Powered by Blogger.
अझै चयन हुन सकेन सिन्धुली बहुमुखी क्याम्पसकाे सञ्चालक समिती

सिन्धुली १२, फागुन । जिल्लाको जेठो क्याम्पसको रुपमा रहेको सिन्धुली बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभा सोमबारबाट सुरु भएको थियाे । क्याम्पस प्राङ्गणमा सोमबार एक विशेष कार्यक्रमका विच जिल्ला न्यायधिश भोलाप्रसाद चौलागाँइले सभाको उद्घाटन गरेका हुन् । 
क्याम्पस सभाका अध्यक्ष दिर्घराज श्रेष्ठको अध्यक्षतामा भएको सभाको उद्घाटन कार्यक्रममा सहभागि नेपाली कांग्रेस सिन्धुलीका अध्यक्ष उज्वलप्रसाद बरालले जिल्लाको शैक्षिक क्षेत्रको विकासका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको क्याम्पस पछिल्लो चरणमा राजनीतिक चक्रव्युहमा फस्दै गएको बताए । ‘यही क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी देशकै उत्कृष्ठ विद्यार्थी हुन सफल भएको स्मरण गर्दै पछिल्ला दिनमा क्याम्पसको व्यवस्थापन र विकासमा राजनीतिक हस्तक्षप हुँदा त्यस्तो अवसर पाउन सकेको छैन्,’ बरालले भने । 
उनले क्याम्पसको उदाउँदो भविष्यलाई संस्थागत गर्न सक्षम नेतृत्वको आवश्यकता रहेकोमा जोड दिए । एस्तै एमाले सिन्धुलीका अध्यक्ष प्रदिप कटवालले जिल्लाका सबै क्षेत्रको सहयोगका कारण क्याम्पसलाई त्तब्ब् बनाउन सफल भएको धारणा राखे । उनले क्याम्पसको थप प्रगतीका लागि जिल्लाका सबै राजनीतिक दलहरु एक भएर लाग्नु पर्ने बताए । 
कार्यक्रममा एकिकृत माओवादीका जिल्ला अध्यक्ष राजन दाहालले क्याम्पसमा सक्षम नेतृत्व नहुँदा सोचेअनुरुपको परिवर्तन हुन नसकेको जिकिर गरे । क्याम्पसमा धेरै भ्रष्टाचार भएको कुरा बाहीर आएपनि सञ्चालक समितिमा बस्ने र क्याम्पस प्रमुखले त्यसलाई सहमति दिने काम गर्दा त्यसको अन्त्य हुन नसकेको उनले बताए ।  दाहालले स्थानीयले मात्र क्याम्पसको नेतृत्व गर्नु पर्छ भन्ने गलत मानसिकताका कारण क्याम्पसले गती लिन नसकेकोमा जोड दिए ।
यस्तै क्रान्तीकारी माओवादीका जिल्ला इन्चार्ज डम्बर कार्कीले क्याम्पसको सुदृढका लागि सहमतिमै सक्षम नेतृत्वको आवश्यकता औल्याए । राप्रपा नेपाल सिन्धुलीका उपाध्यक्ष भिमप्रकाश श्रेष्ठले क्याम्पसमा पछिल्लो समय विषयगत शिक्षामा सुधार गर्न नसकेको भन्दै आधाुनिक र समय सुहाउँदो विषयको छनौट गरी पठनपाठनको व्यवस्था मिलाउनु पर्ने सुझाउ दिए । उनले क्याम्पसको अतिरिक्त कार्यक्रमका लागि आगामी वर्षका लागि ३० हजार रुपैयाँ व्यक्तिगतरुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
राप्रपका जिल्ला अध्यक्ष भिष्म श्रेष्ठले सबैले सानो सानो सहयोग गर्दै यो अवस्थामा ल्याइपु¥याइएको भन्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा स्थानीय विकास अधिकारी इश्वरकुमार गिरिले क्याम्पसको विकासको लागि जिल्ला विकास समितिले आगामी दिनमा पनि उत्तिकै सहयोग गरिरहने प्रतिवद्धता जनाए । क्याम्पस व्यवस्थापन समितिका सदस्य दिपक मिश्रले क्याम्पसमा राजनीतिक भागवण्डाका आधारमा सञ्चालक समितिको गठन गर्दा भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले त्यस्ता गलत प्रविक्तिको अन्त्यका लागि स्थानीयतहबाट सक्षम नेतृत्व आउनु पर्ने बताए ।
क्याम्पसको तिन कार्यकाल नेतृत्व गरेको अध्यक्ष श्रेष्ठले भने क्याम्पमा भएको सकारात्मक कार्यको विषयलाई नविर्सी गलत कार्यको विरोध गर्न अनुरोध गरे । उनले आफुले धेरै राम्रो काम गर्न नसकेपनि नराम्रो समेत नगरेको जिकिर गरे ।
सभामा क्याम्पसको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख मिमप्रसाद घिमिरेले क्याम्पसले ३१ बर्षको यात्रामा त्तब्ब् प्राप्त गरेको बताए । क्याम्पसले त्तब्ब् प्राप्त गर्नु पहिले विद्यार्थीको संख्या न्यून रहेपनि अहिले विद्यार्थीको संख्या बढ्दै गएको जानकारी गराए । यस्तै त्तब्ब् प्राप्त पछि विद्यार्थीको पास हुने अवस्थामा सुधार आई २० प्रतिशत बाट ४० प्रतिशतमा पुगेको क्याम्पस प्रमुख घिमिरेले जानकारी दिए । क्याम्पस सभामा क्याम्पस प्रमुख घिमिरेले तत्कालीन समितिले तिन बर्षमा गरेको आय आर्थिक प्रतिवेदनमा क्याम्पसको ८४ लाख ६८ हजार १ सय ७५ रुपैंया ४० पैसा आय, १ कारेड ५६ लाख ६५ हजार ७ सय ४६ रुपैंया ८७ पैसा खर्च र ७१ लाख ९७ हजार ५ सय ७१ रुपैंया ५७ पैसा घाटा भएको आय ब्यय प्रस्तुत गरेका थिए । 
यस्तै अहिलेको अवस्थामा गाउबाट आउने विद्यार्थीहरुकोलागि छात्राबासको अभाव, क्याम्पसको दिगो आम्दानीको स्रोतको अभाव, जनचाहाना अनुरुपको प्राविधिक विषयको अभाव रहेकोले ब्यबस्था गर्नु पर्ने आवश्यकता औल्याइएको छ। यस्तै क्याम्पसले प्रोजेक्टरको माध्यमबाट पढाई सञ्चालन गरेको, विद्यार्थीहरुलाई अंग्रेजि भाष र कम्युटर कक्षाको निशुल्क रुपमा कक्षा संञ्चालन हुदै आएको जनाएको छ । 
यस्तै भावि शैक्षिक कार्यक्रम अन्तरगत विएड तर्फ आई टि, विविए र विसिए थप गर्ने, कानुन तर्फ सम्भाव्यता अध्ययन गरि विषय थप गर्ने, ब्यबस्थित कम्प्युटर ल्याव कक्षाको थप गर्ने, खेल मैदानको सुधार र ब्यबस्थापन गर्ने, छात्राबासको ब्यबस्थ गर्ने कार्यक्रम रहेको जानकारी गराईएको थियो । क्याम्पस सभामा विद्यार्थी संगठनका प्रतिनिधिहरुले क्याम्पसमा क्याम्पसको हित चिताउने र क्याम्पसलाई अझ माथि उठाउदै विश्व सामु चिनाउने शिक्षा प्रदान गर्न र गराउने ब्यबस्थापन समितिको आबश्यकता भएको बताउदै कुनै स्वार्थको आधारमा ब्यबस्थापन समिति गठन भए सिन्धुली बहुमुखि क्याम्पसले शैक्षिक धरातलमा निक्कै ठुलो फड्को मारेको त्तब्ब् टिकाई राख्न नसकिने बताएका छन् । 
निजि स्वार्थ र राजनितिक रुपमा नभई क्याम्पसको हित चाहाने ब्यक्तिहरुलाई मात्र क्याम्पस ब्यबस्थापन समितिमा पठाउन उनीहरुले आग्रह गरेका छन् । तेस्रो क्याम्पस सभाले नयाँ क्याम्पस ब्यबस्थापन समिति गठन गर्नु पर्ने भएपनि सोमबार रोकिएको छ । क्याम्पसले क्याम्पस ब्यबस्थापन समिति गठन चाडै गर्न माग गरेपछि जिल्लाका प्रमुख राजनैतिक दलहरुले आगामी १३ गते बिहिबारसम्ममा निकास दिने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनिहरुले सकेसम्म सहमतिमै नभए निर्वाचन प्रक्रियाबाटै भएपनि नेतृत्व चयन गर्ने जनाएका छन् । क्याम्पस सभामा विशिष्ठ, आजीवन लगायतका गरी दुई सय ६३ सदस्य रहेका छन् । विहीबार सम्म पनि क्याम्पस सभाले नयाँ सञ्चालक समिती चयन गर्न सकेकाे छैन । 


, ,

0 comments

Write Down Your Responses