Powered by Blogger.
पूर्व संसद देखि पुर्व जिल्ला सभापति समेतको हार

सिन्धुलीमा संस्थापन पक्षनै अगाडी

राजन गाउँले
सिन्धुली २४, माघ । नेपाली काग्रेसको १३ औं महाधिबेशन अन्तरगत क्षेत्रीय समिति र महाधिबेशन प्रतिनीधिको चयन कार्य सकिएको छ । शुक्रबार र शनिवार भएको निर्वाचनबाट क्षेत्रीय प्रतिनीधिका साथै महाधिबेशन प्रतिनीधिको छनौट कार्य सम्पन्न भएको हो ।
शनिवार सिन्धुली क्षेत्र नम्बर एकको मतपरिणाम सार्वजनीक भएसंगै जिल्लामा क्षेत्रीय प्रतीनिधि र महाधिबेशन प्रतिनीधिको अन्तिम टुङ्गो लागेको हो । प्राप्त जानकारी अनुसार क्षेत्रीय प्रतिनीधि र महाधिबेशन प्रतीनिधिमा जिल्लाबाट संस्थापन पक्षले नै वर्चस्व कायम गरेकोे छ । जिल्लाको प्रतिनीधी छनौट कार्यले यस्तो देखाएको हो । सिन्धुलीको क्षेत्र नम्बर एकबाट देउवा पक्षका नेताहरुको बहुल्य प्रतिनीधित्व भएको भएपनि अरु क्षेत्रमा भने संस्थापनकै अग्रता देखिएको कांग्रेसका एक जिल्ला नेताले खुलसा गरे ।
अझ जिल्लामा देउवा पक्षका मानिने पुर्व सांसद तथा नेता होमराज दाहाल वडामै पराजीत भएका छन भने तत्कालीन कांग्रेस लोकतान्त्रीकका जिल्ला सभापति समेत रहेका नेता माणीक ढकाल र संविधान सभाका उमेदवार समेत बनेका देउवा पक्षकै विनोद गुरुङले त क्षेत्रमै हार ब्यहोर्नु परेको छ । उनिहरु वडाबाट सिफारीस भएर आएको भएपनी क्षेत्रीय निर्वाचनबाट महाधिबेशन प्रतीनीधिमा छनौट हुन नसकेका हुन् । उनिहरुलाई तल्लो तहका युवाहरुले पराजीत गर्न सफल भएका छन् । जिल्ला कार्य समितिको नेतृत्वका लागि सभापतिको दावेदार रहेका ढकाल र गुरुङ दुबैले यस अघिनै जिल्ला सभापतिको उमेद्वारका रुपमा आफुलाई उभ्याएका थिए । तर, उनिहरु क्षेत्रबाट हारेपछि देउवा पक्षका नेता तथा कार्यकर्ता थप निरास समेत बनेका छन् । 
कांग्रेसको क्षेत्रीय निर्वाचन र महाधिबेशन प्रतीनीधि छनौटमा देखिएको परिणामका आधारमा हेर्ने हो भने जिल्ला तहको नेतृत्वमा पनि संस्थापनकै वर्चस्व रहने अनुमान गरिएको छ । यसैविच सोमबारबाट हुने जिल्ला अधिबेशनमा समेत संस्थापनकै नेताहरुविच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जिल्ला सभापतिमा पार्टी सभापति तथा संसद मोहन बराल र उज्वल वरालविच कडा प्रतिस्पर्धा हुने बुझिएको छ । दुबै बराल संस्थापन पक्षका मानिन्छन् । बराल द्धयका बावजुत जिल्ला तहको सचिव र कोषाध्यक्षमा समेत कडा प्रतिस्पर्धा हुने बुझिएको छ । कांग्रेस सिन्धुलीका सचिव उपेन्द्र पोखरेलले दिएको जानकारी अनुसार यस पटकको वडा देखि क्षेत्रसम्मको निर्वाचनबाट प्रायः युवा पुस्ताको अग्रता रहेका कारण लामो सयदेखि पार्टीको जिल्ला तहको राजनीतिक नेतृत्वमा रहेर बसेका पुराना पुस्ताहरु पराजित हुँदै नयाँ पुस्ता नेतृत्व लिने सम्भावना बढेको छ ।
‘कांग्रेस सिन्धुलीका प्रभावसाली मानीने माणिक ढकाल, दिपक मिश्र, कृष्ण प्रसाद दाहाल, सम्भु राउत, कृष्ण गौतम विनोद गुरुङ लगायतका जिल्ला नेताहरु क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमै आउन नसक्नुले पनि युवा पुस्ताले नयाँ नेतृत्व चाहेको प्रमाणीत हुन्छ,’ एक जिल्ला तहका नेताले भने । सोमबार हुने जिल्ला अधिबेशनमा जिल्ला सभापतिका लागि बराल द्धय र पे्रमचन्द्र दाहाल विच प्रतिस्पर्धा हुने देखिएको छ । यस अघि जिल्ला सभापतिका लागि उमेद्वारी घोषणा गरेका ढकाल क्षेत्र नम्बर दुई र  क्षेत्र नम्बर एकबाट गुरुङले हार व्यहोर्नु परेपछि तिन जनाविच मात्र प्रतिस्पर्धा हुने देखिएको हो । सभापतीका उमेदवारमध्ये उज्वल बरालले जित हातपार्ने प्रवल सम्भावना रहेको बताइन्छ । 
क्षेत्रबाट निर्वाचित क्षेत्रीय र महाधिबेशन प्रतिनीधिहरु 
क्षेत्र नम्बर एक बाट क्षेत्रीय सभापतिमा कर्ण बहादुर थापामगर चयन भएका छन् भने सचिबमा उत्तम कार्की र कोषाध्यक्षमा संगीता सिंह ठकुरी निर्वाचीत भएका छन् । यस्तै क्षेत्र नम्बर एक बाट महाधिबेशन प्रतिनीधिका रुपमा खुल्ला तर्फ प्रेमचन्द्र दाहाल, मोहन बहादुर कार्की, गंगा गीरी, विपिन कोइराला, प्रेम प्रसाद भट्टराई, लाल बहादुर थापा चयन भएका छन् । यस्तै महिला तर्फ गंगा दाहाल, विन्दा गौतम दलित तर्फ रित बहादुर परियार, जनजाती तर्फ दानबहादुर तामाङ र अल्पसंख्यक तर्फ बृजनारायण शाह चयन भएका छन् ।
यस्तै क्षेत्र नम्बर दुईका लागि क्षेत्रीय सभापतिमा सुमन कोइराला, सचिबमा डोर बहादुर तामाङ्ग र कोषाध्यक्षमा बद्रि प्रसाद पहाडी निर्वाचीत भएका छन् । क्षेत्रनम्बर दुइको महाधिबेशन प्रतिनीधिमा खुल्ला तर्फ उज्जवल प्रसाद बराल, मोहन प्रसाद बराल, उपेन्द्र पोखरेल, दिनेश अधिकारी, दिपक कुमार घिमिरे, बलराम बराल चयन भएका छन् । महिला तर्फ  सुशिला थिङ्ग, विजुला बर्मा चयन भएका छन्  भने जनजाती तर्फ मिन बहादुर श्रेष्ठ, दलित तर्फ जनक बहादुर तोलाङ्गे अल्पसंख्यक तर्फ जेवी माझी निर्वाचीत भएको कांग्रेस सिन्धुलीका सचिव उपेन्द्र पोखरेलले जनाए । 
यस्तै क्षेत्र नम्बर तिनका लागि क्षेत्रीय सभापतिमा जगत बहादुर भोलन र सचिब बोधविक्रम थापा निर्वाचीत भएका छन् । क्षेत्र नम्बर तिन बाट महाधिबेशन प्रतिनीधिका रुपम खुल्ला तर्फबाट नरेन्द्रजंग थापा, नवराज श्रेष्ठ, सरोज मैनाली, कविन्द्र घलान, खड्ग वाईवा, रंगराज खतिवडा, महिला तर्फ शान्ता कार्की, जनजाती तर्फ दोर्जे तामाङ्ग, दलित तर्फ सन्तोष वि.क. र अल्पसंख्यक तर्फ गौरीसंकर राई निर्वाचीत भएका छन् ।
तीनवटै निर्वाचन क्षेत्रमा सहमति हुन नसकेपछि क्षेत्र नं.२ र ३ मा शुक्रबार नै निर्वाचन गरिएको थियो भने निर्वाचन क्षेत्र नं.१ मा सनिबार निर्वाचन गरिएको थियो । 


, ,

0 comments

Write Down Your Responses