Powered by Blogger.
सरसफाई युक्त घर ‘आहा’ फोहोर घर ‘छि’

राजन गाउँले
सिन्धुली २१, माघ । कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो घर वरपर फोहोरको सरसफाई गर्ने नगरबासिको घरघरमा अनुगमन गरेर स्टीकर टाँस गर्ने भएको छ । नगरपालिका भित्रका घरमा सरसरफाई गर्ने र फोहोर गर्नेहरुको घरमा सोही अनुसारको ‘आहा’ र ‘छि’ लेखिएको स्टीकर टाँस गर्ने भएको हो ।
आफ्नो घर वरिपरी सरसफाई गर्नेकोमा ‘आहा’ र घर वरीपरी फोहोर फ्याक्ने र सरसफाई नगर्नेहरुको घरमा ‘छि’ लेखेको स्टीकर टाँसेर वर्गीकरण गर्न थालिएको नगरका कार्यकारी अधिकृत जगत भुषालले जनाकारी दिए ।
नगरको सरसफाई र व्यवस्थित बजारी करणका लागि वडा स्तरीय वातावरण सरसफाई र स्वच्छता प्रबद्र्धन समितिको गठन गरेर यस्तो थालिएको हो । ‘घर वरपर सरफाई गर्ने, हरिया बोट विरुवा लगाउनेको घरमा हरियो स्टीकरमा ‘आहा’ फोहोर गर्ने र सरसफाईमा ध्यानै नदिनेको घरमा रातो स्टीकरमा ‘छि’ लेखेर प्रत्यकको घरघरमा टाँस गरिने तयारी भएको छ,’ भुषालले भने ।
आफ्नो घर तथा टोलको विकास र सरसफाईमा स्थानीय स्वयमको अग्रसरता र उत्तरदायित्व होस भन्ने उद्देश्यले यस्तो स्टीकर टाँस गर्न थालिएको उनको भनाई छ ।
आफ्नो घरवरपर सरसफाई गर्न थालेकाहरुका लागि मौका समेत दिइने छ । त्यस्ता व्यक्तिका घरमा भने निलो स्टीकरमा ‘सुधार उन्मुख’ लेखेर टाँस गरीने छ । यो कार्य आगामी हप्ताबाट नगरपालिकाको वडा नम्बर ६ बाट सुरु हुने भुषालले जनाए । ‘यसका लागि उक्त वडामा स्थानीय रामबहादुर हायुको अध्यक्षतामा वडा स्तरीय वातावरण सरसफाई स्वच्छता प्रबद्र्धन समन्वयन समितिको गठन गरेर काम थालिएको छ,’ उनले भने, ‘यस कार्यलाई नगरपालिकाका १८ वटै वडामा क्रमस लागु गरिँदै जाँने छ ।’
वडानम्बर ६ का सबै घरहरुमा आगामी हप्ताबाट ‘आहा, छि र सुधारउन्मुख’ नामका तिन प्रकारका स्टीकर सरसफाईमा भुमिका निर्वाह गरेका घरपरिवारको मुल्याङ्कनका आधारमा टाँस गरिने बताइएको छ ।
उक्त कार्यका लागि टोल सुधार संस्था, सामुदायिक सेवा केन्द्र, होटल व्यावसायी संघ, उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाले सहयोग पु¥याउने भुषालको विश्वास छ । कार्यकारी अधिकृत भुषाले नगरका टोलटोलबाट सरसफाई अभियान सुरुगरेर आगामी असर महिना भित्रमा नगरलाईनै सरसफाई र स्वच्छताका दृष्टिले खुल्ला दिशा मुक्त नगरको समेत घोषणा गर्ने जनाए ।  ‘हाल नगरका १८ वटा वडाहरु मध्ये ८ वटा वडा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका छन् । बाँकी दश वटा वडाहरुलाई पनि आगामी असार महिनाभित्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान बनाएका छौं,’ उनले भने ।
नगरपालिकाले नगरको मुटु मानिने बसपार्कलाई व्यवस्थित गर्न विशेष सरसफाई कार्यक्रमको आयोजना गरिएको बताइएको छ । बसपार्कलाइ व्यवस्थित बनाउने गुरु योजना बनाएर काम थालिएको र बसपार्क किनारा हुँदै बग्ने ग्वाङ खोला र बजारको सरसफाइका लागि हरेक शुक्रबार एक सयबढीको संख्यामा उपस्थित भई सरसफाई गरिने कार्यक्रम तय भएको कार्यकारी अधिकृत भुषालले पत्रकार सम्मेलनकै आयोजना गरेर जानकारी दिए ।


,

0 comments

Write Down Your Responses