडितबाट असुलिएको रकम फिर्ता गर्ने निर्णय


सिन्धुली १९, माघ । जिल्लाका भुकम्प पिडितहरुको लागि सरकार तथा दातृ निकायले दिएको रकममा कर तथा सेवा शुल्कको नाममा ब्यापक भ्रष्ट्राचार भएको समाचार सञ्चारमाध्यमबाट सार्बजनीक भएपछि त्यसलाई फिर्ता गर्ने निर्णय भएको छ ।
जिल्लाको बेलघारी, भिमस्थान, अमले, बस्तिपुर लगायतका गाविसहरुमा गाविस सचिव सहित सर्वदलिय निर्णयबाटै रकम असुल गरी हिनामिना गरेको खबर  हालै प्रकाशन भएपछि स्थानीय स्तरमा उक्त रकम फिर्ता गर्ने निर्णय भएको हो । 
आइतबार गाउँमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकबाट उठाइएको रकम फिर्ता गर्ने निर्णय भएको बेलघारी स्थित एमाओवादीका प्रतिनीधि तथा जिल्ला सदस्य गम्भीरसिंह तामाङले बताए । गाविसमा अस्थायी टहरो निर्माण देखी न्यानो कपडा वितरणका लागि आएको रकममा पिडितहरुबाट करको नाममा असुल गरिएको सबै रकम फिर्ता गर्न गाविस सचिवलाई भनिएको छ । 
उनले भने, ‘मलाई पनि सबै कुरा थाहा थिएन् । पत्रिकामा समाचार आएपछि थाहा भयो । पछि छानविन गर्दा गाविस सचिवले रेडक्रसको नाममा पिडितबाट पाँच सय रुपैयाँका दरले रकम असुल गरेको पाइयो । उक्त रकम तत्काल पिडितहरुलाई नै फिर्ता गर्न भनिएको छ ।’ 
नेपाल रेडक्र शाखा सिन्धुली र आफ्नो पहलमा गाविसमा सर्वदलिय बैठक बसेर रकम फिर्ता गर्न भनेको उनले जनाए । आफु गाविसको प्रतिनीधि भएपनि सर्वसम्मत रुपमा रकम वितरण गर्न सहमति दिइएको तर, रकम असुल गर्न कुनै राजनीतिक सहमति नभएको उनले दावी गरे । ‘मलाई थाहै थिएन् रकम असुलेको कुरा, पत्रपत्रीकामा आएपछि मात्र जानकारी भयो । त्यसकै आधारमा गाउँमा जाँचबुझ गर्दा रकम उठाएको प्रमाणित नै भयो । अहिले उक्त रकम फिर्ता गर्न सर्वदलिय निर्णयबाट भनिएको छ,’ उनले भने ।
गाविस सचिव विष्णु भण्डारी र रेडक्रस उपशाखाका सभापतिले सर्वदलिय निर्णय भन्दै रेडक्रश उपशाख बेलघारीको नाममा न्यानो कपडाको रकम वितरण गर्दा पाँच सय रुपैयाँका दरले पिडितहरुबाट एक लाख १७ हजार रुपैयाँ असुल गरेका थिए । त्यस अघि अस्थायी टहरो निर्माणका लागि वितरण गरिएको १५ हजार रुपैयाँमा पनि प्रति परिवार एक हजार रुपैयाँका दरले रकम कटाएर दिइएको भन्ने उजुरी परेको छ । उक्त रकम छानविन गरी लिने व्यक्तीबाट फिर्ता गर्न भनिएको छ । यस विषयमा बुझन गाविस सचिव भण्डारीसंग सम्पर्क गर्न पटक पटक फोन गर्दा समेत सम्पर्क हुन सकेन् । उक्त गाविसमा अस्थायी टहरो र न्यानो कपडाको रकम पिडितहरुबाट कटाएर कुल ४ लाख २६ हजार रुपैयाँ रकम असुल गरिएको आरोप सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको बताइएको छ । उक्त विषयमाथी अनुशन्धान थालिएको प्रशासनले जनाएको छ ।
रेडक्रसको नाममा रकम असुल गरेको खबर प्रकाशन भएपछि छानविन गरी रकम फिर्ता गर्न उपशाखालाई निर्देशन दिइएको रेडक्रश सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले जनाए ।
जिल्लाको बेलघारी, भिमस्थान, अमले लगायतका गाविसमा भुकम्प पिडितका लागि वितरण गर्न भनिएको रकम मध्ये २६ लाख ९० हजार रुपैयाँबढी हिनामिना भएको आरोप छ ।  ति गाविसका गाविस सचिव तथा स्थानीय राजनीतिक दलका प्रतिनीधिहरुको मिलेमतो भएको भन्दै उनिहरुविरुद्ध उजुरी गरिएको छ ।




, ,

0 comments

Write Down Your Responses