Powered by Blogger.
उपराष्ट्रपतिको स्वास्थ्यमा समस्याका कारण एयर एम्बुलेन्स मार्फत काठमाण्डौ


सिन्धुली, २३ माघ । सुक्रबार टे ल्होछार २८५२ को अवसरमा सिन्धुलीमाढीमा आयोजित ताम्बा राष्ट्रिय सास्कृतिक महोत्सव २०७२ मा भाग लिन सिन्धुलीमाढी आइपुगेका उपराष्ट्रपति नन्द बहादुर पुन(पासाङ्ग)को स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत काठमाडौ फर्किएका छन । 
वीपी राजमार्ग हुँदै काठमाडौबाट सिन्धुलीमाढी आइपुगेका पुन स्वास्थ्यमा समस्या आएको भन्दै झण्डै चार घण्टा खाना खान निर्धारण गरिएको संगम होटमै बसको थिए । 
पुनको स्वास्थ्यमै समस्या आएका कारण निर्धारीत समय भन्दा झण्डै चार घण्टा पछि कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा पुगेका उपराष्ट्रपति पुन आधा घण्टा मात्र कार्यक्रम स्थलमा बसेर सम्बोधन समेत नगरी विदाई भएका थिए । 
स्वास्थ्यमा समस्या आएका कारण नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत पुन दिउसो सवा ४ मा काठमान्डौ उडेका थिए । 
उनको स्वास्थ्यमा के समस्या उत्पनन् भएको हो भन्ने बारेमा जानकारी हुन सकेको छैन । वीपी राजमार्गको घुमाउरो बाटोमा पहिलो पटक यात्रा गरेका पुनलाई बाटोमा उल्टी भएका कारण उनको स्वास्थ्यमा समस्या उत्पनन् भएको श्रोतले बतयो । पुन किड्नी सम्बन्धी रोगका पुरानै विरामी समेत हुन । 



0 comments

Write Down Your Responses